Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

खबरडबली संवाददाता

मनहरी। सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध ९एचपिभी खोप० लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए। पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाइने उनले बताए।

“सरकारबाट नै पहिलो चरणमा अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौँ”, प्रमुख मिजारले भनेयो, “स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुरुप खोपको मात्रा माग गरेका छौँ, सोही अनुरुप माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गतेसम्ममा खोप अभियान सञ्चालन गर्नेछन् ।”

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालयबाहिरका एक सय पाँच गरी ११ हजार एक सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताए । जिल्लाको इन्द्रसरोवरमा विद्यालयका चार सय ४८ र विद्यालयबाहिरका ३८ गरी चार सय ८६, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ र विद्यालयबाहिरका ६१ गरी एक हजार ७३, थाहा नगरपालिकामा विद्यालयका एक हजार आठ सय १६ र विद्यालयबाहिरका ७३ गरी एक हजार आठ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताए ।

त्यसैगरी, भीमफेदीमा विद्यालयका आठ सय ११ र विद्यालयबाहिरका ३३ गरी आठ सय ४४, मनहरीमा विद्यालयका दुई हजार दुई सय र विद्यालयबाहिरका ६२ गरी दुई हजार दुई सय ६२, राक्सिराङमा विद्यालयका सात सय ७९ र विद्यालयबाहिरका १९ गरी सात सय ९८, कैलाशमा विद्यालयका नौ सय २२ र विद्यालयबाहिरका ७९ गरी एक हजार एक जनालाई खोप लगाइने उनले बताए।

यसैगरी, बागमतीमा विद्यालयका एक हजार तीन सय सात र विद्यालयबाहिरका ३२ गरी एक हजार तीन सय ३९ र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ र विद्यालयबाहिरका एक सय ५२ गरी एक हजार आठ सय ४८ किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताए।

“जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौँ, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौँ”, प्रमुख मिजारले भने, “हामीले सिकोलिन नामक खोप लगाउने हौँ, स्वास्थ्यकर्मीबाट शून्य दशमलव पाँच मिली खोप मासुमा लगाउने हो ।”

यो खोप सरकारले आव २०८२/८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ । सोही अनुरुप आगामी दिनमा १४ वर्षमाथिका उमेर समूहलाई पनि यो खोप आउने उहाँले बताए । बागमती प्रदेशमा भने दुई लाख १८ हजार पाँच सय ५९ जनालाई खोप लगाइनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending