Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री

राजनीति स्थिरता आउन नसक्दा अवसरवाद मौलाएर पत्रकारितामा पनि असर पर्न गयो

खबरडबली संवाददाता

दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।

सदरमुकाम चरीकोटमा शनिबार नेकपा ९एमाले० जिल्ला कमिटी दोलखाले आयोजना गरेको नेता तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बहुमतले अनुमोदन गर्न सक्ने भए तापनि सबैको सहमतिमै अध्यादेशहरू पारित हुने दाबी गरे।

सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री गुरुङले भने, ‘‘वर्तमान सरकारले ल्याएका अध्यादेशहरू लोककल्याणकारी भएकाले पारित हुन्छन् । दशकौँका पुराना कानुनहरूले अहिलेको परिस्थिति अनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्याहरूलाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।’’

अध्यादेशको उद्योग व्यावसायीले समेत उत्साही देखाएका छन् । अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएका छन् । सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समय सापेक्षका लागि अध्यादेश अपरिहार्य रहेको उनको भनाइ छ । 

एमाले र नेपाली कांग्रेस गठबन्धनको विषयमा स्पष्ट पार्दै उनले भने, ‘‘देशमा लोकतन्त्र गणतन्त्र आएता पनि जनताको पक्षमा खासै काम हुन नसकेकाले गठबन्धन गर्नु परेको हो । अन्य दलहरूको सहयोग रहेता पनि राजा हटाउने, नयाँ संविधान जारी गर्नेलगायतका कामहरू नेपाली कांग्रेस र एमालेकै अगुवाइमा भएका हुन् । राजनीति स्थिरता आउन नसक्दा अवसरवाद मौलाएर पत्रकारितामा पनि असर पर्न गयो । यसो हुँदा सबैतर्फ भताभुङ्ग हुन पुगेको मात्र होइन लोकतन्त्रमाथि नै खतरा देखा पर्‍यो ।’’ अहिले सरकारले ११ वटा कानुन बनाउनुपर्ने उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending