सुलीकोट । गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चुडाँमणि काप्रीको भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नबिन गिरीले जानकारी दिए।
आइतबार घरबाट वृद्धभत्ता बुझन निस्किएका काप्री घर नफिकएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेको उहाँले बताउनुभयो ।
भिमसेन थापा गाउँपालिकाको मुख्य बजार घ्याम्पेशाल रहेको बैंकमा वृद्धाभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर २ को बगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाले जनाएको छ ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । वृद्धा भत्ता बुझेर घर नफर्किएपछि आफन्तले सोहि दिनदेखि प्रहरी र स्थानियको सहयोगमा खोजतलास गर्दा समेत भेटिएको थिएन ।
स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा आज ७ बजे शव फेला परेको हो । शव फेला पारेपछि घटनास्थलमा प्रहरी टोलीले शवको मुचुल्का बनाएर अन्त्यष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १२:५५
काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...
आषाढ़ २० गते, २०८३ - १२:२९
रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...
आषाढ़ २० गते, २०८३ - १२:१७
लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...
आषाढ़ २० गते, २०८३ - १२:०२
प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...
आषाढ़ २० गते, २०८३ - ११:३०
ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...
आषाढ़ २० गते, २०८३ - ११:१९
विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...
आषाढ़ २० गते, २०८३ - ११:०५
हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...



प्रतिकृया लेख्नुहोस्: