नेपालगन्ज । बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय युवा सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा रमाइलो चलिरहेको अवस्थामा मदिरा पिएका युवाहरूबिच ग्याङ फाइट भएको थियो । दुलही भित्राएपछि नाचगान चलिरहेको समयमा एक्कासि दुलाहा भिनाजु नाता पर्ने रामबहादुर रानाको समूह र छिमेकी युवक दिनेश रोकायाको समूहबिच विवाद बढ्दै जाँदा बेस्सरी कुटपिट भएको थियो । दुई पक्षीय कुटपिटका क्रममा रानाको खुकुरी प्रहारबाट दिनेश गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुषप्रसाद जोशीका अनुसार २५ वर्षीय दिनेश रोकायको भारतको लखनउमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । घाइते अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको उनले बताए।
डिएसपी जोशीका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा दुलाहाको भिनाजु सोही गाउँपालिका–२ बस्ने ३५ वर्षीय रामबहादुर राना सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ २ की ३० वर्षीया मनीषा राना, बैजनाट ६ का १८ वर्षिय भिजन नेपाली, जाजरकोट शिवालय ७ घर भई बैजनाथमा पाहुना आएका २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका ६ घर भई पाहुना आएकी २७ वर्षीय अमृता डाँगी र बैजनाथ ८ का १८ वर्षीय सुजन बुढा रहेका छन् ।
दुई समूहको लडाइँपछि त्यहाँ भागदौड मच्चिएको थियो । दिउँसोदेखि नै मदिरा खाइरहेका दुई समूहबिच विवाद बढेपछि मारकाटको रूप लिएको स्थानीयले बताएका छन् ।
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी जोशीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: