रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरु बाट खटिगएको गस्ती टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथी निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो।
गत साउन देखी यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्। पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको थियो।
तथा केही लागुऔषध जाँचबुझको लागी औषधि ब्यवस्था बिभाग बिरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...
चैत्र २५ गते, २०८२ - ११:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...
चैत्र २५ गते, २०८२ - ११:४०
काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...
चैत्र २५ गते, २०८२ - ११:३५
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त...
चैत्र २५ गते, २०८२ - ११:०५
कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति ...


प्रतिकृया लेख्नुहोस्: