Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रुस र युक्रेनबिचको युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्प, पुटिनपछि जेलेन्स्कीसँग गरे फोनवार्ता

खबरडबली संवाददाता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार फोनमा कुराकानी गरेका छन्। यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थिए। 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले जेलेन्स्की र ट्रम्प बिचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताइन् । अमेरिकी सरकार शान्ति सम्झौता र रुस र युक्रेनबिच चलिरहेको युद्धको अन्त्य गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै दुई नेताबिच अमेरिका र युक्रेनी नेताहरूबिच शुक्रबार म्युनिखमा हुने बैठकको बारेमा वार्ता भएको जानकारी थिइन्। त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसैबिच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्विटरमा लेखे, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो। शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकोमा म आभारी छु। उहाँले ९ट्रम्प० ले मलाई राष्ट्रपति पुटिनसँग भनेको कुरा सुनाउनुभयो ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कुरा गरेका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने कुनै मिति तय गरेका छैनन्।  ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई भने, ’हामी साउदी अरबमा भेट्नेछौँ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाच...

सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेव...

पेट्रोल र डिजेलमा किन भयो भारी मूल्य वृद्धि ? यस्तो छ निगमको जवाफ

प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण

पूर्वी नाकाबाट भित्रिए छ हजार ७ सय ९१ पर्यटक

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...

बाजुराको उच्च भेगमा वर्षात्सँगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि  वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...

कांग्रेस समानुपातिकमा सभापतिका ससुरादेखि पूर्वराष्ट्रपतिका छोरासम्म

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

नयाँ सरकारले तत्काल सामना गर्नुपर्ने अर्थतन्त्रका चार मुख्य चुनौती

काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: