काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पत्रकारले जथाभावी प्रश्न सोधेको भन्दै आक्रोश पोखेका छन् ।
‘सांसदहरुलाई कस्तो प्रश्न सोध्ने ? ती प्रश्न कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा गाली गलौज या पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित ढंगले प्रश्न गर्न पाइन्छ कि पाइँदैन ?’ उनले प्रश्न गरे ।
आइतबार संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘ प्रम प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ सभामुख महोदय ?’, उनले भने ।
उनले आफूलाई पनि एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो’ भनेर प्रश्न गरेको थापाले बताए । ‘सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ?म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने ।
संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम मिडिया व्यवस्थापन गर्नेतिर ध्यान दिन संसद सचिवालयाई समेत उनको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: