Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

हिउँदमा नेपालका हिमाल किन हिउँरहित देखिँदैछन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा हिउँदे वर्षा कमजोर भएसँगै हिउँदको अवधिमा हिमालहरूमा हिउँ कम देखिएको र कतिपय हिमालहरू कालापत्थरमा परिणत भएका जानकारहरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मङ्गलवार १५ माघसम्मको आँकडा अनुसार नेपालमा गत डिसेम्बरदेखि ज्यानुअरी ३१ सम्म आइपुग्दा जम्मा ५.५० मिलिमिटर वर्षा भएको छ जुन हिउँद महिनाको तीन महिनाको अवधिमा हुने औसत वर्षाको ९.२ प्रतिशत मात्र हो।

यो वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा भएको थियो भने मनसुनपछिको अवधिमा गएको सालभन्दा केही कम पानी परेको थियो। मौसमविद्हरूले आफूहरूले यो सालको हिउँदको समयमा सरदरभन्दा कम वर्षा हुने औँल्याएको र अहिलेसम्मको आँकडा हेर्दा त्यही क्रम देखिएको बताइरहेका छन्।

हिउँदे वर्षा कम हुँदा त्यसले हिमालमा हिउँ कम देखिनुबाहेक नदीमा पानीको स्तर घट्ने र हिउँदे बालीहरूमा पनि असर गर्ने अधिकारीहरू बताउँछन्।

अधिकारीहरू के भन्छन्?

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्याल यस पटक हिउँद याममा भित्रिएको पश्चिमी न्यून चापीय प्रणाली बाग्मती प्रदेशभन्दा पूर्व नगएको बताउँछन्।

उनले भने, "समग्रमा भन्नुपर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा र लुम्बिनी प्रदेशमा केही प्रणालीले हल्का वर्षा गराएको देखिन्छ। उच्च पहाडी भूभागमा हल्कादेखि मध्यमसम्म हिमपात गराएको देखिन्छ।"

नेपालमा हिउँद याममा औसतमा झन्डै ६० मिलिमिटर वर्षा हुने बताइन्छ। तर पछिल्ला केही वर्षमा औसतभन्दा कम वर्षा भएका र देशका कैयौँ भूभागमा चरम सुक्खा महसुस गरिएका विवरणहरू आएका थिए। वर्षा नहुँदा त्यसको सोझो असर हिमालहरूमा पनि देखिने वरिष्ठ मौसमविद् अर्याल बताउँछन्।

उनले भने, "उच्च पहाडी र हिमाली भूभागमा बदली भएन भने हिमपात नै हुँदैन। वायुमण्डलमा पानीको मात्रा हुन कतैबाट आर्द्रता बोकेर बादल आइदियो भने त्यहाँ हिमपात हुने हो। त्यस्तो प्रणाली नै नआइसकेपछि हाम्रो हिमालहरूको पत्थर देखिन थाले भनेजस्तै गरी कालो पत्थर पनि देखिन्छ।"

विज्ञहरूले यसलाई कसरी हेरिरहेका छन्?

पछिल्ला केही वर्षमा बझाङको सैपाल हिमालदेखि पछिल्लो समयमा पोखरा नजिकैको माछापुच्छ्रे हिमाल 'कालो पत्थर' मा परिणत भएको भन्दै सामाजिक सञ्जालहरूमा तस्बिरहरू साझा गरिएका छन्।

हिमालमा त्यसरी हिउँ कम हुनुमा मौसमी चक्रमा देखिएको परिवर्तन जिम्मेवार रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका एशोसिएट प्राध्यापक मदन सिग्देल बताउँछन्।

उनले भने, "विगतमा पानी पर्ने तीन चारवटा शृङ्खलाहरू सक्रिय हुन्थे। तर अहिले पश्चिम नेपालमा मात्रै थोरै पानी परेको अवस्था छ। भूमध्यसागरबाट जलवाष्पयुक्त हावा पाकिस्तानहुँदै नेपाल भित्र्याउने वेस्टर्न डिस्टर्बेन्स, पश्चिमी वायु प्रणाली नै कमजोर अवस्थामा पुगेको छ। तीन चार वर्षमा हेर्दा मध्यमभन्दा बढी वर्षा हिउँदमा भएकै छैन।"

उनले यसपालि पनि वर्षभरिमा पर्ने पानीको ३ देखि ४ प्रतिशत वर्षा हिउँद याममा पर्ने सम्भावना आफूले नदेखेको उल्लेख गरे। उनी थप्छन्, "अर्को हप्ताबाट आउने मौसम प्रणालीले केही हिउँ त थप गर्न सक्ला। तर समग्रमा त्यो परिमाणमा पानी पर्ने सम्भावना हामी देख्दैनौँ।"

यो हप्ताको सुरुसम्म हिउँदे पानी नपर्दा माछापुच्छ्रे हिमाल 'माया लाग्दो गरी' काला पत्थरमा परिणत भएको भन्दै पोखरेलीहरू चिन्ता व्यक्त गरिरहेका पाइन्छन्।

फ्रान्सको पेरिस विश्व विद्यालयबाट विद्यावारिधि गरेका वरिष्ठ जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ जलवायु परिवर्तनका कारण पनि यो अवस्था आएको ठान्छन्।

उनले भने, "पहिले पहिले मङ्सिर, पुस महिनालाई जाडो महिना भन्थ्यौँ। अहिले जाडो महिना भनेको माघ, फागुन तिर हो कि जस्तो भएको छ। माघ, फागुनमा पनि हिउँ छोटो समय एक दुई दिन पर्ने र बिलाउने अवस्था रहेको देखिन्छ।"

उनले थपे, "तर यति धेरै कम हिउँ हुनु भनेको मुख्य कारण हिउँ पर्ने र पानी पर्ने समयमा पनि त्यस्तो नहुनु नै हो। माछापुच्छ्रे मात्र होइन अन्य हिमालमा पनि यति बेला कम हिउँ देखिएको छ।"

हिमालमा कम हिउँ देखिँदा वरपरको प्राकृतिक सुन्दरतामा मात्रै कमी आउने नभई त्यसले तल बग्ने नदी प्रणालीमा बहने पानीदेखि जनजीविकासम्म असर पुर्‍याउने विज्ञहरू बताउँछन्।

यो पालिको मौसमी अवस्था के छ?

यस वर्ष मनसुनको अवधि औसतभन्दा लामो थियो भने त्यसक्रममा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा भएको अधिकारीहरूले बताएका थिए।

जुनदेखि सेप्टेम्बरमहिनासम्म भएको वर्षाको आँकडा सन् १९८१ यताकै सर्वाधिक रहेको मौसम विभागले जनाएको छ। अघिल्लो वर्षको सेप्टेम्बरमा काठमाण्डू विमानस्थलसहित देशका विभिन्न २६ वटा केन्द्रमा हालसम्मकै सर्वाधिक वर्षाको कीर्तिमान कायम भएको थियो।

तर मनसुनपछिको अवधिमा सन् २०२३ भन्दा कम औसत वर्षा भएको अधिकारीहरूले जनाएका थिए।त्यसपछि मङ्सिर १६ देखि फागुन १६ सम्मको हिउँदको अवधिमा सरदरभन्दा कम वर्षा हुने भविष्यवाणी जल तथा मौसम विभागले सार्वजनिक गरेको थियो।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका एशोसिएट प्राध्यापक मदन सिग्देल अहिले ला-लीनाको चक्र चलिरहेको र त्यो हिउँदसम्म आइपुग्दा कमजोर देखिएको बताउँछन्।

उनले भने, "यसको उच्चतम बिन्दु डिसेम्बरदेखि फेब्रुअरीसम्ममा पुग्ने हुन्छ। तर त्यो नहुँदै समुद्रको तापमान जति माथि आउनुपर्ने हो त्यो तल गइदियो, त्यसले गर्दा वर्षा गराउने प्रणाली नै कमजोर बन्न पुग्यो।"

हिउँदमा वर्षको अरू समयको तुलनामा न्यून वर्षा हुने तथ्य स्थापित भएपनि त्यत्ति पनि वर्षा नहुँदा त्यसको असर ठूलो हुने उनीजस्ता विज्ञहरू ठान्छन्।

सिग्देलले भने, "कृषिकै कुरा गर्दा पनि आलु, रहर, लसुन, टमाटर र पछि आउने गहुँ बालीका लागि हामीलाई पानी चाहिन्छ। हाम्रो कृषि आकाशे पानीमा निर्भर छ। जलविद्युत आयोजनाहरूमा पानीको बहावमा कमी नल्याउन पनि वर्षा चाहिन्छ। हिउँदमा पर्ने पानीले हाम्रा हिमालहरू चम्किला र सेता देखिने भएकाले यसको पर्यटकीय महत्त्व पनि छ।"

हिउँदमा वर्षा नभएसँगै सुक्खा बढेको र त्यसले वन क्षेत्रहरूमा डढेलो निम्त्याएका विवरणहरू पनि आएका छन्।काठमाण्डूस्थित 'इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलप्मन्ट' (इसिमोड) का विज्ञहरूले हिउँको सेतो कम्बलले ढाकिएका हिमालहरू नाङ्गा देखिएका भन्दै अघिल्लो वर्ष चिन्ता व्यक्त गरेका थिए।

इसिमोडमा कार्यरत क्रायोस्फिअर (पृथ्वीमा ठोस स्वरूपमा पानी पाइने ठाउँ) विशेषज्ञ शेर मोहम्मदले जाडो याममा कम हिउँ परेको विषय इङ्गित गर्दै केही समयअघि चेतावनी दिएका थिए। उनका अनुसार जाडो सकिने चरणमा र तापमान बढ्न थालेपछि जतिसुकै हिउँ परे पनि त्यसले अभाव पूर्ति हुन सक्दैन। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending