Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिनुभएको छ । 

पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति संवादमा सांसद तथा यस क्षेत्रका विज्ञले विश्व बंैकसँग आवश्यक परामर्श र छलफल गरेर समस्या समाधान गर्न सुझाव दिनुभएको हो । सुरुमा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । तर अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम राष्ट्रिय ढुकुटीमार्फत आउनुपर्ने र त्यसपछि मात्र कोषमा हस्तान्तरण गर्न सकिने भनेपछि समस्या देखिएको हो । 

यस बारेमा विश्व बैङ्कले स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव डा सिन्धुप्रसाद ढुंगानाले सो सम्झौता हुँदाको विषय र अर्थ मन्त्रालयले अहिले भनेको विषयमा केही फरक भएपछि यसमा ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारले सम्झौतामा उल्लेख भएका विषय कार्यान्वयन हुने सम्बन्धमा विश्व बैंकलाई आश्वस्त पारेर रकम तत्काल जम्मा हुने वातावरण बनाउनुपर्ने सुझाउनुभयो । 

सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गरेको हो । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीदेखि महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाप्त गरेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले गत महिना रु एक अर्ब ६० करोड प्राप्त गरेको थियो । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले आप्mनो समितिबाट कानुनी समस्या समाधानमा आवश्यक सहयोग रहने बताउँदै यस्ता नीति संवादले समितिलाई आगामी दिनमा कानुन निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । सांसद माधव सापकोटाले नेपालले वातावरण संरक्षण र जैविक विविधतामा गरेको योगदानको विश्व समुदायले कदर गरेर मूल्यांकन गर्नुपर्नेमा जोड दिँदै नेपालले अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सशक्त उपस्थितिका लागि योग्य र स्थायित्व हुने गरी वार्ता टोली पठाउनुपर्ने सुझाव दिनुुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद भानुभक्त जोशी, प्रतिमा गौतम, सरस्वती सुब्बा, रुपा सोसी (चौधरी) लगायतले कार्बन व्यापार, जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानीलगायत विषयमा नेपालको अवस्थाका बारेमा जिज्ञासा राख्दै कानुन अल्झनले गर्दा देखिने यस्ता समस्या समाधानमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कानुनविद् सेमन्त दाहालले कार्बन व्यापारको विश्वव्यापी मापदण्डका बारेमा जानकारी गराउँदै यसमा देखिएका कानुनी अल्झन र अस्पष्टताका बारेमा स्पष्ट पारेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेलले जलवायुसम्बन्धी कानुनमा देखिएका रिक्तताका बारेमा बहस चलाएर नीति निर्मातालाई कानुन निर्माणमा सहजीकरण गर्न नीति संवाद गरिएको बताउनुभयो । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने विश्व बैंकसँग भएको सम्झौतामा उल्लेख छ । 

यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको वन मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले उक्त रकम राष्ट्रिय ढुकुटीबाट सिधै वन विकास कोषमा जम्मा हुने विश्वास दिलाउन विश्व बैंकलाई आग्रह गरिएको बताउनुभयो । यसका लागि वन विकास कोषको कार्यविधि स्वीकृत गरेर अघि बढ्ने उहाँको भनाइ थियो । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । 

त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रको तथ्याङ्क छ । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending