Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

मुलुकलाई निकास दिन कांग्रेस एमालेको सरकार : अध्यक्ष गुरुङ

खबरडबली संवाददाता

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा सङ्कट पर्दा नेपाली कांग्रेस र एमाले मिलेर निकास दिने गरेको बताएको छन ।

मङ्गलबार नेपाली कांग्रेस पर्वत क्षेत्र नं। २ ले पैंयू गाउँपालिकाको हुवास, हातेमालो चोकमा आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले मुलुकमा सङ्कट परेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए। उनले विगतको इतिहास हेर्ने हो भने कांग्रेस र एमाले मिलेर निकास दिएको प्रशस्त उदाहरण रहेको बताए।

अध्यक्ष गुरुङले भने, ‘‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । मुलुकमा सङ्कट छ । जबजब मुलुकमा सङ्कट हुन्छ, कांग्रेस र एमाले पार्टी मिलेको हुन्छ ।’’

‘‘चाहे २०४६ सालको आन्दोलन होस्, २०४७ सालको संविधान होस्, २०६२/६३ सालको आन्दोलन होस्, २०७० सालमा बनेको संविधान होस् ,’’ उनले भने, ‘‘मुलुकमा अहिलेको सङ्कटलाई निकास दिनका लागि कांग्रेस र एमालेको सरकार बनेको हो ।’’

तरुण दलका अध्यक्ष गुरुङले जनताको दुःख र सुखमा नेपाली कांग्रेस रहेको बताउनुहुँदै कांग्रेसले मात्रै जनताको दुःखमा साथ दिन सक्छ धारणा व्यक्त गरे।  साथै उनले नेपालमा ठुलो आर्थिक सङ्कट रहेको बताएको छन ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोविन्द शाह, तरुण दलका केन्द्रीय सदस्य मुना भुसाल, क्षेत्रीय सभापति प्रवीण गुरुङ, प्रतिनिधि सभाका सांसद कुशुम थापा, कांग्रेस गण्डकी प्रदेशका सदस्यद्वय रामकृष्ण मल्ल र रेखा पुन लगायतको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री...

जीर्ण प्रहरी भवन निर्माण सरकारको प्राथमिकतामा - गृहमन्त्री गुरुङ

रानी। गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छन् । नेप...

संविधान र संघीयतामाथिको हमला स्वीकार्य हुँदैन - महामन्त्री पौडेल

लहान। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारबाट संविधान र संघीयतामाथि हुने कुनै पनि हमला स्वीकार्य नहुने बताएको छन् । नेपाली कां...

केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी

प्युठान । अर्घाखाँचीको दुर्वाङबाट २०७५ सालमा ३० वटा केराका बिरुवा ल्याएर सुरु गरिएको खेती अहिले १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्युठानको ऐरावती गाउँ...

मधेशमा १४.७३ प्रतिशत धान रोपाइँ सम्पन्न

ढल्केबर। मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश ...

सरकारप्रति बढ्दो जनविश्वास - जनअपेक्षा अनुरूप काम हुन थालेको आभास

विराटनगर। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने श...

दुई दिने बिदामा मानसरोवर–कैलाश दर्शन गर्न जाने पर्यटक बढे

हुम्ला। सरकारले दिएको दुई दिने सार्वजनिक बिदाका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको क्षेत्र लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न जाने...

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending