Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ । विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुनु विकासका दृष्टिले सबैभन्दा बढी ताप्लेजुङवासीलाई फाइदा हुनेभन्दै नगरपालिकाले अवरोध नगर्न आग्रह गरेको हो ।

सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजगरी केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै पक्षलाई आग्रह गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्थाको केन्द्र पवित्रस्थल भए पनि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउनुपर्ने धारणा राखे। 

नगर प्रमुख मादेनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताउँदै केबलकार निर्माणमा सहयोग गर्न नो केबलकार पक्षधरलाई आग्रह गरे। उनले आउने पुस्ताको भविश्य सम्झेरै भए पनि विकास र विकसित प्रविधिको सदुपयोग साथै कार्यान्वयनमा अभिभावक वा अहिलेको पुस्ताले विशेष ध्यान दिनुपर्ने बताए। 

केबलकारको विषयलाई लिएर सामाजिक सद्भाव भड्किँदै गएको र आपसी भातृत्व, भाइचारा, मित्रवत् सम्बन्धसमेत बिग्रिरहेको अवस्थामा पहिचानवादी नो केबलकार पक्ष र राज्य दुवै गम्भीर हुन पनि नगर प्रमुख मादेनले आग्रह गरे। आपसी द्वन्द्व निम्त्याएर कसैलाई फाइदा नहुने उल्लेख गर्दै उहाँले पाथीभराको महिमामाथि राजनीति गर्न नहुने बताए। पाथीभरा सबैको साझा धार्मिकस्थल भएको यसको महत्व, गरिमा र महिमालाई बचाउँदै केबलकार निर्णाण गनुपर्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी नगरपालिकाका वडाध्यक्षहरु, ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनुपर्नेमा जोड दिएका थिए । केबलकारको विषयमा बढ्दै गएको द्वन्द्वले जिल्लाको व्यवसाय, पर्यटन क्षेत्र लगायतमा प्रत्यक्ष असर परिरहेकाले आपसी सहमतिका साथ केबलकार निर्माण गर्नुपर्ने उनीहरुको धारणा रहेको छ ।

यता केबलकार परियोजनाको प्रस्ताव आएदेखि नै विरोध गरिरहेको नो केबलकार पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले धार्मिक मुन्धुमी आस्थामाथि अतिक्रमण भएकोभन्दै परियोजनाको विरोध गरिरहेको छ । विरोधका क्रममा केबलकार पक्ष र विपक्षबिच ढुङ्गा हानाहान, नो केबलकार पक्ष र प्रहरीबिच झडप, बन्द, हड्तालजस्ता गतिविधि भइरहेका छन् ।

यसैक्रममा पछिल्लो पटक गत माघ १२ गते केबलकारको पूर्वाधार निर्माणको काम सुरु भएपछि प्रहरी र नो केबलकार पक्षबिच झपड नै भएको छ । झडपका क्रममा गोली चल्दा विरोध समूहका केही घाइते भएका छन् भने उनीहरुले प्रहार गरेको ढुङ्गामुढाले प्रहरीतर्फ पनि केही घाइते भएका थिए । यही घटनाका विषयलाई लिएर नो केबलकार पक्षले पूर्वमा यातायात बन्द आह्वान गरेका थिए । बन्दपछि सरकारले वार्ता समिति बनाई दुई पक्षबिच वार्ता भएर यातायात खुले पनि केबलकारका विषयमा सहमति हुन सकेको छैन ।

आइतबार मात्रै सरकार र नो केबलकार पक्षबिच भएको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ । सरकार पक्षले सोमबार पुनः वार्तामा बसी सहमति खोज्ने जनाएको छ भने नो केबलकार पक्षले वार्तामार्फत निस्कर्ष निस्किने सम्भावना न्युन रहेकोभन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेगरी सोमबार नै दिउँसो २ बजे काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । पाथीभरामा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending