Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कोशीमा माओवादी सक्रियताः ०७९ मा चौथो भएकाे दल आगामी निर्वाचनमा पहिलो बन्ने लक्ष्य

खबरडबली संवाददाता

काठमाडाैं  । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो अभियान झापाको कचनकवलबाट १२ गते पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।

यो अभियान एक महिनामा सक्ने र पुनः मध्यपहाडी लोकमार्ग लक्षित अभियान सुरु गर्ने माओवादीले जनाएको छ । विराटनगरमा शनिबार कोशी प्रदेश परिषद बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफूहरूको बढी जोड तराई मधेसका २१ जिल्लामा हुने बताए । ‘अलि बढी जोड दक्षिणतिरै दिउँ भन्ने छ । मधेसी समुदायलाई केन्द्रित गरेर बढी जोड गरौँ । पहाडतिर भइ नै रहेको छ । मधेस प्रदेशमा झन् बढी केन्द्रित गरेर जाने सोच छ,’ प्रचण्डले भने ।

तराई मधेसमा २१ जिल्लाको अभियान लगातार गर्न नसकिने भएकाले त्यस्तो अवस्थामा एक महिनासम्ममा अभियान सक्ने र त्यसपछि पुनः सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम गर्ने प्रचण्डले बताए ।

लगातार अभियान चलाएर काठमाडौंमा लाखौँ मानिस उतार्ने लक्ष्य रहेको प्रचण्डको भनाइ छ । ‘त्यसपछि फेरि सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम गरेर अर्को अभियान चलाउने । हाम्रो टार्गेट काठमाडौँ हो,’ प्रचण्डले भने, ‘अभियानको अन्तिम संश्लेषण काठमाडौँमा गर्ने । ठाउँ–ठाउँबाट प्रदेश–प्रदेशबाट सबै जातजाति, भेषभुषा, नाचगानसहित सबैको केन्द्रीकृत अभियान लाखौँ जनतालाई उतारेर काठमाडौँमा गरिन्छ । त्यसले देशव्यापी र विश्वव्यापी सन्देश पनि माओवादी जाग्यो भन्ने जान्छ ।’

काठमाडौंमा देशभरका सबै जातजाति, भाषा, भाषी धर्मसंस्कृतिको भावनाहरू समेट्ने उनी बताउँछन् ।

अभियानको रुप कस्तो ?
माओवादीको पुस २१ गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अभियान चलाउने निर्णय गरेको थियो । उक्त अभियान जनतातिर फर्किने खालको हुने माओवादीको दाबी छ । प्रचण्डले उक्त अभियान यसअघि एमालेले चलाएको मध्यपहाडी राजमार्ग लक्षित अभियानजस्तो नहुने बताए ।

‘आमसभा गर्ने हिँड्ने खालको हाम्रो अभियान होइन । यो केपी ओलीले गरेजस्तो हुँदैन । हाम्रो अभियान जनतासँग जोडिने खालको हुन्छ,’ प्रचण्डले भने, ‘एउटा जिल्लामा एक दिनको समय दिने ।’

उनकै भाषामा अभियानको क्रममा बिहान चिया खाने बेलामा पनि जनतासँगै खाने । त्यहाँ पनि संवाद गर्ने । खाजा खाँदा पनि बुद्धिजीवीहरूसँग संवाद अन्तरक्रिया गर्ने । पार्टीका अगुवाहरूसँग प्रशिक्षण र पार्टीको लेखाजोखा गर्ने, पत्रकारहरूसँग भेटघाट गर्ने, सहिद परिवारसँग पनि भेटघाट गर्ने खालको कार्यक्रम बनेको छ । त्यस अभियानलाई देशव्यापी प्रचार गर्न माओवादीले आफ्ना निकटका पत्रकारको टोली पनि केन्द्रबाटै परिचालन गर्ने भएको छ ।

‘दिउँसो २–३ बजे जिल्लास्तरीय सभा गर्ने । एक दिनको ठाउँमा पौने दिन वा सवादिन पनि हुनसक्छ । त्यसक्रममा जातजाति, उत्पीडित समुदाय, आदिवासी, जनजाति, मधेसी, थारुसँग पनि कुराकानी हुने, बुद्धिजीवी, नागरिक समाज, उद्योग व्यवसायीसँग पनि छलफल हुने गरी कार्यक्रमहरू हुनेछन्,’ प्रचण्ड भन्छन्, ‘नेताहरू एकताबद्ध भएर आउने ।’

काठमाडौंबाट आउने नेताहरू आफ्नै सवारी साधनमा आउनेछन् । केन्द्रबाटै केही कलाकार र केही पत्रकारहरू पनि आउने प्रचण्डको भनाइ छ ।

‘एउटा माइकसहितको माइक्रोबस वा मिनिबस तयार गर्ने । जहाँ पुग्ने हो, त्यो हिसाबको सांस्कृतिक नाच, गान, झाँकीहरू प्रदर्शन हुनेछन्,’ उनले भने ।

अभियानको व्यवस्थापन खर्चका लागि केन्द्रबाट आएको खर्च केन्द्रले नै व्यहोर्ने छ । खाने–बस्ने व्यवस्था भने जिल्ला र प्रदेशले गर्ने बताइएको छ । माओवादीले ठुला होटलमा नेताहरूलाई नराख्ने भएको छ । जनताकै फरकफरक घरमा राख्ने गरी व्यवस्थापन गर्ने र जनताकै घरघरमा राख्दा राति बस्दा, खानपिन गर्दा पनि जनतासँग संवाद गर्ने कार्यक्रम बनाउने माओवादीको तयारी छ  ।

त्यसक्रममा केन्द्रीय समितिबाट पारित भएको दस्ताबेज, प्रचण्डले संसद्मा सम्बोधन गरेका एकीकृत सामग्री र सरकारमा रहेर गरेका कामहरूको संक्षिप्त रूपका पर्चा तथा हाते पुस्तिकाहरू वितरण गरिने प्रचण्डको भनाइ छ ।

यद्यपि अभियान चलाउँदा पार्टीभित्रको विवादप्रति उनले सतर्क रहन आग्रह गरे । ‘अहिले हामीले कुनै पनि तर्क र बहानामा पार्टीको एकतालाई कमजोर पार्ने काम गर्नु नै हुँदैन । अहिले जनतामा हाम्रो पक्षमा यति राम्रो भावना विकास भएको बेलामा कुनै पनि बहानामा पार्टीभित्रको एकतालाई कमजोर बनाउनु हुँदैन,’ प्रचण्डले बैठकमा भने ।

उनले विगतमा भन्दा अहिले धेरै अनुभव हासिल भएको बताउँदै अब अति गर्नेहरूलाई पराजित गर्ने दाबी गरे । ‘यी फटाहाहरूले कसरी सोच्दा रहेछन् । षड्यन्त्र के के गर्दा रहेछन् भन्ने थाहा भइसक्यो । अब इनफ इज इनफ । अत्ति भयो के यिनीहरूको जालझेल...। अब यिनीहरूको जालझेललाई परास्त गर्ने हो । आफ्नै खुट्टामा उभिने हो,’ प्रचण्डले भने ।

कोशी प्रदेशमा प्रचण्डकाे दौडधुप
प्रचण्ड गत माघमा मात्र दुईपटक कोशी प्रदेशका विभिन्न जिल्ला आएर फर्किएका थिए । शनिबार पनि उनी कोशीको झापा र मोरङमा सहभागी भए । झापाको दमकमा भएको माओवादीको दोस्रो नगर सम्मेलन र माओवादीको प्रदेश परिषद् बैठकलाई सम्बोधन गरेर उनी काठमाडौँ फर्किए । उनी भदौ २३ मा उदयपुर आएका थिए । त्यहाँ माओवादी कोशी प्रदेश कमिटीको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी भए ।

गत भदौ २९ मा कोशी प्रदेश आएका प्रचण्ड दुई दिन बसे । झापा र मोरङमा भएका तीन कार्यक्रममा उनी सहभागी भए । पुस १५ मा झापाको गौरीगन्ज आएका प्रचण्डले पार्टीको गाउँ अधिवेशन तथा खबरदारी सभामा सहभागी भएर फर्किए ।

उपनिर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्ष जितेपछि उनी माघ ५ मा मोरङको ग्रामथान गाउँपालिका आएर मतदातालाई धन्यवाद दिए । माघ १४ मा तेह्रथुम पुगेर उनी दुई दिन विभिन्न कार्यक्रममा सहभागी भए । त्यसपछि उनी शनिबार कोशी आएका हुन् । लगत्तै फागुन १२ मा पनि उनी झापाको कचनकवल आउने कार्यक्रम छ ।

९३ सदस्य रहेको कोशी प्रदेश सभामा माओवादीबाट १३ जना सदस्य छन् । प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्र रहेको कोशीमा माओवादीका ९ जनाले मात्रै जितेका थिए । प्रतिनिधि सभामा २८ वटा निर्वाचन क्षेत्र रहेको कोशीमा माओवादी चार निर्वाचन क्षेत्रमा मात्र विजयी भएको छ ।

कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये माओवादीले १३ वटामात्र स्थानीय तहको प्रमुख जितेको छ । यस्तै समानुपातिक मतमा पनि माओवादी चौथो स्थानमा छ ।

२०७९ सालको निर्वाचनमा १८ लाख ९९ हजार १४४ सदर मतमध्ये माओवादीले १ लाख ८१ हजार २४५ मत ल्याएको थियो । त्यो पनि नेपाल समाजवादी पार्टीसहितको मत हो ।

त्यसभन्दा बढी राप्रपाले १ लाख ९८ हजार ५११ मत ल्याएको छ । यस्तै एमालेले ६ लाख ६५ लाख ४६० मत ल्याउँदा दोस्रो स्थानमा कांग्रेसले ५ लाख ६३ लाख ९५६ मत ल्याएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending