Khabar Dabali २६ कार्तिक २०८२ मंगलवार | 11th November, 2025 Tue
Investment bank

‘सुनिँदैनन् वसन्त गीतका राग’

खबरडबली संवाददाता

महोत्तरी । 
‘मधुमासक मदमातल मनुआ,
चैढते फागुन अगराए रहल
दिनमणि ऋतुराजक साधकसन
वासन्ती रङ्गमें नहाय रहल ।’

(वसन्त ऋतुमा सुरापानले मातेझैँ भएको मान्छे फागुन लाग्नेबित्तिक्कै बेसुरको बन्छ । ताप दिने सूर्य पनि ऋतुराज (वसन्त) को साधक झैँ भएर घामछाँया (न बढी जाडो, न बढी गर्मी) बन्दै वसन्तको मोहकतामा डुबुल्की रहन्छन्) । वसन्त गीतका यी भावका राग अचेल मिथिलामा सुनिँदैनन् । 

चाडबाड  र कैयन सांस्कृतिक परम्पराले भरिपूर्ण मानिन्छ मिथिला । मास गणनाले चैत, वैशाख वसन्त ऋतुको हुने भए पनि यहाँ वसन्तपञ्चमी (माघ शुक्लपञ्चमी) देखि नै वसन्त लाग्ने मानिन्छ । 

यसै मान्यताले मैथिलहरू सोही दिनदेखि वसन्त गीत र फागु गीतमा रम्ने पुरानो स्थापित परम्परा अब देखिन, सुनिन छाडेको छ । ऋतुहरूको राजा भएको हुँदा वसन्तले अन्य पाँच ऋतुका आठ–आठ दिनको भोग थप्दा यहाँ वसन्तपञ्चमीसँगै वसन्त सुरु हुने पुरानो विश्वास छ ।

“वसन्त ऋतुहरूका राजा भएको हुँदा अन्य पाँचले आठ–आठ दिन आफ्नो भागबाट दिँदा ४० दिन थपिएको जनश्रुति छ”, मिथिला लोकपरम्पराका जानकार मिथिला माहत्म्य पुराणका नेपाली अनुवादक जलेश्वर–५ पतैली निवासी ध्रुव राय भन्छन्, “यही थपिएको ४० दिनले मिथिलामा वसन्त ऋतु वसन्तपञ्चमीकै दिनदेखि सुरु हुने मानिन्छ ।”

हाल मधेशको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा वसन्तपञ्मी मनाइएसँगै टोलटोलमा डम्फु र मृदङ्गको तालमा फागु गीत गाइने परम्परा पनि अब कथा झैँ बनेको छ । यसैगरी, वसन्तपञ्चमी पर्व मनाइएसँगै फागुन पूर्णिमासम्म मिथिलामा गाउँगाउँ, टोलबस्तीमा आयोजना हुने झुमर, जटजटिन, फागुनी नृत्य परम्परा पनि देखिन छाडेका छन् । 

वसन्त ऋतु रूखबिरुवाका पुराना पात झरेर नयाँ पात फेर्ने मौसम हो । वनस्पतिमा हुने यो परिवर्तन झैँ मानव जीवनमा पनि वसन्तले नयाँ रङ्ग ल्याउने मैथिली वसन्त गीतमा भाव पाइन्छन् ।

‘ऋतुराजक आगम सुखदाई,
शरद, शिशिर स त्राण देबय
जनजनमें नव प्राण देबय
कुहुके कोइलिया नितराय–,
ऋतुराजक आगम सुखदाई ।’

(ऋतुराज वसन्तको आगमन सुखदायक छ, जसले शरद् र शिशिरको जाडोबाट मुक्ति दिन्छ, जनजनमा नयाँपनको सञ्चार गर्छ । वसन्तमै कोइली ‘कुहु–कुहु’ गर्दै गमक्क पर्छ) । वसन्तको सन्तुलित (जाडो गर्मीको संयोग) मौसममा गाइने वसन्त गीतमा प्रेमी/प्रेमिका, पति÷पत्नी टाढा छन्भने त्यसमा विरहका भाका पनि छन् ।

‘ककरासँग खेलब ऋतु वसन्त।।।,
झरल पतझडआयल वसन्त,
निरायल फागुन दूर बसु कन्त,
केकरासँग खेलब ऋतु वसन्त ।’
(वसन्तको आगमनसँगै पुराना पात झरेका रूखबिरुवामा नयाँ पात फेरिए तर फागुनमा म कोसँग वसन्त खेलुला ?

यसैगरी, ‘मेरो जीवनमा नयाँ पात के फेरिएला ? मेरा प्रेमी÷पति त दूर देश छन्’ भन्ने भावसहित वसन्तको आगमनसँगै विदेसिएका प्रेमी÷पतिको सम्झना गर्दै प्रेमिकाले गर्ने अपिल पनि मैथिली वसन्त गीतमा छन् ।

‘हमर अंगनामें वसन्त नेने आयब सजना,
जौ परदेसिया अंगनाबीच ऐला,
पिरेपिरे धोती रंगायब सजना ।’
(हे मेरा प्यारा, मेरो आँगनमा पनि वसन्त ल्याइदेऊ, जब परदेश गएका घरआँगनमा आउनेछन्, उनको धोती पहेँलो रङ्गले रङ्गाउने छु ।) 

यस गीतमा पहेँलोले धोती रङ्गाउने भावभित्र मधुर मिलनको आकाङ्क्षा पनि रहेको  महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति अथ्र्याउँछन् । 

वसन्तमा प्रेम, सम्मिलन, उत्सव र विभिन्न रङ्गको संयोजनले रङ्गिएको जीवनको कल्पना मिथिलामा गरिन्छ । वसन्त आगमनसँगै सङ्गीत र नृत्यमय जीवनको आकाङ्क्षा बोक्ने मिथिलाका यी सांस्कृतिक लोक परम्परा अब भने हराउँदै गएको प्रति प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको  चिन्ता छ ।

“मिथिलामा ऋतु, महिना, पक्ष, साता र बारैपिच्छे मनाइने विशिष्ट सांस्कृतिक पर्व परम्परा छन्”, उनी भन्छन्, “तर अब यी पुराना परम्परा मेटिँदैछन् ।” 

पछिल्लो नेपाली पुस्ताको विदेश मोहले मौलिक संस्कृति सङ्कटमा पर्न थालेको र विदेशी संस्कृतिको प्रभाव भित्रिने क्रम बढेको डा विमलको भनाइ छ । 

“अहिलेको किशोर पुस्तालाई हाम्रा परम्परा र संस्कृतिबारे चासो जगाउन सकिएन भने हाम्रा मौलिक कुरा सबै सकिन धेरै समय लाग्दैन । नयाँ पुस्ताले यसबारे रुचि बढाउन र सरोकार भएकाले त्यसमा सहजीकण गर्न आवश्यक छ”, उनको सुझाव छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केन्द्रीय बैङ्कले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय ब...

होटलमा लगेर मुख्यमन्त्रीको शपथ गराएपछि सोनलको टिप्पणी- प्रदेशको अस्मिता समाप्त पारियो

काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...

२० लाखसम्म बिनाधितो उद्यम कर्जा : कसले र कसरी पाउन सक्छ ?

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत्‌ यसै साता आह्वान गर...

भक्तपुरमा केन्द्रीय गोदाम घर तयार

काठमाडौ‌ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बने...

एमालेको ‘घर फर्क’ अभियान- रामकुमारी झाँक्रीदेखि, किसान श्रेष्ठसम्मलाई ओलीले आज स्वागत गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी छोडी विभिन्न दलमा गएका पुराना नेताहरूलाई पुनः स्वागत गर्ने भएको छ।  आज राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गर्...

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन तयार, अशोक राई पनि सकारात्मक

काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्...

नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबन्डा

६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने

७ दलको आग्रहलाई लत्याउँदै एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्ति गरेर प्रदेश प्रमुख आइन् काठमाडौं

काठमाडौं । ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्।  मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ...

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै हुन्छ तेस्रो मुलुक निर्यात

मधेसमा कांग्रेसले पनि छाड्यो एमालेको साथ, नयाँ सरकार गठनका लागि आह्वान गर्न ७ दलको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending