Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

असोज ३ गते (भोलि) संविधान घोषणा नगर्न भारतको दबाब

\"pm\"काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत सुव्रमन्यम जयशंकरले तराई–मधेसबाट सेना फिर्ता र मधेसी तथा थारू आन्दोलनलाई सम्बोधन गरेपछि नयाँ संविधान जारी गर्न दबाब दिएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ अहिलेकै अवस्थामा संविधान जारी भए भारतले समर्थन नगर्ने उनको चेतावनी छ । भारतीय विदेशसचिवसमेत रहेका जयशंकर शुक्रबार बिहान ९ बजे काठमाडौंमा ओर्लिएका थिए । उनी दिनभर शीर्ष भेटवार्तामा व्यस्त भए । सबै भेटमा उनले आफ्नो सीमा जोडिएको तराई अशान्त भएको अवस्थामा जारी हुने संविधानको समर्थन गर्न नसकिने चेतावनी दिएका हुन् । तर, आन्दोलनका मुद्दा सम्बोधन गर्ने मोडालिटीबारे भने केही बताएका छैनन् । प्रमुख दलका शीर्ष नेताले भने अहिले भारतको चासो सम्बोधन गर्न नसकिने स्पष्ट जवाफ दिएका छन् । उनीहरूले संविधान जारी भइसकेको अवस्थामा असन्तुष्ट पक्षको जायज माग पछि सम्बोधन हुने बताएका थिए । अब कुनै पनि बहानामा संविधान जारी गर्ने काम नरोकिने उनहरूको भनाइ छ ।   जयशंकरले शुक्रबार राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चिन्ता र चासो व्यक्त गर्न आफू आएको र तराईको माग सम्बोधन गर्नुपर्नेमा मोदीको जोड रहेको जयशंकरले सबै नेतालाई सुनाएका थिए । प्रधानमन्त्रीले भने, ‘अब फर्किन सकिन्न’ बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री कोइरालासँग भएको भेटमा जयशंकरले तराई–मधेस अशान्त रहेको अवस्थामा जारी हुने संविधानलाई कसरी समर्थन गर्ने भनेर सोधेका थिए । उनले भनेका थिए, ‘तराई अशान्त रहेको अवस्थामा नयाँ संविधानलाई भारतले कसरी स्वागत–समर्थन गर्ने ?’   प्रधानमन्त्री कोइरालाको जवाफ थियो, ‘संविधानसभामा विभिन्न राजनीतिक आस्था र विचार भएका राजनीतिक दलहरू छन् । यो सम्झौताको दस्ताबेज हो । यसमा सबै राजनीतिक दल र नेपाली जनताको भावनालाई समेटिएको छ । तर, कुनै पनि पार्टीका सबै कुरा अटाएका छैनन् ।’   प्रधानमन्त्री कोइरालाले नयाँ संविधान लोकतान्त्रिक चरित्रको रहेको र निर्वाचित प्रतिनिधिको अत्यधिक बहुमतले पारित गरेकाले विश्वका लोकतान्त्रिक मुलुकले समर्थन गर्नेमा आफूले विश्वास लिएको पनि बताएका थिए । योभन्दा अरू विकल्प नभएको र अहिलेको भन्दा बढी समावेशी र लोकतान्त्रिक संविधान असम्भव रहेकोसमेत उनको जवाफ थियो । उनले भारतको सुरक्षा चासो सम्बोधन गर्न नेपाल तयार रहेको पनि बताएका थिए । प्रधानमन्त्रीसँग जयशंकरको डेढ घन्टा लामो भेटवार्ता भएको थियो । ओलीले भने, ‘संविधान जारी हुन्छ’ काठमाडौंमा शुक्रबार बिहान साढे ९ बजे ओर्लिएपछि जयशंकरले पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरे । ओलीनिवास बालकोटमा भएको भेटमा जयशंकरले नेपालको संविधान निर्माण सार्वभौम विषय रहेको र यसको सारवस्तुमा टिप्पणी नभएको भन्दै कुराकानी थालेका थिए ।   भेटमा सहभागी एमाले प्रमुख सचेतक अग्नि खरेलका अनुसार कुराकानीका क्रममा भारतीय विदेशसचिव जयशंकरले सोधे, ‘तर, प्रक्रियामा रहेका दलहरू ९मधेसकेन्द्रित० अहिले बाहिर छन् । उनीहरूलाई कसरी सामेल गराएर संविधान जारी गर्नुहुन्छ रु’ मधेसी र थारूलाई नसमेट्दा संविधान टिकाउ र सर्वस्वीकार्य नहुने, नेपालमा शान्ति र स्थायित्व पनि नआउने जयशंकरको चेतावनी थियो ।   खरेलका अनुसार ओलीले जवाफ दिए, ‘संविधान पारित नै भइसकेपछि अब प्रक्रियामा उहाँहरू ९मधेसी दल० आउने ठाउँ छैन । तर, संविधान घोषणा गरेपछि पनि हामी कुराकानी गर्छौँ । असन्तुष्ट विजय गच्छदारजीसँग गएराति ९बिहीबार० अबेरसम्म वार्तामा हामी थियौँ । उचित र तार्किक विषय सम्बोधन हुने सम्भावना समाप्त भएको होइन । तर, हामीले सबै क्षेत्र, समुदायको धेरै कुरा सम्बोधन गरेका छौँ । बाँकी कुरा छन् भने पछि गरौँला ।’   संविधान जारी भएपछि पनि असन्तुष्ट पक्षका उचित माग सम्बोधन गर्न संवादको ढोका बन्द नभएको बुझिदिन पनि ओलीको आग्रह थियो । तर, संविधान जारी गर्न नरोकिने ओलीको भनाइ थियो । उनले भेटमा भने, ‘संघीय आयोगमार्फत असन्तुष्ट पक्षका उचित माग सम्बोधन हुन सक्छ । तर, अब संविधान जारी गर्ने कुरा रोकिँदैन ।’
प्रचण्डले भने, ‘वार्ता पनि, संविधान पनि’
एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा। बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगको भेटमा भारतीय प्रधानमन्त्रीका विशेष दूत जयशंकरले दमनको अवस्थामा संविधान कसरी जारी हुन्छ भन्ने जिज्ञासा राखेका थिए । उनले सोधेका थिए, ‘कफ्र्यु लगाएर, सेना परिचालनको बीचमा, दमनको बीचमा कसरी संविधान जारी गर्नुहुन्छ ?’ उपाध्यक्ष श्रेष्ठका अनुसार जयशंकरले मधेसको असन्तुष्टि सम्बोधन नभए परिस्थिति सहज नहुने र भारतकै सुरक्षामा गम्भीर खतरा पर्ने हुनाले छलफल गर्न आफू आएको बताए । अध्यक्ष प्रचण्डले वार्ता र संवादबाट सबैलाई समेट्ने प्रयत्न भएको र शतप्रतिशत सम्भव नहुने जवाफ दिएका थिए । ‘कतिपय मुद्दा सम्बोधन गर्न सकियो, कतिपय सकिएन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘असन्तुष्ट पक्षसँग राजनीतिक सम्झौता गरेर पछि व्यवस्थापिका संसद्बाट त्यसलाई सम्बोधन गर्ने ठाउँ बाँकी छ । तर, अब संविधान जारी गर्ने कुरा रोक्न सक्दैनौँ । उहाँहरूसँग वार्ता पनि गर्छौँ, नयाँ संविधान घोषणा पनि गर्छौँ ।’ जयशंकरले मधेसी नेतालाई सोधे स् माग के हो र ? संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई भारतीय दूतावासमा शुक्रबार दिउँसो लन्चका लागि बोलाइएको थियो । भेटको सुरुमै जयशंकरले मधेसी नेतालाई आन्दोलनको माग के हो भनेर सोधेका थिए ।   संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण दूतावास पुगेका थिए । कर्णका अनुसार सुरुमै जयशंकरको प्रश्न थियो, ‘तपाईंहरूको माग के हो रु मधेसमा अहिले के भइराख्या छ रु तपाईंहरूलाई संविधानमा के पुगेन रु’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending