Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

ओखलढुंगा दुर्घटनाः घटनापछि फरार चालक पण्डित भक्तपुरमा भेटिए, के भने प्रहरीलाई ?

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगामा बुधबार राति तीन जनाको ज्यान जाने गरी भएको टाटासुमो दुर्घटनापछि फरार रहेका चालक भक्तपुरमा फेला परेका छन् । 

सामान्य घाइते अवस्थामा फेला परेका सुनसरीको इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डितको अहिले भक्तपुरस्थित इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुइँटेलका अनुसार, चालक पण्डितले टाटासुमो पल्टिएपछि राति नै आफू अर्को गाडीमा लिफ्ट मागेर उपचारमा आएको बयान दिएका छन् । 

दुर्घटनालगत्तै उनी आफन्तसँग समन्वय गरेर सुरुमा धुलिखेल अस्पताल पुगेका थिए । त्यसपछि मध्यपुरठिमीस्थित भक्तपुर इन्टरनेशनल अस्पताल गएका थिए । 

‘टाटासुमो भिरबाट खसेपछि मलाई होस भएन । मैले सक्दै सकिनँ भन्छन्, उनी आफैँ पनि सामान्य घाइते छन्,’ अर्का प्रहरी निरीक्षक सञ्जु कार्कीले भनिन्, ‘उपचारमा रहेको मान्छेलाई धेरै सोधखोज गर्ने कुरा पनि भएन । उनलाई हामीले निगरानीमा राखेका छौँ । अस्पतालबाट डिस्चार्ज भएपछि कानुनी कारबाही प्रक्रिया र थप अनुसन्धान अघि बढाउँछौँ ।’

बुधबार राति खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौंतर्फ आउँदै गरेको ‘पूर्व खोटाङ यातायात प्रालि’को ना १ ज ६४२१ नम्बरको सुमो शुक्रबार बिहान ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा परेर आम छोरासहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुज् गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङ रहेकी छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की तारा बिरामी भएपछि उपचारको लागि काठमाडौं आउँदै गर्दा सुमो दुर्घटना भएको हो । घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन् । जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौं लैजान भनेपछि उनीहरू राति नै टाटासुमो  रिजर्भ गरेर काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो ।

टाटासुमो भिरबाट झण्डै एक सय मिटर तल खोलाको बगरमा खसेको अवस्थामा फेला परेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलले नेता शर्मा सांसद पदबाट निष्कासन

कर्णाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तत्कालीन माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मालाई सांसद पदबाट निष्कासन गरेको ...

१३ वर्षीया बालिका करणी आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। कीर्तिपुर नगरपालिका–१०, भ...

निर्वाचनमा सक्रिय हुन प्रचण्डको कार्यकर्तालाई निर्देशन

 पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सद...

धनकुटामा निर्वाचन आचारसंहिता सम्बन्धी छलफल

धनकुटा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा सञ्चालन गरिएको छ। नेपाल...

लमजुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भुजुङबाट बेँसी...

मोरङमा अवैध हतियारसहित दुई जना पक्राउ

मोरङ   । निर्वाचन नजिकिँदै गर्दा मोरङमा अवैध हतियारको कारोबार र प्रयोग रोक्न प्रहरीको निगरानी कडा बनाइएको छ। यसक्रममा प्रहरीले अवैध हतियार र सञ्चार उप...

नवलपरासी सुस्तामा नेपालीको लालपुर्जा, भारतीय नागरिकको जोतभोग

पश्चिम नवलपरासी  । सुस्ता क्षेत्रमा सीमास्तम्भ नहुँदा भारतले कुल भुभागको करिब एक तिहाइ भूमि अतिक्रमण गरेको छ भने बाँकी भूमि विवादित भएकाले स्थानीयले ज...

दैलेखमा बँदेल आक्रमणबाट दुईको मृत्यु, ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा माग्दै रिट

दैलेख । जंगली बँदेलको बढ्दो आक्रमण नियन्त्रण गर्न र प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा सार्वजनिक...

एलपीजी अभावको गुनासोपछि टेकुबाटै ग्यास बिक्री सुरु

काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास बिक्री वितरण सुरु गर...

तिलौराकोटमा नेपालकै पहिलो अप्सिडल बौद्ध मन्दिर फेला

कपिलवस्तु । तिलौराकोटमा गरिएको पुरातात्त्विक उत्खननका क्रममा नेपालमै पहिलोपटक अप्सिडल (पछाडिको भाग अर्धवृत्ताकार) शैलीको बौद्ध मन्दिर फेला परेको छ। पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE