काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सोमबार संसद् बैठकबाट रिसाउँदै बाहिरिएकी छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले संसद् बैठक बहिस्कार गरेर हिँडेकी हुन् ।
सोमबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न खोजेकी उनलाई सभामुख देवराज घिमिरेले रोकेका थिए । समय माग्दा पनि बोल्न नदिएपछि उनी सभामुखसँग दोहोरी चलेपछि झोंक्किँदै हिँडेकी हुन् ।
सभामुखले सोमबार दलीय आधारमा आकस्मिक समयमा रास्वपाका अशोक चौधरीलाई बोल्न दिए । त्यसपछि एमाले सांसद सम्झना थपलियालाई बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लगे ।
तर सभामुख घिमिरेले शून्यतिर बैठकलाई लगेपछि सुमना एक्लै उठेर विरोध गरिन् । रास्वपाका अरु सबै सांसद भने बसिरहेका थिए । रास्वपाका अर्का सांसद चौधरीले आकस्मिक समयमा बोलिसके पनि उनलेसमेत समय मागेकी थिइन् ।
तर सभामुख घिमिरेले सुमनालाई बोल्ने अनुमति दिएनन् । उनले सुमनालाई सिटमा आसन ग्रहण गर्न भने । त्यसक्रममा केहीबेर चर्को स्वर पनि सुनियो । सभामुखसँग दोहोरी चलेपछि उनी बैठक छाडेर हिँडिन् ।
यसअघि गत माघ १८ गते हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि प्रतिपक्षी रास्वपाले १५ मिनेट बैठक बहिष्कार गरेको थियो । आफ्नो माग सुनुवाइ नभएको बताउँदै रास्वपाले अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि बहिष्कार गरेको थियो ।
त्यसबेला हिउँदे अधिवेशन सुरू भएको जानकारी सभामुख घिमिरेले दिएपछि पार्टीका सांसदले उठेर विरोध जनाएका थिए । सभापति रवि लामिछानेलाई निलम्बन गर्ने सभामुखको निर्णयप्रति आपत्ति जनाउन रास्वपाले समय मागेको थियो ।
तर सभामुखले बैठकमा सबै दलका सांसदले बोल्ने कार्यसूची रहेकाले शुरुमा बोल्न समय नदिने बताएपछि रास्वपाका सांसदहरूले उठेर केहीबेर अवरोध गरेपछि बहिष्कार गरेका थिए ।
रास्वपाले बहिष्कार गरे पनि सभामुख घिमिरेले बैठकलाई निरन्तरता दिए । १५ मिनेटको बहिष्कारपछि रास्वपाका सांसद बैठकमा फर्किएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...
आषाढ़ ३१ गते, २०८३ - ०८:४५
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...
आषाढ़ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...
आषाढ़ ३१ गते, २०८३ - ०८:२१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...
आषाढ़ ३१ गते, २०८३ - ०८:१५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...
आषाढ़ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...
आषाढ़ ३१ गते, २०८३ - ०८:०४
काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...



प्रतिकृया लेख्नुहोस्: