मनाङमा विद्यार्थी सङ्ख्या घट्दै, विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी
माघ २७ गते, २०८१ आइतवार 9th February, 2025 Sun१०:४७:४२ मा प्रकाशित
खबरडबली संवाददाता
मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको फु आवासीय विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ । त्यसै गरी १ देखि कक्षा ५ सम्मको सञ्चालन अनुमति पाएको विद्यालयमा इसिडीमा एक र प्राविमा एक गरी दुई शिक्षकको दरबन्दी रहेको छ । सोही पालिकाको नारमा रहेको कक्षा १–८ सञ्चालन अनुमति पाएको नार आवासीय विद्यालयमा दुई छात्रा र चार छात्र गरी जम्मा छ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यहाँ शिक्षक दरबन्दी तीन रहेको छ । यस हिसाबले भन्ने हो भने तीन जना शिक्षकले छ जना विद्यार्थी पढाउँछन् । यस गाउँपालिकामा जम्मा विद्यालय सङ्ख्या दुई रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङको शिक्षक विद्यार्थी वितरण २०८१ मा उल्लेख छ ।
त्यसै गरी मनाङ ङिस्याङ गाउँपालिकामा नौ वटा विद्यालय छन् । नौ वटा विद्यालयका लागि शिक्षक दरबन्दी ४५ रहेको छ । यस पालिकामा रहेको एउटै मात्र अन्नपूर्ण माविमा ६५ जना विद्यार्थी अध्ययन गर्छन् भने १७ शिक्षकको दरबन्दी रहेको छ । दरबन्दीमध्ये एक जना प्रावि शिक्षक काजमा गएका छन् ।
कक्षा १–५ अनुमति पाएको भ्राका आवासीय विद्यालय भ्राकामा जम्मा विद्यार्थी आठ जना रहेका छन् । शिक्षक दरबन्दी चार छ भने एक दरबन्दी रिक्त नै छ । कक्षा १–५ अनुमति पाएको घ्यारु आवि घ्यारुमा जम्मा विद्यार्थी सङ्ख्या पाँच रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ । त्यसै गरी कक्षा १–८ अनुमति पाएको हुम्डे आवि हुम्डेमा जम्मा विद्यार्थी सङ्ख्या तीन रहेको छ भने शिक्षक दरबन्दी पनि तीन नै रहेको छ । यस हिसाबले हेर्दा यहाँ एक शिक्षक बराबर एक विद्यार्थी देखिन्छ ।
मनाङ ङिस्याङकै कक्षा १–५ अनुमति पाएको लालीगुराँस आवि तलेखुमा १८ जना विद्यार्थी रहेका छन् भने शिक्षक दरबन्दी पाँच रहेको छ । कक्षा १–८ अनुमति पाएको ङावल आवि ङावलमा जम्मा विद्यार्थी सङ्ख्या पाँच र शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको पिसाङ आवि पिसाङमा जम्मा विद्यार्थी सङ्ख्या आठ छ भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको टङ्की आवि मनाङमा जम्मा विद्यार्थी सङ्ख्या दुई छ भने शिक्षकको दरबन्दी पनि दुई नै रहेको छ । यसरी हेर्दा एक विद्यार्थी बराबर एक शिक्षक देखिन्छ । त्यसै गरी मनाङ ङिस्याङकै कक्षा १–८ अनुमति पाएको तिलिचो आवि खाङसारमा जम्मा विद्यार्थी सङ्ख्या सात रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ ।
त्यसै गरी चामे गाउँपालिकामा जम्मा चार विद्यालय छन् । तीमध्ये एउटा मात्रै मावि छ । हाल लोकप्रिय मावि चामेमा कक्षा १२ सम्म सञ्चालन छ । जम्मा विद्यार्थी सङ्ख्या १३८ रहेका छन् । कक्षा १–५ अनुमति पाएको विश्वशान्ति आवि कोतोमा चार विद्यार्थी सङ्ख्या र तीन जना शिक्षक भए पनि शिक्षक लोकप्रिय माविमा काजमा गएका छन् । कक्षा १–५ अनुमति पाएको दिनदयाल आवि थान्चोकमा एक जना मात्रै विद्यार्थी रहेका छन् । त्यहाँ शिक्षक दरबन्दी पाँच रहेको छ । यस हिसाबले हेर्ने हो भने एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ ।
चामेकै कक्षा १–८ सञ्चालन अनुमति पाएको गौरीशङ्कर आवि तिमाङमा ८२ जना विद्यार्थीलाई सात जना शिक्षकले अध्यापन गराइरहेका छन् । नासोँ गाउँपालिकामा जम्मा ११ वटा विद्यालय छन् । तीमध्ये अमर आवि घेराङमा तीन जना शिक्षक दरबन्दी रहेको छ भने विद्यार्थी सङ्ख्या जम्मा एक रहेको छ । एक जना शिक्षक धारापानीमा काजमा गएको तथ्याङ्कले देखाउँछ । त्यसै गरी भानु मावि तालमा जम्मा विद्यार्थी सङ्ख्या सात हुँदा शिक्षक दरबन्दी १२ रहेकोमा तीन जना शिक्षक प्रकाशज्योति माविमा काजमा गएको देखिन्छ । धरापानी आवि धारापानीमा एक विद्यार्थी एक शिक्षक रहेका छन् ।
त्यसै गरी नासोँकै मस्र्याङ्दी आवि खोत्रोमा विद्यार्थी सङ्ख्या दुई हुँदा शिक्षक सङ्ख्या पाँच रहेको छ भने एक शिक्षक काजमा छन् । पशुपति आवि बगरछापमा जम्मा विद्यार्थी चार जना हुँदा सात शिक्षकले अध्यापन गराएको देखिन्छ । यस विद्यालयबाट पनि एक शिक्षक काजमा गएका छन् । त्यसै गरी सरस्वती आवि ओढारगाउँमा जम्मा विद्यार्थी सङ्ख्या दुई देखाइएको छ जसमा शिक्षकको सङ्ख्या भने छ रहेको छ । यस विद्यालयबाट तीन जना शिक्षक अन्य विद्यालयमा काजमा गएको देखिन्छ । यस पालिकाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाशज्योति मावि हो । यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । जम्मा विद्यार्थी सङ्ख्या १४० रहेको यस विद्यालयमा शिक्षक दरबन्दी १४ देखाइएको छ । अन्य विद्यालयबाट १८ जना शिक्षक यस विद्यालयमा काजमा आएको तथ्याङ्कले देखाएको छ ।
यस हिसाबले हेर्दा मनाङमा विद्यार्थी कम हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले बताए । उनका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । उनले भने, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना, दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । यति गर्दा पनि विद्यार्थी घट्ने क्रममा छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...
प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...
ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...
विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...
हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
प्रतिकृया लेख्नुहोस्: