Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

राजनीतिक विवादका कारण नारायणी किनारमा ड्याम लगाउने काम रोकियो

खबरडबली संवाददाता

नवलपुर । राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए।

गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् । 

डुवानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले झण्डै १० करोड रुपियाँ लागतमा नदी छिरेको स्थान बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुङ्गा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि काम रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयले कांग्रेस र एमालेका केही नेताहरूको इगोका कारण काम अघि बढ्न नसकेको बताएका छन् । गत वर्षको बाढीले नसोचेको क्षति व्यहोरेको भन्दै यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

गत वर्षको बाढीबाट पीडित डिल्लीराम थनेत यस्ता कुरामा विवाद गर्दा आफूहरूलाई थप चिन्ता थपेको बताउनुभयो । अर्का स्थानीय नारायणप्रसाद थनेतले पनि वर्षा लाग्नु अघि नै ड्याम नबाध्ने हो भने तटीय क्षेत्र डुवानको मारमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  

नारायणी नदी व्यवस्थापन आयोजनाले पनि विवादका कारण हाललाई ड्याम बनाउने काम रोकिएको बताएको छ । आयोजनाका डिभिजन इन्जिनियर प्रकाश लम्सालले विवादका कारण कामलाई निरन्तरता दिन नसकिएको बताउनुभयो । 

निकुञ्जले दिएको म्याद सकिनु तीन दिनअघि स्थानीय केही व्यक्तिले धम्की दिएपछि काम रोकिएको मध्यविन्दु –२ का अध्यक्ष अधिकारीले बताए। चितवन राष्ट्रिय निकुञ्ज अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकारीले स्थलगत अवलोकन गरेर जागिरै खाने गरी धम्की आयो भनेपछि काम रोकेको अध्यक्ष अधिकारीको भनाइ छ । 

‘‘वडा नं २, ६, १२ र १५ का जनता र उर्बरभूमि जोगाउनका लागि ड्याम लगाउन लागिएको हो, तर राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव समेत रहेका स्थानीय श्रीधर शर्मा भट्टराईले एक्कासी अमलटारी पश्चिम सेक्टर र निकुञ्जमा फोन गरी  धम्की दिएकाले काम रोकियो,’’ अध्यक्ष अधिकारीले भने, ‘‘जनताका लागि काम गर्दा अवरोध गर्नु अत्यन्तै निन्दनीय छ ।’’ 

सदस्य सचिव शर्माले भने नारायणी नदी नियन्त्रण गर्ने काममा भएको अवरोधमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छन । वडाध्यक्ष अधिकारीले आफूमाथि लगाएको आरोप भ्रामक भएको उनको दाबी छ ।

चितवन राष्ट्रिय निकुञ्जले ‘चरा तथा गोहीको वासस्थान, विचरण तथा घाम ताप्ने ठाउँमा खलल नपार्ने र तोकिएको क्षेत्रबाहेक अन्यत्र कार्य नगर्ने तथा आवश्यक नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रभन्दा बाहिरबाट ल्याइ प्रयोग गर्ने र सो स्थानबाट नदीजन्य पदार्थ प्रयोग नगरी मङ्सिर २२ देखि माघ १५ भित्र निकुञ्ज कर्मचारी तथा सुरक्षाकर्मीको निगरानी र अनुगमनमा बिग बोल्डरसहित संरक्षण कार्य गर्ने’ भन्दै पत्र लेखेको थियो । 

दुबै पक्षको आपसी सहमतिमा फागुन लागे लगत्तै ड्याम बाध्ने काम हुने निकुञ्जका सूचना अधिकारी थापाले बताए। कानुनी प्रक्रिया नमिलाई काम भएको भन्दै केही व्यक्तिले फोन गेर धम्की दिएको र अख्तियारमा जाने भन्ने कुरा पनि आएको रहेछ, त्यसैले हामीले सबैलाई सहज हुनेगरी जाने भनेर अहिले नारायणी किनारमा बिग बोल्डरको ९ठुला ढुङ्गा बिच्छ्याउने० काम गर्ने तर ग्राभेल नगर्ने भनेका छौं’’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी थापा मगरले भने। 

स्थलगत अनुगमनपछि अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकृत मधु नेपालीले पार्टीगत रूपमा आपसी विवाद देखिएकाले काम हुन नसकेको बताउनुभयो । २०५८ सालमा पनि नारायणी नदी बस्तीमा पस्दा धजाह गाउँ नै बगाएको थियो । त्यतिखेर घरबारविहीन भएका १ सय २ घर परिवार स्थानीय हाल मध्यविन्दु नगरपालिका –६ र ७ का विभिन्न स्थानमा अव्यवस्थित रूपमा बसोबास गर्न बाध्य छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending