Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

जनताको काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान कमाउँछन् वार्षिक १५ लाख

खबरडबली संवाददाता

माेरङ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्।

बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ।

जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट कृषि उत्पादन केन्द्र मार्फत उनले १४ जनालाई रोजगारी दिएका छन्। हाल सो केन्द्रबाट दैनिक २५० किलो च्याउ उत्पादन हुँदै आएको छ। उनका अनुसार कृषिलाई केवल व्यवसाय मात्र नभई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरको रूपमा अघि बढाउनु आवश्यक छ। २० लाख लागतमा सन्चालनमा ल्याईएको सो च्याउ फर्ममा  कन्ये, मिल्की र डल्ले उत्पादन हुन्छ । बजार स्थानिय ठाउँ नै हो । ब्यापारमा समस्या छैन । माग धान्न हम्मे हुन्छ, नरबहादुरलाई । 

उनका अनुसार वार्षिक १५ लाख आम्दानी हुन्छ। 

वडाध्यक्ष मोक्तानले कालोपत्रे सडक, पूर्वाधार निर्माण, र कृषिमा लगानी जस्ता कार्यलाई विशेष प्राथमिकता दिएका छन्। फरक राजनीतिक विचार राख्नेहरू समेत उनको कार्यशैली र इमानदारिताको प्रशंसा गर्छन्। स्थानीयहरू भन्छन् – ‘उहाँ पदमा नहुँदा पनि पहुँच राख्ने व्यक्ति हुनुहुन्थ्यो, अहिले त जनप्रतिनिधि भएपछि झन् धेरैको सेवा गर्न सक्नु भएको छ।’

बहुदल आएपछि  २०४९ साल मा उनले गाबिस उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि २०५४ सालमा गाबिस अध्यक्षमा उठे तर दुबैमा पराजित भए। विदेशी भूमिबाट फर्किएपछि उनले पुनः कृषिमा सक्रियता देखाए। पछि स्वतन्त्र रूपमा उर्लाबारी–९ को वडा अध्यक्षमा उम्मेदवारी दिए, तर झिनो मतले पराजित भए। त्यसपछि नेपाली कांग्रेसबाट पुनः उम्मेदवारी दिएर प्यानलसहित विजयी भए।

‘म जनताको सेवा गर्न आएको हुँ। मेरो व्यक्तिगत खर्च कृषिबाटै चल्छ,’ मोक्तान भन्छन्। उनका छोराछोरी अध्ययन गरेर योग्य स्थानमा पुगेका छन्। म विशुद्ध समाजसेवाका लागि राजनीतिमा आएको हुँ, उनी भन्छन्।

उनी भन्छन्, ‘जितेर गएर पछि म केवल जनप्रतिनिधि होइन, साझा प्रतिनिधि बनेको छु। कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै आत्मनिर्भर बनाउनुपर्ने उनको धारणा छ। विकास र उत्पादनलाई सँगै अगाडि बढाउन सके मात्र देशले समृद्धि पाउनेछ,’ उनी भन्छन्।

मोक्तानले तीन वर्ष बहराइन, त्यसपछि ६ वर्ष कोरिया, ६ महिना मलेसिया, १ वर्ष थाइल्यान्ड र ६ महिना ताइवान बसेर विभिन्न अनुभव संकलन गरे। तर, गाउँको विकास मोह कहिल्यै हराएन। स्वदेश फर्किएपछि उनले कृषिमा लगानी गरे र जनताको सेवामा निरन्तर लागिरहे।

उनको योजनामा उर्लाबारी–९ लाई कृषि, पर्यटन, र पूर्वाधारको हब बनाउने लक्ष्य छ। उनी भन्छन्, कृषिलाई प्रविधिसँग जोड्न सकेमा मात्र युवा विदेशिनु पर्दैन। म यही उदाहरण दिन चाहन्छु।

उनको योगदानले उर्लाबारी–९ मात्र होइन, सिंगो उर्लाबारी क्षेत्र नै आत्मनिर्भर हुन सक्ने सम्भावना देखिएको छ। ‘विकास भनेको गफ होइन, काम हो। म काम देखाउन चाहन्छु,’ मोक्तानको प्रतिबद्धता छ।

नरबहादुर मोक्तान एक त्यस्ता जनप्रतिनिधि हुन्, जसले सधैं जनताको सेवामा आफूलाई समर्पित गरेका छन्। कृषि र विकासमा उनको लगानीले उर्लाबारी–९ मात्र नभई अन्य वडाहरूका लागि पनि उदाहरणीय कार्यहरू प्रस्तुत गरेको छ। उनको नेतृत्वमा उर्लाबारी–९ थप समृद्ध हुने विश्वास स्थानीय बासिन्दाले गरेका छन्।

हाम्रो वडाध्यक्ष मोक्तानले देखाएको बाटोमा अन्य जनप्रतिनिधिहरूले पनि हिड्नुपर्छ – स्थानीय अमृत थक्लुङको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending