Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कृषिमा जमेका मदन भन्छन्- अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ

मनोज अधिकारी

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो ।

‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।’ उनले भने, ‘कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।’

उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गरेको दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गरे ।

राईले भन्छन्,’फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ । ‘

उनले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलीका रुपमा बिक्री हुन्छ । उनलाई माग धान्न मुस्किल छ । भन्छन्,’फलभन्दा बढी बियाँ बिक्री हुन्छ । अचार बनाउन कोसेलीका रुपमा नेपाल र ईन्डियामा खपत भइरहेको छ । भारतबाट दैनिक पचास केजीको माघ छ । देशभरिबाट हाल ३० केजी बियाँको माघ छ । तर, न फल–न बियाँ दुबैको माघ पुरा गर्न सकिएको छैन ।’

अकबरे मात्र होइन राईले यसवर्ष छ रोपनी जमिनमा काँक्रा खेती लगाएका थिए । उनले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गर्नुभयो । ‘काँक्राको फल चैँ बेच्दिन । यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ ।’ उनी भन्छन् ।

काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ । काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन् । ‘जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ ।’ उनले भने,’एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ । बारी सुद्ध गर्नु र खेतीलाई अग्र्यानिक बनाउँदा समस्या समाधान हुन्छ ।’

याम अनुसारको खेती गरेर मनग्गे आम्दानी लिइरहेका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफिको समेत व्यवसायीक खेती गरिरहेका छन् ।

‘पाँच मन(प्रति मन ४० केजी) आलु रोपेका छौँ ।’ मदनकी श्रीमती चन्द्रमाया राईले भन्छिन्, ‘नौ रोपनीमा दुई सय ५० बोट कागती छन् । पोहोर साल एक लाख २० हजारको बेचेका थियौँ । यो वर्ष एक लाख ८० जत्तिको हुन्छ होला । कागती केजीको दुईले बिक्दैछ । ‘

उनीहरुले एभोकाडो लगाएको तीन वर्ष भयो । चन्द्रमाया भन्छिन्, ‘१३ रोपनीमा तीन सय बोट एभोकाडो छ । तर, उत्पादन दिन थालेको छैन । अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ ।’ अन्य खेती गर्न भ्याईनभ्याई हुने राई दम्पतिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिएका छन् ।

‘चियामा अलिक अलमल हुन्छ । धाईरहनु पर्छ । त्यै भएर अरुलाई दिएको । उनिहरुले ठेक्का बुझाउँछन् । ‘मदन भन्छन्, ‘अब कफि लगाउने योजनामा छु । चार सय बिरुवा ल्याइसकेँ । जम्मा एक हजार रोप्ने तयारी छ । यो चैँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने ।’

मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ । अब, बाँदर पन्साउन उनले टमाटर र बन्दा कोपीको खेती लगाउँदै  छन् । ‘फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतङ्क हेर्नुछ ।’ उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । ‘अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन् । अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन्, ‘उनले भने ।

घरमा मदन र उनकी श्रीमती चन्द्र मात्र बस्छन् । बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन् । छोरी स्वेच्छा इलाम विव्ल्याँटेस्थित प्राइम बैँककी कर्मचारी छिन् । छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरतछन् ।

‘धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन् । सिस्टममा गएर काम गर्दा ५०–५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन । तर, काम चैँ सिस्टममा गर्नुपर्यो ।” मदन भन्छन्, ‘“वर्षमा खर्च कटाएर १२–१४ लाख बचत हराउँदैन ।’ राईको गोठमा दुई माउ गाई छन् । ‘गाईको मल मुत्रले खेती अग्र्यानिक बनाउँन सहयोग मिल्छ । गोबरभन्दा गहुँद बढी उपयोगी हुन्छ ।’उनले भने ।

उनी कृषक मात्र होइन कृषि विज्ञ पनि हो । नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उहाँले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउँछन् ।

सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यवसायीक किसानलाई प्रोत्साहित गर्दै आएको छ । विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताए किसान लक्षित थुप्रै अनुदानका कार्यक्रम छन् । यहीँ रहेर व्यवसायीक खेती गर्ने मदन जस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताए ।

‘ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यवसायीक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिईरहेका छौँ । ‘उनले भने, ‘सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो । यहाँका सबै किसान मेहेनती हुनुहुन्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending