काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २५ प्रतिशत शेयर सर्वसाधारणमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई प्रभावकारी बनाउन सरकारको शेयर घटाई जनतामा ल्याउन लागेको बताएका हुन् ।
मन्त्री गुरुङले यो वर्षभित्रै कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिने योजना रहेको सुनाए। “पब्लिकको भयो भने जनताले आफ्नो महसुस गर्छन्, काम गरेन भने जनताले निगरानी गर्छन्,” उनले भने, “कम्पनी जवाफदेही हुनुपर्छ, त्यसैले स्वामित्व पब्लिकमा लैजानुपर्छ ।”
हाल नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत र सर्वसाधारणको ८ प्रतिशत शेयर छ । नेपाल टेलिकमले आफ्नो सेवाको क्षेत्र विस्तार गर्नुपर्ने, बजारमा आएको नयाँ क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने र कार्य क्षमता बढाउनुपर्नेमा मन्त्री गुरुङले जोड दिए । “एआई, फाइभजीमा हामी पछाडि परिसक्यौं,” उनले भने, “दूरसञ्चार क्षेत्रमा कुनै समय सबैभन्दा अगाडि भएको देश हामीलाई दक्षिण एसिया क्षेत्रको सबैभन्दा कान्छो देश भुटानले पछि पारिसक्यो ।”
मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास आजको आवश्यकता भएको औंल्याए । “पूर्वाधार नभए सेवा विस्तार गर्न सकिँदैन,” उनले भने, “फोरजी गाउँ–गाउँमा पुर्याउनु पर्यो, सके घर–घरमा पुर्याउनु पर्यो ।”
टेलिकमको सेवा नपुगेका ठाउँमा टावर स्थापना गर्नुपर्ने र सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । “टावर बिग्रियो भने टेलिकम बनाउनै आउँदैन भन्ने जनताको गुनासो छ, त्यसलाई समाधान गर्नु पर्यो,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: