Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मापदण्डविपरीत कांग्रेस नेता भट्टलाई विपत् प्राधिकरणको कार्यकारी प्रमुख बनाउँदै गृहमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति हुनुपर्ने मापदण्ड नै तोकेर दरखास्त आह्वान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा कांग्रेस महासमिति सदस्यसमेत रहेका इन्जिनियर दिनेशप्रसाद भट्टको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । 

आफ्नो मन्त्रालयअन्तर्गतको प्राधिकरणमा गृहमन्त्री रमेश लेखकले मापदण्डविपरीत आफ्नै पार्टीका नेतालाई सिफारिस गराएका हुन् । मन्त्रिपरिषद्ले भट्टलाई नै नियुक्त गर्ने तयारी छ ।

भट्ट ०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा पार्टटाइम लेक्चर रहेकै वेला १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए भने ०७४ को चुनावमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस गर्दा सूचीमा परेका थिए । त्यस्तै, उनी ०७३ मा तरुण दलको महासचिवमा पराजित भएका व्यक्ति हुन् । १४ मंसिरमा प्रकाशित प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचनाको योग्यता र सर्तको घ नम्बर बुँदामा ‘राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति उम्मेदवार हुन पाउने’ प्रावधान राखिएको थियो । 

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले बिहीबार भट्टलाई पहिलो, सुमन कर्णलाई दोस्रो र मन्दीप सुवेदीलाई तेस्रो नम्बरमा सिफारिस गरेको छ । भट्टलाई गृहमन्त्री लेखकको जोडबलमा पहिलो नम्बरमा सिफारिसमा पारिएको हो भने कर्णलार्ई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको आर्शीवाद छ । सुवेदी पनि कार्यकारी प्रमुख बन्न कांग्रेस नेताहरूको घरदैलोमा पुगेका थिए । 

‘प्रधानमन्त्री तहबाट फरक पात्रमा रुचि भए छुट्टै कुरा हो । तर, अहिलेसम्मको अवस्था हेर्दा भट्टलाई नै कार्यकारी प्रमुख बनाउने तयारी छ, प्राधिकरण गृह मन्त्रालयमातहत रहेको र गृहमन्त्री पनि कांग्रेसकै रहेकाले सिफारिसमा परेका तीनैजना कांग्रेस पृष्ठभूमिका छन् । यसमा भट्ट त नेता नै हुनुभयो,’ गृह मन्त्रालयका एक अधिकारीले भने । प्राधिकरणको कार्यकारी प्रमुख पाँच वर्षका लागि नियुक्त हुनेछन् । 

गृहमन्त्री रमेश लेखकले सिफारिस समितिको छनोट मापदण्डअनुसार तीनजनाको नाम सिफारिस भएको र यसमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरे । ‘सिफारिस समितिको छनोट मापदण्डअनुसार तीनजनाको नाम सिफारिस भएको छ, अब क्याबिनेटबाट निर्णय हुन्छ,’ उनले भने । 

भट्ट यसरी परे पहिलो नम्बरमा 

गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको सिफारिस समितिले ९ पुसमा कार्यकारी प्रमुखका १६ प्रतिस्पर्धीको अंक सार्वजनिक गर्दा बैतडी घर भएका भट्ट ११औँ नम्बरमा थिए । योग्यता, तालिम र अनुभवबापतको अंकका आधारमा सूची सार्वजनिक गरिएको थियो । तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै दुई दिनमै अर्काे सूची सार्वजनिक भयो, जसमा भट्टको अंक २० बाट बढेर २२.५ मा आयो भने १६ जनाको सूचीमा ६ नम्बरमा उक्लिए ।

तर, ४५ दिनको समयावधि पाएर ६ मंसिरमा गठन भएको समितिको म्याद फेरि ३५ दिन थपेर राजनीतिक चलखेल सुरु भयो । ७ माघको मन्त्रिपरिषद् बैठकले समितिको म्याद ३५ दिन थपेको थियो । नभन्दै ११औँ नम्बरमा रहेका भट्ट २९ माघमा शीर्ष पाँचमा परे । 

व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको सूची सार्वजनिक गरिएको थियो । वर्णानुक्रमअनुसार भट्ट,  धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम शीर्ष पाँचमा सार्वजनिक गरिएको थियो । तर, ३० माघमा भएको अन्तर्वार्तापछि बिहीबार तीनजनाको नाम सिफारिस भएको छ, जसमा भट्ट पहिलो नम्बरमा छन् । 

दुवाडी नेतृत्वको सिफारिस समितिमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ छन् । सिफारिस समितिका सदस्य सुवेदीले सार्वजनिक संस्थानको नियुक्ति मापदण्डमा रही तीनजनालाई सिफारिस गरिएको र  कहीँकतै पनि तलमाथि नभएको दाबी गरे ।

कसको योग्यता के ?

प्राधिकरणको प्रमुख कार्यकारीका लागि पहिलो दाबेदार बन्न पुगेका दिनेशप्रसाद भट्ट गृहमन्त्री रमेश लेखकको पुख्र्याैली घर बैतडीका हुन् । उनी कांग्रेसको राजनीतिबाहेक ललितपुरमा रहेको युनिभर्सल कलेजका संस्थापक सदस्य तथा सेयर सदस्य हुन् । उनी यसअघि सोही कलेजका पार्टटाइम शिक्षक थिए । त्यसअघि उनी कांग्रेस केन्द्रीय सदस्यको चुनाव लड्दाताका थापाथली इन्जिनियरिङ कलेजमा पार्टटाइम लेक्चर थिए । पछिल्लोपटक टोखामा रहेको केआइटी कलेजमा पार्टटाइम शिक्षक रहेको अनुभव पेस गरेका छन् ।

त्यस्तै, रोल्पा घर भएका मन्दीप सुवेदीको योग्यता पनि विपत् व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित छैन । उनी जिओटेक्निकल इन्जिनियर हुन् भने युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा एकेडेमिक डाइरेक्टरको कार्यानुभव राखिएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङ एसोसिएसनको कार्यकारी सदस्य र नेपाल जिओटेक्निकल सोसाइटीको महासचिवको अनुभव छ । 

सुमन कर्ण विराटनगरका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छँदा ०७४ मा राजनीतिक नियुक्ति खाएको अनुभव उनीसँग छ । बाढीपीडितलाई घर बनाइदिने भन्दै देउवाले ६ कात्तिक ०७४ मा तत्कालीन पुनर्निर्माण प्राधिकरणअन्तर्गत विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ गठन गरेर आयोजना प्रमुखका रूपमा कर्णलाई नियुक्त गरेका थिए । तर, पछि खारेज गरिएको थियो । 

प्राधिकरणमा किन हानथाप ?

भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणमा विपत् प्राधिकरणको मुख्य भूमिका हुन्छ । डोटी र जाजरकोट भूकम्प तथा गत असोजको बाढीपहिरोबाट भएको निजी आवास क्षतिको पुनर्निर्माणको जिम्मा विपत् प्राधिकरणलाई छ । प्राधिकरणका अनुसार  एक लाख १५ हजार घर पुनर्निर्माण गर्न झन्डै ४० अर्ब लागत लाग्नेछ । 

तत्कालीन कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल गत मंसिरमा सकिएपछि प्राधिकरण नेतृत्वविहीन छ । यद्यपि, गृह मन्त्रालयले तत्कालका लागि सहसचिव भीष्मकुमार भुसाललाई जिम्मेवारी दिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending