Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जनताको काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान कमाउँछन् वार्षिक १५ लाख

खबरडबली संवाददाता

माेरङ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्।

बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ।

जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन्। हाल सो केन्द्रबाट दैनिक २५० किलो च्याउ उत्पादन हुँदै आएको छ। उनका अनुसार कृषिलाई केवल व्यवसाय मात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरको रूपमा अघि बढाउनु आवश्यक छ। २० लाख लागतमा सन्चालनमा ल्याईएको सो च्याउ फर्ममा  कन्ये, मिल्की र डल्ले उत्पादन हुन्छ । बजार स्थानिय ठाउँ नै हो । ब्यापारमा समस्या छैन । माग धान्न हम्मे हुन्छ, नरबहादुरलाई । 

उनका अनुसार वार्षिक १५ लाख आम्दानी हुन्छ। 

वडाध्यक्ष मोक्तानले कालोपत्रे सडक, पूर्वाधार निर्माण, र कृषिमा लगानी जस्ता कार्यलाई विशेष प्राथमिकता दिएका छन्। फरक राजनीतिक विचार राख्नेहरू समेत उनको कार्यशैली र इमानदारिताको प्रशंसा गर्छन्। स्थानीयहरू भन्छन् – ‘उहाँ पदमा नहुँदा पनि पहुँच राख्ने व्यक्ति हुनुहुन्थ्यो, अहिले त जनप्रतिनिधि भएपछि झन् धेरैको सेवा गर्न सक्नु भएको छ।’

बहुदल आएपछि  २०४९ साल मा उनले गाबिस उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि २०५४ सालमा गाबिस अध्यक्षमा उठे तर दुबैमा पराजित भए। विदेशी भूमिबाट फर्किएपछि उनले पुनः कृषिमा सक्रियता देखाए। पछि स्वतन्त्र रूपमा उर्लाबारी–९ को वडा अध्यक्षमा उम्मेदवारी दिए, तर झिनो मतले पराजित भए। त्यसपछि नेपाली कांग्रेसबाट पुनः उम्मेदवारी दिएर प्यानलसहित विजयी भए।

‘म जनताको सेवा गर्न आएको हुँ। मेरो व्यक्तिगत खर्च कृषिबाटै चल्छ,’ मोक्तान भन्छन्। उनका छोराछोरी अध्ययन गरेर योग्य स्थानमा पुगेका छन्। म विशुद्ध समाजसेवाका लागि राजनीतिमा आएको हुँ, उनी भन्छन्।

उनी भन्छन्, ‘जितेर गएर पछि म केवल जनप्रतिनिधि होइन, साझा प्रतिनिधि बनेको छु। कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ। विकास र उत्पादनलाई सँगै अगाडि बढाउन सके मात्र देशले समृद्धि पाउनेछ,’ उनी भन्छन्।

मोक्तानले तीन वर्ष बहराइन, त्यसपछि ६ वर्ष कोरिया, ६ महिना मलेसिया, १ वर्ष थाइल्यान्ड र ६ महिना ताइवान बसेर विभिन्न अनुभव संकलन गरे। तर, गाउँको विकास मोह कहिल्यै हराएन। स्वदेश फर्किएपछि उनले कृषिमा लगानी गरे र जनताको सेवामा निरन्तर लागिरहे।

उनको योजनामा उर्लाबारी–९ लाई कृषि, पर्यटन, र पूर्वाधारको हब बनाउने लक्ष्य छ। उनी भन्छन्, कृषिलाई प्रविधिसँग जोड्न सकेमा मात्र युवा विदेशिनु पर्दैन। म यही उदाहरण दिन चाहन्छु।

उनको योगदानले उर्लाबारी–९ मात्र होइन, सिंगो उर्लाबारी क्षेत्र नै आत्मनिर्भर हुन सक्ने सम्भावना देखिएको छ। ‘विकास भनेको गफ होइन, काम हो। म काम देखाउन चाहन्छु,’ मोक्तानको प्रतिबद्धता छ।

नरबहादुर मोक्तान एक त्यस्ता जनप्रतिनिधि हुन्, जसले सधैं जनताको सेवामा आफूलाई समर्पित गरेका छन्। कृषि र विकासमा उनको लगानीले उर्लाबारी–९ मात्र नभई अन्य वडाहरूका लागि पनि उदाहरणीय कार्यहरू प्रस्तुत गरेको छ। उनको नेतृत्वमा उर्लाबारी–९ थप समृद्ध हुने विश्वास स्थानीय बासिन्दाले गरेका छन्।

हाम्रो वडाध्यक्ष मोक्तानले देखाएको बाटोमा अन्य जनप्रतिनिधिहरूले पनि हिड्नुपर्छ – स्थानीय अमृत थक्लुङको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending