Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

ट्रम्प प्रशासनद्वारा सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको प्रस्ताव

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मङ्गलबार आठ महिनाको रोजगारी छोड्ने सङ्घीय कर्मचारीलाई बहिर्गमन प्याकेजको व्यवस्था गर्ने अवसर दिएको छ । कर्मचारीलाई पठाएको इमेलमा उक्त प्याकेजको घोषणा गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार एलन मस्कले एक्समा ऐतिहासिक ‘विकल्प’ को रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको बुझिएको छ ।

जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठुलो कदम हो ।

प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट पाँचदेखि १० प्रतिशत सङ्घीय कर्मचारीले राजीनामा दिने अधिकारीहरूले अपेक्षा गरेका छन् । यसबाट करिब एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास उनीहरूको छ ।

एएफपीले कर्मचारीबाट प्राप्त गरेको जानकारी अनुसार इमेलमा कर्मचारीलाई राजीनामाका मङ्गलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म लागू हुनेछ ।

ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै सङ्घीय कामदारहरू पूर्णकालिक रूपमा कार्यालय फर्कन आदेश दिएसँगै यो कदम चालिएको हो ।

यो इमेल सन् २०२२ को अन्त्यमा मस्कले ट्वीटर (हाल एक्स) को पूर्ण स्वामित्व आफ्नो नियन्त्रणमा लिएपछि कर्मचारीलाई पठाइएको यस्तै सन्देशसँग मिल्दोजुल्दो छ । राजीनामा दिन चाहने कर्मचारीसँग इमेलमार्फत् प्रतिक्रिया मागिएको छ ।

सम्झौता गर्न चाहने सङ्घीय कर्मचारीहरूलाई इमेलमा बाहिर नै देखिने गरी ‘राजीनामा’ शब्द लेखिएको जवाफ दिन भनिएको छ ।

ट्रम्प र अन्य रिपब्लिकनलाई चुनाव जिताउन २७ करोड अमेरिकी डलरभन्दा बढी खर्च गरेका मस्कलाई सरकारी कार्यदक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी)को नेतृत्व गर्ने जिम्मेवारीमा नियुक्त गरिएको छ ।

इमेलमा भनिएको छ, “सङ्घीय श्रमशक्तिमा अमेरिकाको सबैभन्दा राम्रो जनशक्ति हुनुपर्छ । हामी हरेक तहमा उत्कृष्टताका लागि जोड दिनेछौं ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending