Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो

खबरडबली संवाददाता

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सीलाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो ।

परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायिकीरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

“घरेलु मदिरा उत्पादनका लागि नगरभित्रका सहकारी, होमस्टे सञ्चालन गरिरहेका समूह, दर्ता भएका आमा समूह, महिला समूह वा अन्य समूहलाई मात्रै अनुमति प्रदान गरिएको छ, स्थानीय कच्चा पदार्थ कोदो प्रयोग गरेर उत्पादन गरिने घरेलु मदिरा स्वास्थ्यका लागिसमेत कम हानिकारक छ”, उनले भनिन्, “गुणस्तरयुक्त रक्सी उत्पादन, ब्रान्डिङ तथा बिक्री–वितरणका लागि नगरपालिकाले घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको हो, घरेलु मदिरा प्रवर्द्धन कार्यक्रमले नगरवासी महिलाको आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।”

मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा रु १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रुपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ । त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले बनाएको कार्यविधिमा उत्पादकहरुले होमस्टेमा मात्रै आफूले उत्पादन गरेका मदिरा बेच्न पाउनेछन् । उत्पादित मदिरा होमस्टेबाट मात्रै बिक्री–वितरणको व्यवस्था हुने नगरपालिकाले जनाएको छ । होमस्टेबाट किनेर कोसेली वा बिहे, पास्नीजस्ता सांस्कृतिक कार्यमा प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा उल्लेख भएअनुसार एक व्यक्तिलाई मात्र मदिरा उत्पादन गर्ने इजाजत दिइने छैन ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाका जनजाति महिलाले परापूर्वकालदेखि घरेलु मदिरा उत्पादन गरेर घर खर्च जुटाउने गरेका छन् । नगरको घरेलु मदिरा उत्पादन तथा उपयोगसम्बन्धी कार्यक्रमले घरेलु मदिरा उत्पादन गर्दै जीविका चलाइरहेका महिला बढी लाभान्वित हुने देखिएको नगर प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणमा कानुनी झन्झट खेप्दै आएका जनजाति महिला नगरपालिकाले कार्यविधि नै पारित गरेर औद्योगिकीकरणको काम थालेपछि हर्षित भएका छन् । जिल्लाका अन्य स्थानीय तहका जनजाति महिलाले घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण गरिरहेका छन् । उनीहरुका लागि अहिलेसम्म अन्य स्थानीय तहले कार्यविधि निर्माण तथा प्रवद्र्धनको काम थालेका छैनन् ।

माझ किरात भनेर चिनिने खोटाङमा सांस्कृतिक कार्य ९कुलपितृ, विवाह, मृत्यु, छेवर, पास्नी गुन्यूचोली आदि० मा समेत कोदोको रक्सी प्रयोग गर्ने गरिएको छ । स्थानीय कच्चापदार्थ कोदोबाट उत्पादन गरिने मदिरालाई प्रवद्र्धन गर्न सकेमा जिल्लाको आर्थिक आयस्तर वृद्धिमा समेत सघाउ पुग्ने आकलन गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वार्षिक रु ६१ करोडभन्दा बढीको आयातित मदिरा खपत हुँदै आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यले जानकारी दिए । आयातित मदिरासँगै अन्य पेयपदार्थसमेत सोही अनुपातमा खपत हुँदै आएको छ ।

पछिल्लो समय आयातित पेयपदार्थ प्रयोगमा न्यूनीकरण गर्न जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने स्थानीयले स्वतःस्फूर्तरुपमा प्रतिबन्ध लगाउने कार्य सुरु गरेका छन् । जिल्लाका कतिपय ठाउँका स्थानीयले आयातित पेयपदार्थ सेवन गरेको पाएमा जरिवाना गर्ने निर्णय गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयातित पेयपदार्थ प्रतिबन्ध लगाउने निर्णय पहिलोपटक उल्लङ्घन गर्नेलाई रु पाँच हजार, दोस्रो पटक गर्नेलाई रु सात हजार र तेस्रो पटक पनि उल्लङ्घन गर्नेलाई रु १० हजारसम्म जरिवाना गर्ने गरिएको छ । आयातित पेयपदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै फजुल खर्च भएको भन्दै स्थानीयले प्रतिबन्ध लगाउन थालेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending