Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

प्रतिनिधि सभा बैठक- आज सांसदहरूको प्रधानमन्त्रीसँग प्रश्नोत्तर

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।  

संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।

सार्वजनिक विषयमा सरकारलाई उत्तरदायी बनाउन केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला २०७५ सालमा सुरू गरिएको सांसद र प्रधानमन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रममा ६ वर्षपछि पनि प्रधानमन्त्री ओलीले पुरानै शैलीका प्रश्नको सामना गर्नुपर्ने देखिएको छ।   

उनीहरूले २ देखि ८ वटासम्म प्रश्न सोध्ने तयारी गरेका छन् । प्रधानमन्त्रीका लागि अधिकांश सांसदले पूर्वाधार विकाससम्बन्धी प्रश्न राख्नेछन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकप्रिय पार्टीका नेता ओलीलाई स्थान हद तोकेर चुनाव हुन सक्दैन : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिएका छन्। नेपाल खेलकुद महासङ्घको...

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन गरी लागू गरेको छ।  पुरानो कोडमा रहेक...

कांग्रेसमा महाधिवेशनबारे विवाद- सहमति खोज्न कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन सम्बन्धी जारी विवादमा सहमति खोज्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसाउँदैछ। २१ फागुनमा तय भएको निर्वाचनलाई...

तत्कालीन आईजीपीलाई पनि उपत्यका नछोड्न आदेश, तर ओली र लेखकसहित कसैलाई पनि दिइएको छैन पत्र

पूर्वगृहमन्त्री लेखक भन्छन्- मिडियाबाट सुनेको आधारमा सरकारको निर्णय मानिदिनुपर्ने ?

मधेशका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखले गरिन् बदर

काठमाडौं । मधेश प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले खारेज गरेकी छन्। सभामुखविरुद्ध...

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।  आर्थिक वर्ष...

बागलुङका कँडेलको ‘सानो स्वर्ग’- चरा पाल्ने रहरबाट सुरु भएको व्यवसायमा ५० लाखको कालिज

ढोरपाटन (बागलुङ) । घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने ...

युट्युवबाट सिकेको सीपले बदल्यो महराको जीवन

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा करिब दुई दशकअघिसम्म फर्निचरको काम गर्थे । परिवार पाल्न मुस्किल भएपछि ...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो कोशी र ग...

थारु महिलाको पौरख: नेपालगन्जलाई अर्ग्यानिक स्वाद

बाँके । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending