काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताएको छन ।
बुधबार नेपाल विद्यार्थी संघ (नेविसंघ) पाटन संयुक्त क्याम्पस इकाइले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव भएको भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए।
उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सिमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनोटमा धेरै विकल्प रहेको पनि बताए ।
‘‘अहिले शिक्षाको गुणस्तरलाई लिएर प्रश्न गरिन्छ । अहिले तपाईहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन् । पहिले त त्यति थिएन ।,’’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले आफ्नो बेलामा राम्रो विद्यार्थी विज्ञान, त्यसपछि कमर्श र आर्टसको विकल्प नभएको स्मरण गर्दै भने, ‘‘अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेको छ ।’’
उनले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय रोजेर पढ्न सक्ने अवस्था बनेको बताउँदै प्राप्त अवसरको देशभित्रै बसेर सदुपयोग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए।
त्यस्तै उनले आफ्नो अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमन पनि जोड दिए । नभएका कुरामा गुनासो मात्र गर्ने भन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा उनको भनाइ थियो । किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उनले आफ्नो भविष्य निर्माणका लागि प्राप्त कुराहरूको अधिकतम सदुपयोग गर्नेतरणफ पनि सोच्न सुझाव दिए।
‘‘भइरहेको कुरालाई त्यति महत्त्व नदिने तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन । मेरो भनाइ के हो भने करियर बनाउने तपाईहरूको जुन लक्ष्य छ । त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएको छ । यसलाई अधिकतम सदुपयोग गरेर मेहन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुहोस् ।,’’ उनले भने।
पाटन संयुक्त क्याम्पसमा नेविसंघको पहलमा बनेको पुस्तकालय उपप्रधानमन्त्री सिंहले हस्तान्तरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: