वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका छन्। यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार शान्ति सम्झौता र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।
लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै दुई नेताबिच अमेरिका र युक्रेनी नेताहरूबिच शुक्रबार म्युनिखमा हुने बैठकको बारेमा वार्ता भएको जानकारी थिइन्। त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
यसैबिच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमा लेखे, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकोमा म आभारी छु। उहाँले ९ट्रम्प० ले मलाई राष्ट्रपति पुटिनसँग भनेको कुरा सुनाउनुभयो ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कुरा गरेका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन्। ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, ’हामी साउदी अरबमा भेट्नेछौँ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: