रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरु बाट खटिगएको गस्ती टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथी निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो।
गत साउन देखी यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्। पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको थियो।
तथा केही लागुऔषध जाँचबुझको लागी औषधि ब्यवस्था बिभाग बिरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १९:५४
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...
पौष ११ गते, २०८२ - १९:५३
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा पाँच जनालाई नियुक्त गरेका छन्। मन्त्री गुप्ताले ...
पौष ११ गते, २०८२ - १९:४९
काठमाडौं । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ११ किलो गाँजासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी ना...
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...




प्रतिकृया लेख्नुहोस्: