Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

जनयुद्धलाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेन

सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?

खबरडबली संवाददाता

काठमाडौं। २०५२ फागुन १ देखि तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धको नाम नै जनयुद्ध हो । सशस्त्र युद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएपछि जनयुद्धको २८औं वार्षिकोत्सवको सन्दर्भमा पहिलोपटक नेपाल सरकारले देशभर सार्वजनिक बिदा दियो ।

नेपालमा झण्डै १० वर्ष चलेको युद्धमा हजारौं नेपालीको ज्यान गयो । लाखौं नेपाली घाइते, अंगभङ्ग, अपाङ्ग, बेपत्ता र विस्थापित भए । देशमा अर्बौं रुपैयाँको भौतिक संरचना ध्वस्त भयो । यो सत्य र तथ्यले पुष्टि गरेको कुरा हो ।

तर, युद्धमा कति नेपालीको मृत्यु भयो ? कति घाइते भए ? कति बेपत्ता छन् र कति विस्थापित भए ?  खासमा यसको तथ्यांक कसैसँग छैन । हचुवाको भरमा माओवादीले १७ हजार मारे भनियो । युद्धमा राज्यपक्ष र विद्रोही माओवादी पक्षबाट मारिएकाहरूको यकिन तथ्यांक छैन।

सायद, त्यसैले पनि होला युद्धकै कमान्डरले म ‘पाँच हजार’ को मात्र जिम्मा लिन्छु भन्ने प्रतिक्रिया दिन्छन् । मानौं कसैले उनलाई ५ हजार मारेको जिम्मा लिए हुन्छ भनिदिएको छ । खासमा एकपटक सार्वजनिक भएको तथ्यांकमा राज्यपक्षबाट ८ हजार र माओवादी पक्षबाट ६ हजार मारिएको भनियो । यो पनि अनमिनलाई विभिन्न संस्थाले उपलब्ध गराएको अपुरो तथ्यांक हो ।

सायद यही कमजोरीलाई ‘सुगारटाई’ गर्दै आजसम्म पनि प्रचण्ड–बाबुरामलाई १७ हजार मारेर आएका हुन् भनिन्छ । सामाजिक सञ्जालमा लमजुङका मुक्तिनाथ अधिकारी, गोरखा फुजेलका गंगामाया अधिकारी र चितवनको बाँदरमुढे घट्नाको फोटो राखेर प्रचण्ड–बाबुरामलाई गालीगलौज गरिन्छ । घट्ना दुःखद र नहुनुपर्ने घट्ना द्वन्द्व काक्रममा भयो भन्दै धेरैपटक क्षमायाचना गरिसक्दा पनि केही त्यस्ता घटनाको दोष मेट्न प्रचण्ड–बाबुरामले अझै सकेका छैनन् ।

सत्ता स्वार्थमा रहँदा जनयुद्धलाई ‘ठीकै’ देख्ने र सत्ता बाहिर हुँदा ‘जघन्य हत्या’ देख्ने नेपाली कांग्रेस र एमालेसँगै प्रचण्डले सत्ता साझेदारी गर्न थालेपछि ‘जनयुद्ध’को उपलब्धि नै धरापमा परेको माओवादीकै नेताहरूको बुझाइ छ ।

एकातिर पार्टी चिरा–चिरा हुँदै जानु र अर्कोतिर पार्टीको लक्ष, सिद्धान्त र विचारलाई सत्ता बार्गेनिङको हतियार बनाउँदै जान थालेपछि जनयुद्धको उपलब्धि संस्थागत हुन सकेन । जसको परिणाम जनयुद्धमा लागेर शहिद, घाइते र बेपत्ता भएका र विस्थापित परिवारले न्याय पाउन सकेनन् भने जनयुद्धले ल्याएका कयौं सुन्दर पक्षलाई पनि माओवादीले स्वामित्व लिन सकेन ।

२०५२ सालमा जनयुद्ध शुरु हुँदाका माओवादी नेताहरू अहिले प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ रामबहादुर थापा बादल, धर्मेन्द्र बास्तोला, लोकेन्द्र विष्ट अहिले छिन्नभिन्न अवस्थामा छन् । यीमध्ये लोकेन्द्र विष्ट ड्रागन खेतीमा छन् भने अरू सबैको आ–आफ्नै पार्टी छन् ।

प्रधानमन्त्री एवं माओवादी आन्दोलनका सर्वोच्च कमान्डर प्रचण्डकै भाषामा भन्दा साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको थियो । तर, त्यो आन्दोलनको उपलब्धि संस्थागत गर्न नसकेको कारण अहिले पनि प्रचण्ड–बाबुरामले गाली खानुपरेको छ।

माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ कै कारण आज वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल भएको कुरा सत्य हो ।

तर, सत्य र तथ्य लुकाएर माओवादीलाई हिजोको हत्यारा र आतंककारी देख्ने अनि ती उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको कुरालाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेको छैन।

जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको कुरालाई बिर्सेर जनतालाई भ्रम सिर्जना गरी प्रतिगमन र पुरानो सत्ताको नै गुणगान गाउने पुनःरुत्थानवादी र नयाँको नाममा उदाएका अराजकतावादीहरूको उग्र भिडलाई पनि माओवादीले चिर्न सकेन।

युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्धलाई माओवादीकै पूर्व कमान्डरहरूले बहुदलीय जनवाद र संशोधनवादमा लगेर मिसाइदिएको तथ्य पनि छर्लङ्गै छ । तर, सत्य र तथ्यलाई समेत बंग्याउने नेपाली राजनीतिमा त्यो ऐतिहासिक र गौरवशाली जनयुद्धलाई राजनीतिक युद्ध नदेखेर हत्या देख्ने पात्रसँगै त्यसका कमान्डरको कुम जोडिनु अर्को दुःखद पक्ष हो ।

सहमति, सहकार्य र एकताका नाममा जनयुद्धका उपलब्धि खोस्ने र शहीद,घाइते र बेपत्ताका परिवालाई अपमान गर्नेहरूसँग नेतृत्व जोगिन नसक्दाको यो परिणाम अन्ततः केही क्षणको सत्ताभोग मात्रै बन्न थालेको छ । त्यसैले, जनयुद्धले स्थापित गरेको महत्त्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै नेपाली जनताको मुहार फेर्ने अभियानमा लाग्न नसक्नु जनयुद्धको सम्मान गर्नु होइन।

यो कुरामा स्वयं माओवादी नेतृत्वसचेत नहुँदासम्म जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिलाई ‘सत्य’ हो भनेर स्वीकार गर्ने अवस्था छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending