Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पोर्चुगलमा पनि जनयुद्ध दिवस मनाइने

खबरडबली संवाददाता

लिस्बन । जनयुद्धको २९औं वार्षिकोत्सवको अवसरमा पाेर्चुगलकाे लिस्बनमा एक विशेष कार्यक्रम गरिने भएकाे छ । बिहीबार रेस्टुरेन्ट एभरेस्ट नेपाल, रुआ अलभाराे काेटिन्हाे टुबी, ११५०-०२५ लिस्बनमा एक समाराेहका बीच त्यहाँ रहेका नेपालीकाे एक समूहले जनयुद्ध दिवस मनाइन लागेकाे हाे ।

नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन माओवादीले सुरु गरेकाे सशस्त्र युद्धले राजनीतिक रुपान्तरणमा भूमिका खेलेकाे विश्लेषण गरिन्छ भने आलाेचकहरुले त्याे अर्थहीन रहेकाे दाबी गर्छन् ।

१० वर्षसम्म चलेको यस युद्धले हजारौं वीर सहिदहरूको बलिदानमा समाजवादको बाटो निर्माण गर्न महत्वपूर्ण प्रभाव पार्यो । यस आन्दोलनको उपलब्धि संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, तथा श्रमिक वर्गको सशक्त प्रतिनिधित्वका रूपमा देखिएको छ । यद्यपि, पछिल्ला वर्षहरूमा केही नेताहरू सत्ताको मोहमा परिसकेको आरोप लाग्दै आएको छ ।

कार्यक्रम संयोजक सीता ढकाल सुवेदीका अनुसार, पोर्चुगलमा रहेका माओवादी विचारधारा बोकेका क्रान्तिकारीहरू, सामाजिक रूपान्तरणका पक्षधरहरू, तथा नेपाली समुदायका सचेत व्यक्तिहरूले यो दिवसलाई महत्वका साथ मनाउने तयारी गरेका छन् ।

विशेष गरी प्रवासमा रहेका नेपालीहरूका लागि यो कार्यक्रम नेपाली राजनीतिक आन्दोलनप्रति सचेत रहने, जनयुद्धको मूल्य र बलिदानलाई सम्झने, र भावी योजनाहरू बारे छलफल गर्ने अवसर हुनेछ । प्रवासी भूमिमा बस्दै गर्दा पनि वर्गीय हित र श्रमिक अधिकारको संरक्षणमा नेपाली समुदायलाई संगठित गराउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम मूल समारोह समितिका निर्देशक अर्जुन घिमिरेका अनुसार, यस अवसरमा जनयुद्धको आदर्श, उपलब्धिहरू, वर्तमान परिस्थितिका चुनौतीहरू, र भविष्यमा माओवादी आन्दोलनले लिनुपर्ने बाटोबारे विस्तृत छलफल गरिनेछ ।

माओवादी आन्दोलनलाई सही मार्गमा अगाडि बढाउने, विभाजन अन्त्य गरी एकीकृत संगठन निर्माण गर्ने, र प्रवासी भूमिमा पनि विचारधारात्मक सशक्तीकरण गर्ने रणनीतिहरूमा गहन बहस हुने अपेक्षा गरिएको छ । कार्यक्रमको समापन “लाल सलाम!” का नारासहित जनक्रान्तिको विजय यात्रालाई निरन्तरता दिने प्रतिबद्धतासहित गरिने आयोजकहरूले जनाएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending