दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।
सदरमुकाम चरीकोटमा शनिबार नेकपा ९एमाले० जिल्ला कमिटी दोलखाले आयोजना गरेको नेता तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बहुमतले अनुमोदन गर्न सक्ने भए तापनि सबैको सहमतिमै अध्यादेशहरू पारित हुने दाबी गरे।
सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री गुरुङले भने, ‘‘वर्तमान सरकारले ल्याएका अध्यादेशहरू लोककल्याणकारी भएकाले पारित हुन्छन् । दशकौँका पुराना कानुनहरूले अहिलेको परिस्थिति अनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्याहरूलाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।’’
अध्यादेशको उद्योग व्यावसायीले समेत उत्साही देखाएका छन् । अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएका छन् । सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समय सापेक्षका लागि अध्यादेश अपरिहार्य रहेको उनको भनाइ छ ।
एमाले र नेपाली कांग्रेस गठबन्धनको विषयमा स्पष्ट पार्दै उनले भने, ‘‘देशमा लोकतन्त्र गणतन्त्र आएता पनि जनताको पक्षमा खासै काम हुन नसकेकाले गठबन्धन गर्नु परेको हो । अन्य दलहरूको सहयोग रहेता पनि राजा हटाउने, नयाँ संविधान जारी गर्नेलगायतका कामहरू नेपाली कांग्रेस र एमालेकै अगुवाइमा भएका हुन् । राजनीति स्थिरता आउन नसक्दा अवसरवाद मौलाएर पत्रकारितामा पनि असर पर्न गयो । यसो हुँदा सबैतर्फ भताभुङ्ग हुन पुगेको मात्र होइन लोकतन्त्रमाथि नै खतरा देखा पर्यो ।’’ अहिले सरकारले ११ वटा कानुन बनाउनुपर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: