सुलीकोट । गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
उनका अनुसार आइतबार बिहान ८ बजेको समयमा गोरखापट्टि त्रिशूली नदीको किनारमा ढुङ्गाको बिच भागमा अड्किएको अवस्थामा नाम, थर, वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको उनले बताए।
त्रिशूली नदीको किनारमा स्थानियले देखेपछि जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर भएको थियो । प्रहरी उपरीक्षक सुवेदीले भने, “खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान प्रहरी टोली र विपद् व्यवस्थापन टोली कुरिनटारको सहयोगमा मृतक शवको उद्धार गरिएको थियो ।’’
शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको बताइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - १७:१८
काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...
पौष २३ गते, २०८२ - १७:००
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...
पौष २३ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...
पौष २३ गते, २०८२ - १६:२८
लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...
पौष २३ गते, २०८२ - १६:००
हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...
पौष २३ गते, २०८२ - १५:५१
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...
पौष २३ गते, २०८२ - १५:४२
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...
पौष २३ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...
पौष २३ गते, २०८२ - १५:०६
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...
पौष २३ गते, २०८२ - १४:५६
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...




प्रतिकृया लेख्नुहोस्: