काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले बैठक काँग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको बताए ।
राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।
विचाराधीन रहेको विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण सांसदहरूलाई निर्देशन गरेको छ ।
उनले भने ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको महत्वपूर्ण एजेण्डा हुन् । नेपाली काँग्रेस संसदीय दलको यो बैठक काँग्रेसका सम्पूर्ण मान्य सदस्यहरू, संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी छन् । संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । संसदमा विचाराधीन रहेको विधेयकहरू आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण मान्य सदस्यहरूलाई यो बैठक निर्देशन गर्दछ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १२, भूमिसम्बन्धी ३, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६, निजीकरण ऐन, २०५० र सहकारी ऐन, २०७४ समेत गरी २९ वटा विद्यमान ऐनमा केही समसामयिक विषयमा सम्बोधन गर्न कार्यविधिगत स्पष्टता गर्न केही प्रावधान संशोधन गरी नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेशहरूलाई यो बैठक समर्थन गर्दछ ।
आज अध्यादेशहरू सबै पेस हुन्छ र यसमा ५१ वटा अस्वीकारका सूचना परेका छन् । यो सबैमाथि छलफल हुन्छ । अस्वीकारका सूचना अस्वीकार गरिनेछ । अध्यादेश पास हुनेछ । प्रतिनिधि सभामा केही समस्या छैन, राष्ट्रिय सभामा समस्या हो, त्यो मिलिसक्यो, जसपा, नेपालले समर्थन गर्दछ । प्रधानमन्त्रीलाई हिजो पनि भोट हालेको हो । उहाँहरूबाट पूर्ण रुपमा सहयोग हुनेछ । उहाँहरू समर्थन गर्ने कुरामा उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
अध्यादेश संसदबाट पारित गर्नका लागि प्रतिनिधि सभामा सहज भएपनि राष्ट्रिय सभामा केही सदस्यको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताए । उनले जसपा, नेपालले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १३:०८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्र...
चैत्र २५ गते, २०८२ - १२:४५
विराटनगर । विराटनगर विमानस्थलमा बुधबार बिहान ५५ जना सवार रहेको विमान दुर्घटनाग्रस्त भएको परिकल्पनासहित पूर्णस्तरीय उद्धार अभ्यास गरिएको छ। नागरिक उ...
चैत्र २५ गते, २०८२ - १२:३०
काठमाडौं । लामो समयदेखि उपभोक्ताहरुले झेल्दै आएको डाटा सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटिलो समस्यालाई समाधान भएको छ । सञ्चार तथा सूचना प्रविधि म...
चैत्र २५ गते, २०८२ - १२:१५
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत ख...
चैत्र २५ गते, २०८२ - १२:०५
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३५ वर्षीय झम्मन गिरी आफ्नी तीन वर्षीया छोरीसहित ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। गत शुक्रबारदेखि उनीह...
चैत्र २५ गते, २०८२ - ११:५०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र ...
चैत्र २५ गते, २०८२ - ११:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित ज्यान मुद्दाको अनुसन्धानमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्याल...
चैत्र २५ गते, २०८२ - ११:४०
काठमाडौं । सरकारले डा. गुणाकर भट्ट लाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उक्त जिम्मेवारी...
चैत्र २५ गते, २०८२ - ११:३५
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले सिंहदरबार प्रवेशसम्बन्धी नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त...
चैत्र २५ गते, २०८२ - ११:०५
कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति ...


प्रतिकृया लेख्नुहोस्: