बागलुङ । फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको साढे ६ वर्षको अवधिमा २२ वटा सुत्केरी प्रतिक्षाघर निर्माणमा साझेदारी र पाँच स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सञ्चालन लगायतका कामहरु भएका छन् ।
परियोजनामार्फत जिल्लाका ६९ वटा बर्थिङ सेन्टरका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर आमा र शिशुको स्वास्थ्यमा काम गरिएको फेयरमेड फाउण्डेसनका टिम लिडर राजेन्द्र रुचालले जानकारी दिए। यो समयमा गर्भवतीले नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुने तथा बालबालिकालाई समयमा खोप लगाउने सम्मका काम भएको रुचालको भनाइ थियो ।
परियोजनामार्फत आमा समूहको बैठक बसेर ग्रामीण क्षेत्रमा कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने अभियान सञ्चालन गरिएको थियो । भिडियो एक्सरे, एसबिए, सिल्ट स्पियर तालिममार्फत कुष्ठरोगको पहिचान, अपाङ्गता भएकाहरुलाई स्यानिटरी प्याड, च्याउ र तरकारी खेती तथा मुडा बनाउने तालिम दिइएको कार्यक्रम व्यवस्थापक गणेश बरुवालले बताए । यो अवधिमा सङ्क्रामक रोगको रोकथाम, कुष्ठरोगको स्क्रिनिङ तालिम र स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
बरुवालका अनुसार, प्रतिक्षाघरबाट गत आर्थिक वर्षमा दुई सय आठ र चालु वर्ष चार सय छ जना गर्भवतीले लाभान्वित भएका छन् । प्रतिक्षाघरले ग्रामीण क्षेत्रका आमा र शिशुको स्वास्थ्य रक्षामा प्रभावकारी भूमिका खेलेको बरुवालले बताए।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा ल्याब बनेपछि सन् २०२३ मा एक हजार दुई सय छ र २०२४ मा तीन हजार छ सय १४ जनाले सेवा पाएका थिए । त्यस बाहेक चार सय जनाले भिडियो एक्सरे सेवा पाएको, चार हजार छ सय जनाले गाउँघर क्लिनिकबाट सेवा पाएको, एक सय ३३ बालबालिकाले बेबी वार्मरमार्फत तातो बनाउने सेवा पाएका छन् ।
सन् २०१८ मा पश्चिम बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनबाट सुरु भएको परियोजना कार्यक्षेत्र विस्तार गर्दै जिल्लाको दश वटै स्थानीय तहमा सञ्चालित थियो । भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङको सहकार्यमा सञ्चालित परियोजना सन् २०२४ को डिसेम्बरमा समाप्त भए पनि ‘सम्बोधन’मार्फत आगामी तीन वर्ष बागलुङमा काम गरिने फेयरमेड फाउण्डेसनका टिम लिडर रुचालले जानकारी दिए।
परियोजनामार्फत हाल भएका कामको संस्थागत विकास र परियोजनामा भेटिएका समस्या सम्बोधनमा ध्यान दिन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको सुझाव छ । राज्यका संयन्त्रले नदेखेका समस्या खोजेर उपचारको दायरामा ल्याउने र आमा तथा शिशुको ज्यान बचाउने काम महत्त्वपूर्ण भएको थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १७:२१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्दै अगाडि बढ्ने प्रक्रिया जारी रहेको बताएक...
पौष २४ गते, २०८२ - १६:५१
काठमाडौँ। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि जिम्मेवार रहेको बताएको छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्...
पौष २४ गते, २०८२ - १६:४२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । ...
पौष २४ गते, २०८२ - १६:३७
नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...
पौष २४ गते, २०८२ - १६:२७
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...
पौष २४ गते, २०८२ - १६:०७
पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ
पौष २४ गते, २०८२ - १५:४१
काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...
पौष २४ गते, २०८२ - १५:३०
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुने ...
पौष २४ गते, २०८२ - १५:१७
ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...
पौष २४ गते, २०८२ - १४:५३
ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...




प्रतिकृया लेख्नुहोस्: