Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

१०२ वर्षीय हरिलाल पञ्चकाे ईच्छा– देशमा राम्रो भएको हेरेर मर्न पाऊँ

खबरडबली संवाददाता

भक्तपुर । यो देशमा केही हुँदैन भन्ने भाष्य युवाहरूमा पाइरहेको बेला त्यही भाष्य पुराना पुस्ताका मानिसमा पनि रहेको देखिएको छ। भक्तपुरका जेष्ठ दम्पतीले पनि देशमा केही नभएरै युवा पुस्ता विदेशिन बाध्य भएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक पाण्डुबजार बस्ने १०२ वर्षीय हरिलाल पञ्च र उनकी श्रीमती ९६ वर्षीया केशरी धौबञ्जा पञ्चले देशमा राम्रो भएको हेरेर मात्रै मर्न पाऊँ भनी इच्छा व्यक्त गरेका छन् ।

आफ्नै परिवारमा सँगै बसेका दुई नाति र दुवै श्रीमतीहरू विदेशिन बाध्य भएको भोगेका उनीहरूले स्वदेशमै काम गर्ने वातावरण हुन नसकेको भन्दै दुःख व्यक्त गरे।

यी जोडीलाई भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो। पञ्च मु दवू (पञ्च थर भएकाहरूको मुख्य मञ्च)ले आफ्ना कुलका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको हो।

भक्तपुरमा रहेका पञ्च थर भएकाहरूको संयुक्त भेलासहितको भेटघाटमा हरिलाल र केशरीसहित ८० वर्ष उमेर पूरा गरेका कुलका अन्य ८ जनालाई कुलको तर्फबाट सम्मान गरिएको थियो।

भेलामा पञ्च थर भएका भक्तपुरका विभिन्न ठाउँमा छरिएर रहेका ३२१ सदस्यहरूको सहभागिता रहेको थियो।

हरिलालको जन्म १९७९ सालमा भक्तपुर नगरपालिका वडा नम्बर १ (साविक भक्तपुर नगरपालिका वडा नम्बर १७) इटाछें भक्तपुर र केशरीको जन्म भक्तपुरकै मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ निकोसेरामा १९८५ सालमा भएको हो।

उनीहरूका चार छोरा र तीन छोरीहरू छन्। तिनीहरूमध्ये तीन वटै छोरीहरूको निधन भइसकेको छ। हाल उनीहरू कान्छो छोरा लक्ष्मीप्रसादको परिवारसँग भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा बसोबास गर्दछन्।

परिवारमा कान्छो छोरा लक्ष्मीप्रसाद, बुहारी नानीछोरी, दुई नातिहरू निरज र निकेशसहित उनीहरूका दुई श्रीमती गरेर आठ जना संख्याको परिवार थियो। तर, पछिल्ला वर्षहरूमा दुवै नाति विवाह गरेर विदेश पलायन भएका छन्।

उनीहरू आफ्ना नातिहरूको मिठो माया पाएकोमा विदेसिनु पर्दा दुःख बिसाउँछन् उनीहरु । त्यही कारणले नै उनीहरूलाई देश राम्रो अवस्थामा नभएको अनुभव दिलाएको हो।

हरिलाल र केशरीको परिवारमा सगोलमा रहेका कान्छो छोरा लक्ष्मीप्रसादले विगत एक दसक बढी सयमदेखि आमाबुबाहरू बाहिर निस्कन नसकेको जनाए। उनका अनुसार अहिले दुवै जना घरको कोठाभित्र सामान्य हिँडडुल गर्न सक्छन्।

दुवै जना अहिले घरको कोठाबाहिर रहेको अट्याच ट्वाइलेट आफैं शौच गर्न जान सक्छन्। साथै घरको भर्‍याडका बार समात्दै दुवै जना कौसीसम्म अहिले पनि आफैं पुग्न सक्ने अवस्थामा रहेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए ।

अहिले उनीहरू दुवै जना सामान्य कुरा गर्न सक्ने अवस्थामै छन्। कान भने अलि कम सुन्ने अवस्थामा छन्।

हाल बुबाले कुनै औषधी खान नपरेको तर आमा मुटुको रोगी भएकाले औषधी सेवन गर्न परिररहेको लक्ष्मीप्रसादले बताए। आफ्ना बुबा कहिल्यै तनाव नलिने र एउटा किसानको छोरो भएर युवा अवस्थामा कडा परिश्रममा रहनु नै दीर्घ जीवनको रहस्य भएको हुनसक्ने अनुमान उनले लगाए।

बुबाले युवा अवस्थामा खाली खुट्टाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि ९झण्डै २० किलामिटर० दुवैतिर १४९१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे।  

पञ्च मु दवूका अध्यक्ष दुरुकाजी पञ्चले आफूहरूको पुर्ख्यौली बसोबास भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछेंमा रहेको तर हाल परिवार बृद्धिसँगै भक्तपुरकै किवाचो गुण्डु, लिवाली, पाण्डुबजार, सल्लाघारीलगायतका ठाउँहरूमा नयाँ घर बनाएर बस्न पुगेको देखिएको जनाए। 

पञ्च थर भएकाहरूको मल्लकालमा थर मल्ल रहेको तर पृथ्वीनारायण शाहले भक्तपुर विजयी गरेपछि मल्लहरूलाई लखेटी–लखेटी मारेकाले मल्ल थर परिवर्तन गरी पञ्च थर राखेको कथन रहेको उनले सुनाए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending