काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिटको आरोपमा सत्तारूढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। बिहीबार काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि उनलाई जोगाइएको आरोप प्रहरीमाथि लागेको थियो। तर, उनलाई पक्राउ गरेलगत्तै अनेरास्ववियुका अध्यक्ष समीक बडालले तत्काल रिहा गर्न माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध राखेको आरोप लगाएका छन्।
गत २४ माघको राति उनीसहितका व्यक्तिले ड्युटीमा खटिएका दरबारमार्ग वृत्तका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई ठमेलमा कुटपिट गरेका थिए। उनीहरूको मोटरसाइकलसमेत लडाएर तोडफोड भएको थियो।
घटनामा जोशीसहित पाँचजनाको संलग्नता देखिएपछि उनलाई भने सत्ताको आडमा जोगाइएको भन्दै प्रतिनिधिसभ बैठकमा समेत सांसदहरूले गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए।
सो घटनामा संलग्न ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा गत २७ माघमा पक्राउ परेका थिए। घटनामा संलग्न अन्य दुई अझै फरार छन् ।
मदिरा पिएर होहल्ला नगर्न भनेर सम्झउँदा उनीहरूले प्रहरीको मोटरसाइकल लडाएर कुटपिट गरेका थिए। पक्राउ परेका जोशी यसअघि पनि विभिन्न आपराधिक मुद्दामा चारपटक पक्राउ परिसकेको खुलेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: