Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट

फाइल फोटो
खबरडबली संवाददाता

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा सोमबार विभिन्न प्रतियोगिताअन्तर्गत जुडो र भारात्तोलनका खेलाडी छनोट गरिएका छन् । जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भएका हुन् ।

जुडोमा पुरुषतर्फ ६० किलोमा कैलालीका चन्द्रबहादुर बोहोरा, ६६ किलोमा कैलालीका चेतेन्द्र बम, ७३ किलोमा कैलालीका हरि गोविन्द जोशी, ८१ किलोमा कैलालीका योगेन्द्र विष्ट, ९० किलोमा कञ्चनपुरका सुरेश गिरी, एक सय किलोमा कैलालीका रमेश चन्द र एक सयभन्दा बढी किलोमा कैलालीका चन्द्रप्रसाद चौधरी छनोट भएका परिषद्ले जनाएको छ ।

महिलातर्फ ४८ किलोमा कैलालीकी मीना सिंह, ५२ किलोमा कैलालीकी देवकी थापा, ५७ किलोमा कञ्चनपुरकी रञ्जना चौधरी र ७८ किलोमाथि कञ्चनपुरकी नेहा नेपाली छनोट भएका छन् ।

त्यस्तै भारात्तोलनतर्फ पुरुषमा ५५ किलोमा सिद्धार्थ चौधरी, ६१ किलोमा कञ्चनपुरका दिनेश घटाल, ६७ किलोमा कैलालीका सुदीप चौधरी, ७३ किलोमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ किलोमा कैलालीका नरेश चौधरी, ८९ किलोमा कञ्चनपुरका आरयन भण्डारी, ९६ किलोमा कञ्चनपुरकै प्रदीप भण्डारी, एक सय दुई किलोमा कञ्चनपुरका विजय जोशी, एक सय नौ किलोमाथि कञ्चनपुरका सुभास उपाध्याय रहेका छन् ।

महिलातर्फ ४५ किलोमा कैलालीकी सविना चौधरी, ५५ किलोमा कैलालीकी सुनिता चौधरी, ६४ किलोमा कैलालीकी अङ्किता चौधरी, ७६ किलोमा कञ्चनपुरकी चम्पा ठकुल्ला, ८१ किलोमा कैलालीकी सानम चौधरी १० औँ राष्ट्रियका लागि छनोट भएकी छिन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् भने चार सय ५० जना निर्णायक पनि सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले १०औँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो । छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुनेछन् ।

कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरु भइरहेका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल भइरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ रहेका सिंहले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending