Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रधानमन्त्री अमेरिकातिर, नयाँ सरकार तत्काल गठन नहुने

\"Prachanda-Sushil-Koirala-and-kp-oli\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा जान इच्छुक देखिएकाले उनी फर्केपछि मात्र नयाँ सरकार गठन हुने भएको छ ।   आजको कान्तिपुर दैनिकमा खबर छ संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने संविधानमा व्यवस्था छ । यसले गर्दा संसद् स्थगित गरेर गए पनि सात दिनभित्र अर्को अधिवेशन आहवान गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेछ ।   समय कम भएकाले कांग्रेस र एमालेभित्रैको एउटा खेमाले प्रधानमन्त्रीलाई महासभामा जान नहुने सुझाव दिएका छन् । संविधान जारी हुनासाथ कार्यान्वयनमा आउन सक्ने चुनौती र सरकार निर्माणबारे निरन्तर छलफल गर्नुपर्ने भएकाले कोइराला जान नहुने उनीहरूको धारणा छ । तर, प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकारले नयाँ संविधान जारी गरेको सन्देश विश्व समुदायलाई दिन चाहेको भन्दै जाने इच्छा देखाएका छन् ।   कांग्रेसका एक मन्त्रीका अनुसार प्रधानमन्त्री छोटो अवधिका लागि जाने करिब निश्चित छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री कोइरालाको महासभाको भ्रमणबारे छलफल भएको थियो । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको भ्रमणका विपक्षमा नरहेको स्रोतले बतायो । ‘प्रधानमन्त्री तीन दलकै शीर्ष नेतृत्वसँग सल्लाह गरेर जाने कुरा भएको छ,’ ती मन्त्रीले भने, ‘उहाँ फर्केपछि मात्रै सरकार निर्माणको विषय अघि बढ्छ ।’   चालू संसदको अधिवेशन अन्त्य गरेर गए पनि संविधान सुरु भएको ७ दिनभित्र नयाँ अधिवेशन आहवान गर्नैपर्छ । यो प्रावधानअनुसार असोज दोस्रो साताभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ ।‘संविधानमा भएका प्रावधानहरू कार्यान्वयन गर्न कोही पनि चुक्नु हुँदैन, जे व्यवस्था छन् त्यसअनुसार अघि बढ्नुपर्छ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘संविधानका प्रावधानको मर्मसँग हामी सबै परिचित छौं ।’   कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खडकाले संविधान जारी भएपछि सरकार निर्माणलगायत सबै विषयमा छलफल हुने बताए । उनका अनुसार यसअघि संविधान निर्माणमा सहयात्रा गरेका राजनीतिक दलहरूबीच संयुक्त सरकार बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ ।   एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने तीन दलको सहमतिबेगर प्रधानमन्त्री महासभामा जान नहुने बताए । ‘अहिले संसद् बैठक निरन्तर रहन्छ,’ उनले भने, ‘जाने हो भने पनि सहमतिमै जानुपर्छ ।’उनले संविधान जारीपछि त्यसको कार्यान्वयन र नयाँ खालको आन्दोलन उठ्न सक्ने बताउँदै त्यसलाई सामाना गरेर अघि बढ्न प्रमुख दलहरूको संयुक्त सरकार बन्न आवश्यक रहेको बताए ।   ‘भूकम्पपछिको क्षतिको पुनर्निर्माण र संविधानको कार्यान्वयनका लागि पनि संयुक्त राष्ट्रिय सरकार बनाउनुपर्छ भन्नेमा १६ बुँदे सहमतिकै क्रममा समझदारी भएको हो,’ पोखरेलले भने, ‘राज्यसत्ताका प्रमुख पदहरूलाई प्याकेजमै सहमति गरी संयुक्त सरकार बनाउने दिशामा अघि बढ्नु नै हित हुन्छ ।’   प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको भोलिपल्टै राजीनामा दिने वचन यसअघि दिएका थिए । संविधानको संक्रमणकालीन व्यवस्थामा ५ वटा पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख चयनसम्बन्धी व्यवस्था राखिएको छ । यो व्यवस्थाअनुसार सबैभन्दा पहिले प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने हुन्छ ।   सरकारको नेतृत्व कसले लिने भन्नेमा दलहरूबीच औपचारिक सहमति भइसकेको छैन । यसअघि भएको चारदलीय बैठकमा कांग्रेस, एमाले, एमाओवादी र फोरम (लोकतान्त्रिक) प्रधानमन्त्री एमाले, राष्ट्रपति कांग्रेस, सभामुख एमाओवादी र उपराष्ट्रपति र उपसभामुख मधेस केन्द्रित दललाई दिने अनौपचारिक सहमति भएको धारणा नेताहरूले नै खुलासा गरेका थिए ।   दलहरूबीच नयाँ संविधान कार्यान्वयन र पुनर्निर्माणको कामलाई अघि बढाउन संयुक्त सरकार बनाउनुपर्छ भन्ने यसअघिको सहमति अहिलेसम्म भत्केको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending