कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा सोमबार विभिन्न प्रतियोगिताअन्तर्गत जुडो र भारात्तोलनका खेलाडी छनोट गरिएका छन् । जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भएका हुन् ।
जुडोमा पुरुषतर्फ ६० किलोमा कैलालीका चन्द्रबहादुर बोहोरा, ६६ किलोमा कैलालीका चेतेन्द्र बम, ७३ किलोमा कैलालीका हरि गोविन्द जोशी, ८१ किलोमा कैलालीका योगेन्द्र विष्ट, ९० किलोमा कञ्चनपुरका सुरेश गिरी, एक सय किलोमा कैलालीका रमेश चन्द र एक सयभन्दा बढी किलोमा कैलालीका चन्द्रप्रसाद चौधरी छनोट भएका परिषद्ले जनाएको छ ।
महिलातर्फ ४८ किलोमा कैलालीकी मीना सिंह, ५२ किलोमा कैलालीकी देवकी थापा, ५७ किलोमा कञ्चनपुरकी रञ्जना चौधरी र ७८ किलोमाथि कञ्चनपुरकी नेहा नेपाली छनोट भएका छन् ।
त्यस्तै भारात्तोलनतर्फ पुरुषमा ५५ किलोमा सिद्धार्थ चौधरी, ६१ किलोमा कञ्चनपुरका दिनेश घटाल, ६७ किलोमा कैलालीका सुदीप चौधरी, ७३ किलोमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ किलोमा कैलालीका नरेश चौधरी, ८९ किलोमा कञ्चनपुरका आरयन भण्डारी, ९६ किलोमा कञ्चनपुरकै प्रदीप भण्डारी, एक सय दुई किलोमा कञ्चनपुरका विजय जोशी, एक सय नौ किलोमाथि कञ्चनपुरका सुभास उपाध्याय रहेका छन् ।
महिलातर्फ ४५ किलोमा कैलालीकी सविना चौधरी, ५५ किलोमा कैलालीकी सुनिता चौधरी, ६४ किलोमा कैलालीकी अङ्किता चौधरी, ७६ किलोमा कञ्चनपुरकी चम्पा ठकुल्ला, ८१ किलोमा कैलालीकी सानम चौधरी १० औँ राष्ट्रियका लागि छनोट भएकी छिन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् भने चार सय ५० जना निर्णायक पनि सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले १०औँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिनुभयो । छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुनेछन् ।
कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरु भइरहेका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्तीलगायत खेल भइरहेका छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ रहेका सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: