काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ।
त्यस्तै कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
अध्यादेश निर्णयार्थ पेश गरिने भन्ने बुँदा भने कार्यसूचीमा राखिएको छैन। प्रतिनिधि सभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भएपनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक रहन्छ।
अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालले निर्णय नगरेकाले बिहीबारको बैठकका लागि तय भएको कार्यसूची कानुनमन्त्री अजयकुमार चौरसियाको अनुरोधमा हटाइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - ०९:३०
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बानेश्वरस्थित एक होटेलमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोलिसम्म चल्नेछ। बैठ...
चैत्र ८ गते, २०८१ - ०९:२२
सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ
चैत्र ८ गते, २०८१ - ०८:३८
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले "देशमा अहिले पनि लोडशेडिङ कायम रहेको" बताएपछि नेपालका घरेलु उपभोक्ताले पनि पुन: विद्युत् कटौती अवस्था सामना गर्नु...
चैत्र ८ गते, २०८१ - ०८:२६
गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबा...
चैत्र ८ गते, २०८१ - ०८:१७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...
चैत्र ८ गते, २०८१ - ०७:३२
काठमाडौं । सांसदहरूले संख्या पुर्याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वत...
चैत्र ८ गते, २०८१ - ०७:२२
हेटौँडा । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक...
चैत्र ८ गते, २०८१ - ०७:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक...
चैत्र ८ गते, २०८१ - ०७:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...
चैत्र ८ गते, २०८१ - ०७:०९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगाय...
प्रतिकृया लेख्नुहोस्: