Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रचण्डको प्रश्नः संविधान संशोधनको फिल्म किन बन्द भयो?

खबरडबली संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले संविधान संशोधनको विषय सत्तापक्ष चुपचाप रहेको भन्दै प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट आफ्नो धारणा राख्दै प्रचण्डले पहिले संशोधनको कुरा धेरै चल्ने गरेको तर अहिले रोकिएको भन्दै प्रश्न उठाए ।

‘पहिले त संविधान संशोधनको गाना बजाना सुनिन्थ्यो । के के संशोधन हुने हो? कसरी संशोधन हुने हो ? कहाँ संशोधन हुने हो, पूरा व्याख्या विश्लेषण हुँदै थियो । तर अहिले लोडसेडिङ लाग्या हो कि संविधान संशोधनमा ? के भएर हो अहिले यो संविधान संशोधनको फिल्म धेरै चल्या छैन,’ प्रचण्डले भने ।

त्यस्तै उनले यसअघि प्रधानमन्त्रीले संविधान संशोधन ०८७ मा मात्रै हुने भन्ने गरेको विषयमा टिप्पणी गरे । उनले मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आफू त्यस विषयमा बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरे ।

आजको बैठकमा बोल्दै उनले सरकारमाथि कटाक्ष गरेका छन् । साथै उनले सरकारले रास्वपा सभापतिमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साँधेको भन्दै कटाक्ष गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...

विराटनगर विमानस्थलमा एकाविहानै ५५ जना सवार विमान दुर्घटना भएपछि...

विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...

एनटीसीमा अब डाटा प्याकेज सकिएपछि पनि काटिने छैन पैसा, कसरी लिने सुविधा ?

काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...

भैँसीपालनमा जुट्दै भोजपुरको लुङ्गिनका किसान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...

गुल्मीमा बाबुछोरी ६ दिनदेखि सम्पर्कविहीन

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छ : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...

ओली–लेखक प्रकरणमा सरकारी वकिलसँग लिखित राय माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...

योजना आयोगको उपाध्यक्षमा भट्ट

काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...

सिंहदरबार प्रवेशका नयाँ व्यवस्थाप्रति सुहाङ नेम्बाङको आपत्ति

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त...

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending