Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

‘सुनिँदैनन् वसन्त गीतका राग’

खबरडबली संवाददाता

महोत्तरी । 
‘मधुमासक मदमातल मनुआ,
चैढते फागुन अगराए रहल
दिनमणि ऋतुराजक साधकसन
वासन्ती रङ्गमें नहाय रहल ।’

(वसन्त ऋतुमा सुरापानले मातेझैँ भएको मान्छे फागुन लाग्नेबित्तिक्कै बेसुरको बन्छ । ताप दिने सूर्य पनि ऋतुराज (वसन्त) को साधक झैँ भएर घामछाँया (न बढी जाडो, न बढी गर्मी) बन्दै वसन्तको मोहकतामा डुबुल्की रहन्छन्) । वसन्त गीतका यी भावका राग अचेल मिथिलामा सुनिँदैनन् । 

चाडबाड  र कैयन सांस्कृतिक परम्पराले भरिपूर्ण मानिन्छ मिथिला । मास गणनाले चैत, वैशाख वसन्त ऋतुको हुने भए पनि यहाँ वसन्तपञ्चमी (माघ शुक्लपञ्चमी) देखि नै वसन्त लाग्ने मानिन्छ । 

यसै मान्यताले मैथिलहरू सोही दिनदेखि वसन्त गीत र फागु गीतमा रम्ने पुरानो स्थापित परम्परा अब देखिन, सुनिन छाडेको छ । ऋतुहरूको राजा भएको हुँदा वसन्तले अन्य पाँच ऋतुका आठ–आठ दिनको भोग थप्दा यहाँ वसन्तपञ्चमीसँगै वसन्त सुरु हुने पुरानो विश्वास छ ।

“वसन्त ऋतुहरूका राजा भएको हुँदा अन्य पाँचले आठ–आठ दिन आफ्नो भागबाट दिँदा ४० दिन थपिएको जनश्रुति छ”, मिथिला लोकपरम्पराका जानकार मिथिला माहत्म्य पुराणका नेपाली अनुवादक जलेश्वर–५ पतैली निवासी ध्रुव राय भन्छन्, “यही थपिएको ४० दिनले मिथिलामा वसन्त ऋतु वसन्तपञ्चमीकै दिनदेखि सुरु हुने मानिन्छ ।”

हाल मधेशको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा वसन्तपञ्मी मनाइएसँगै टोलटोलमा डम्फु र मृदङ्गको तालमा फागु गीत गाइने परम्परा पनि अब कथा झैँ बनेको छ । यसैगरी, वसन्तपञ्चमी पर्व मनाइएसँगै फागुन पूर्णिमासम्म मिथिलामा गाउँगाउँ, टोलबस्तीमा आयोजना हुने झुमर, जटजटिन, फागुनी नृत्य परम्परा पनि देखिन छाडेका छन् । 

वसन्त ऋतु रूखबिरुवाका पुराना पात झरेर नयाँ पात फेर्ने मौसम हो । वनस्पतिमा हुने यो परिवर्तन झैँ मानव जीवनमा पनि वसन्तले नयाँ रङ्ग ल्याउने मैथिली वसन्त गीतमा भाव पाइन्छन् ।

‘ऋतुराजक आगम सुखदाई,
शरद, शिशिर स त्राण देबय
जनजनमें नव प्राण देबय
कुहुके कोइलिया नितराय–,
ऋतुराजक आगम सुखदाई ।’

(ऋतुराज वसन्तको आगमन सुखदायक छ, जसले शरद् र शिशिरको जाडोबाट मुक्ति दिन्छ, जनजनमा नयाँपनको सञ्चार गर्छ । वसन्तमै कोइली ‘कुहु–कुहु’ गर्दै गमक्क पर्छ) । वसन्तको सन्तुलित (जाडो गर्मीको संयोग) मौसममा गाइने वसन्त गीतमा प्रेमी/प्रेमिका, पति÷पत्नी टाढा छन्भने त्यसमा विरहका भाका पनि छन् ।

‘ककरासँग खेलब ऋतु वसन्त।।।,
झरल पतझडआयल वसन्त,
निरायल फागुन दूर बसु कन्त,
केकरासँग खेलब ऋतु वसन्त ।’
(वसन्तको आगमनसँगै पुराना पात झरेका रूखबिरुवामा नयाँ पात फेरिए तर फागुनमा म कोसँग वसन्त खेलुला ?

यसैगरी, ‘मेरो जीवनमा नयाँ पात के फेरिएला ? मेरा प्रेमी÷पति त दूर देश छन्’ भन्ने भावसहित वसन्तको आगमनसँगै विदेसिएका प्रेमी÷पतिको सम्झना गर्दै प्रेमिकाले गर्ने अपिल पनि मैथिली वसन्त गीतमा छन् ।

‘हमर अंगनामें वसन्त नेने आयब सजना,
जौ परदेसिया अंगनाबीच ऐला,
पिरेपिरे धोती रंगायब सजना ।’
(हे मेरा प्यारा, मेरो आँगनमा पनि वसन्त ल्याइदेऊ, जब परदेश गएका घरआँगनमा आउनेछन्, उनको धोती पहेँलो रङ्गले रङ्गाउने छु ।) 

यस गीतमा पहेँलोले धोती रङ्गाउने भावभित्र मधुर मिलनको आकाङ्क्षा पनि रहेको  महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति अथ्र्याउँछन् । 

वसन्तमा प्रेम, सम्मिलन, उत्सव र विभिन्न रङ्गको संयोजनले रङ्गिएको जीवनको कल्पना मिथिलामा गरिन्छ । वसन्त आगमनसँगै सङ्गीत र नृत्यमय जीवनको आकाङ्क्षा बोक्ने मिथिलाका यी सांस्कृतिक लोक परम्परा अब भने हराउँदै गएको प्रति प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको  चिन्ता छ ।

“मिथिलामा ऋतु, महिना, पक्ष, साता र बारैपिच्छे मनाइने विशिष्ट सांस्कृतिक पर्व परम्परा छन्”, उनी भन्छन्, “तर अब यी पुराना परम्परा मेटिँदैछन् ।” 

पछिल्लो नेपाली पुस्ताको विदेश मोहले मौलिक संस्कृति सङ्कटमा पर्न थालेको र विदेशी संस्कृतिको प्रभाव भित्रिने क्रम बढेको डा विमलको भनाइ छ । 

“अहिलेको किशोर पुस्तालाई हाम्रा परम्परा र संस्कृतिबारे चासो जगाउन सकिएन भने हाम्रा मौलिक कुरा सबै सकिन धेरै समय लाग्दैन । नयाँ पुस्ताले यसबारे रुचि बढाउन र सरोकार भएकाले त्यसमा सहजीकण गर्न आवश्यक छ”, उनको सुझाव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending