Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

नेपालको लगातार पाँचौँ हार, नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भयो ।

यसअघि नै उपाधि दौडबाट बाहिरिएको नेपालले हरेक खेलमा राम्रो प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन । जितसँगै नेदरल्यान्ड्स उपाधि होडमा उभिएको छ । 

जितका लागि एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा बिनाविकेटको क्षतिमा एक सय ५१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि स्ट्रि कलिसले अविजित अर्धशतकीय इनिङ्स खेलिन ।

सतक पुर्‍याउन दुई रन बाँकी राखेकी उनले ६९ बलमा ११ चौका दुई छक्काको सहयोगमा ९८ रन बनाइन । फेवे मोन्केल्बोरले अविजित ४८ रन बनाइन। 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले अर्धशतक बनाइन। ५१ बलको सामना गर्नुभएकी महतोले पाँच चौकाको मद्दतमा ६२ रन बनाएको हो ।

यस्तै कप्तान इन्दु बर्माले ३७ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ३९ रन बनाइन भने रुबिना क्षत्रीले भने १७ बलमा २० रन बनाइन। बलिङतर्फ नेदरल्यान्डसका लागि आइरिस जुइलिङले दुई विकेट हात पार्नुभयो भने क्यारोलिन डे लेङ र हेदर सिजर्सले एकएक विकेट हात परिन। 

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित सिरिजमा सबै टोलीले एक आपसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अहिले चार खेल जितेर  आठ अङ्क बनाएको थाइल्यान्ड शीर्षस्थानमा छ ।

६अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । अङ्कको खाता खोल्न नसकेको नेपालको उपाधि दौड यसअघि नै सकिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायाधीश र सैनिक अधिकारीबाहेक अरूको सम्पत्ति छानबिन नरोकिएको आयोगको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति छानबिन आयोगले बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीबाहेक अन्य व्यक्तिको सम्पत्ति छानबिन प्रक्रिया नरोकिए...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाली र भारतीय नागरिक पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलाको चरित्रहत्या, अश्लील सामग्री सार्वजनिक तथा मानसिक तनाव दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक ...

सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएको छन् । प्रध...

कालिकोटमा घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु

कालिकोट । कालिकोटमा पिठो पिस्न घट्ट गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर ...

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...

सिंहदरबार प्रवेश गर्न नदिएपछि गेटमै धर्ना बसेका निहारिका र बिनु को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...

बजेट विवाद मिलाउन मुख्यमन्त्रीको सक्रियता

धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् ।  सत...

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending