Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै, विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी

खबरडबली संवाददाता
मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ ।
 
मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको फु आवासीय विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको छ । त्यसै गरी १ देखि कक्षा ५ सम्मको सञ्चालन अनुमति पाएको विद्यालयमा इसिडीमा एक र प्राविमा एक गरी दुई शिक्षकको दरबन्दी रहेको छ । सोही पालिकाको नारमा रहेको कक्षा १–८ सञ्चालन अनुमति पाएको नार आवासीय विद्यालयमा दुई छात्रा र चार छात्र गरी जम्मा छ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यहाँ शिक्षक दरबन्दी तीन रहेको छ । यस हिसाबले भन्ने हो भने तीन जना शिक्षकले छ जना विद्यार्थी पढाउँछन् । यस गाउँपालिकामा जम्मा विद्यालय सङ्ख्या दुई रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङको शिक्षक विद्यार्थी वितरण २०८१ मा उल्लेख छ ।
 
त्यसै गरी मनाङ ङिस्याङ गाउँपालिकामा नौ वटा विद्यालय छन् । नौ वटा विद्यालयका लागि शिक्षक दरबन्दी ४५ रहेको छ । यस पालिकामा रहेको एउटै मात्र अन्नपूर्ण माविमा ६५ जना विद्यार्थी अध्ययन गर्छन् भने १७ शिक्षकको दरबन्दी रहेको छ । दरबन्दीमध्ये एक जना प्रावि शिक्षक काजमा गएका छन् । 
 
कक्षा १–५ अनुमति पाएको भ्राका आवासीय विद्यालय भ्राकामा जम्मा विद्यार्थी आठ जना रहेका छन् । शिक्षक दरबन्दी चार छ भने एक दरबन्दी रिक्त नै छ । कक्षा १–५ अनुमति पाएको घ्यारु आवि घ्यारुमा जम्मा विद्यार्थी सङ्ख्या पाँच रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ । त्यसै गरी कक्षा १–८ अनुमति पाएको हुम्डे आवि हुम्डेमा जम्मा विद्यार्थी सङ्ख्या तीन रहेको छ भने शिक्षक दरबन्दी पनि तीन नै रहेको छ । यस हिसाबले हेर्दा यहाँ एक शिक्षक बराबर एक विद्यार्थी देखिन्छ ।
 
मनाङ ङिस्याङकै कक्षा १–५ अनुमति पाएको लालीगुराँस आवि तलेखुमा १८ जना विद्यार्थी रहेका छन् भने शिक्षक दरबन्दी पाँच रहेको छ । कक्षा १–८ अनुमति पाएको ङावल आवि ङावलमा जम्मा विद्यार्थी सङ्ख्या पाँच र शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको पिसाङ आवि पिसाङमा जम्मा विद्यार्थी सङ्ख्या आठ छ भने शिक्षकको दरबन्दी चार रहेको छ । कक्षा १–५ अनुमति पाएको टङ्की आवि मनाङमा जम्मा विद्यार्थी सङ्ख्या दुई छ भने शिक्षकको दरबन्दी पनि दुई नै रहेको छ । यसरी हेर्दा एक विद्यार्थी बराबर एक शिक्षक देखिन्छ । त्यसै गरी मनाङ ङिस्याङकै कक्षा १–८ अनुमति पाएको तिलिचो आवि खाङसारमा जम्मा विद्यार्थी सङ्ख्या सात रहेको छ भने शिक्षक दरबन्दी तीन रहेको छ ।
 
त्यसै गरी चामे गाउँपालिकामा जम्मा चार विद्यालय छन् । तीमध्ये एउटा मात्रै मावि छ । हाल लोकप्रिय मावि चामेमा कक्षा १२ सम्म सञ्चालन छ । जम्मा विद्यार्थी सङ्ख्या १३८ रहेका छन् । कक्षा १–५ अनुमति पाएको विश्वशान्ति आवि कोतोमा चार विद्यार्थी सङ्ख्या र तीन जना शिक्षक भए पनि शिक्षक लोकप्रिय माविमा काजमा गएका छन् । कक्षा १–५ अनुमति पाएको दिनदयाल आवि थान्चोकमा एक जना मात्रै विद्यार्थी रहेका छन् । त्यहाँ शिक्षक दरबन्दी पाँच रहेको छ । यस हिसाबले हेर्ने हो भने एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक रहेको देखिन्छ । 
 
चामेकै कक्षा १–८ सञ्चालन अनुमति पाएको गौरीशङ्कर आवि तिमाङमा ८२ जना विद्यार्थीलाई सात जना शिक्षकले अध्यापन गराइरहेका छन् । नासोँ गाउँपालिकामा जम्मा ११ वटा विद्यालय छन् । तीमध्ये अमर आवि घेराङमा तीन जना शिक्षक दरबन्दी रहेको छ भने विद्यार्थी सङ्ख्या जम्मा एक रहेको छ । एक जना शिक्षक धारापानीमा काजमा गएको तथ्याङ्कले देखाउँछ । त्यसै गरी भानु मावि तालमा जम्मा विद्यार्थी सङ्ख्या सात हुँदा शिक्षक दरबन्दी १२ रहेकोमा तीन जना शिक्षक प्रकाशज्योति माविमा काजमा गएको देखिन्छ । धरापानी आवि धारापानीमा एक विद्यार्थी एक शिक्षक रहेका छन् ।
 
त्यसै गरी नासोँकै मस्र्याङ्दी आवि खोत्रोमा विद्यार्थी सङ्ख्या दुई हुँदा शिक्षक सङ्ख्या पाँच रहेको छ भने एक शिक्षक काजमा छन् । पशुपति आवि बगरछापमा जम्मा विद्यार्थी चार जना हुँदा सात शिक्षकले अध्यापन गराएको देखिन्छ । यस विद्यालयबाट पनि एक शिक्षक काजमा गएका छन् । त्यसै गरी सरस्वती आवि ओढारगाउँमा जम्मा विद्यार्थी सङ्ख्या दुई देखाइएको छ जसमा शिक्षकको सङ्ख्या भने छ रहेको छ । यस विद्यालयबाट तीन जना शिक्षक अन्य विद्यालयमा काजमा गएको देखिन्छ । यस पालिकाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय प्रकाशज्योति मावि हो । यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । जम्मा विद्यार्थी सङ्ख्या १४० रहेको यस विद्यालयमा शिक्षक दरबन्दी १४ देखाइएको छ । अन्य विद्यालयबाट १८ जना शिक्षक यस विद्यालयमा काजमा आएको तथ्याङ्कले देखाएको छ । 
 
यस हिसाबले हेर्दा मनाङमा विद्यार्थी कम हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाले बताए । उनका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । उनले भने, “शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना, दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । यति गर्दा पनि विद्यार्थी घट्ने क्रममा छन् ।” 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...

२१ फागुनको निर्वाचनमा पनि अन्तर क्षेत्र मतदान गर्न नपाउने

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...

धरौटीमा थुनामुक्त गर्न माग गर्दै टोपबहादुर दिए उच्च अदालतमा निवेदन

काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...

निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...

विशेष महाधिवेशनका लागि प्रतिनिधि भेला हुने छ स्थान तोकियो

काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...

रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन

वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...

रवि र कुलमानबिच 'वान–टु–वान’वार्ता: के संघीयता, धर्मनिरपेक्षता र समावेशितामा सहमति नजुटेको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसा...

युवा मन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले शुक्रबार जानकारी दिँदै मन्त्री गु...

परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प: सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहर...

विशेष महाधिवेशनअघि महामन्त्री शर्मा, भण्डारी र सुनील शर्मा भृकुटीमण्डपमा

काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा। चन्द्र भण्डारी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending