Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

यसो भए स्वदेशमै बस्छन् युवा

अमृता अनमोल

गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौँको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्नुहुन्थ्यो । खोज पत्रकारिता र भिडियोग्राफ्रीमा उहाँको राम्रो दख्खल थियो । त्यही विकासले पत्रकारिता मात्र होइन, देश नै छोड्नुभयो । उहाँ पुस दोस्रो साता देश छोडेर दक्षिण अमेरिकाको चिली जानुभयो । 

उहाँले पुस २१ मा चिली पुगेपछि लेख्नुभयो, “विवाह, परिवार, बालबच्चाको जिम्मेवारीले थिचिदै जाँदा शहरमा भाडामा बसेर एक पत्रकारको पाखुराले धान्न पक्कै गाहे रहेछ । शहरमा घर, घडेरी त यो कर्मबाट सोच्नुपरको हुने महशुस गरेपछि मेरो मन पनि सञ्चार कर्मलाई तत्काल स्थगित गर्ने निचोडमा पुगेको हुँ । जीवनको एउटा ऊर्जावान समय पत्रकारिता बिताएपछि अहिले केही कमाउन सकिन्छ कि भनेर पृथ्वीको एउटा कुनाबाट पल्लो छेउ आइपुगेको छु ।”

पाल्पाको रिब्दिकोटका मुक्तिराम न्यौपाने कामको खोजीमा २०६२ मा बुटवल झर्नुभयोे । बुटवलमा खाजा पसल खोल्नुभयो । कमाइ बढ्न थालेपछि बुबाआमालाई समेत गाउँ छोडेर शहर ल्याउनुभयो । खाजा पसलको बुबाआबुबाआमा, श्रीमती, छोराछोरीसहित छ जनाको परिवारको गर्जो चलाइरहनुभएको थियो । कोभिडपछि खाजाघरको चलहपहल घट्दै गयो । तर, छोराछोरी हुर्कदै जाँदा पढाइ खर्च बढ्दै गयो । 

विस्तारै खाजाघरको कमाइले धान्न सकेन । तिनै कमल ३६ वर्षको उमेरमा खाजाघर छोडेर विदेश जानुभयो । पुस अन्तिम साता उहाँ व्यवसाय बन्द गरेर फिनिडा पुग्नुभएको हो । “विदेश जान्न स्वदेशमै बस्छु भनेर उर्भर समयमा विदेश जाने मन गरिन । कमाएकाले खान पुगेको थियो । ठिकै थियो । तर, महँगी बढेको बढ्यै भयो । खानादेखि छोराछोरीको पढाइको खर्च धान्न यहाँ कमाएकाले पुगेन । त्यसैले खाजाघर बन्द गरेर विदेसिन बाध्य भएँ । खाजाघर चलाएको यहाँको अनुभवले फिनिडाको होटलमा काम गर्ने योजना छ” मुक्तिरामले सुनाउनुभयो । 

अवसर खोज्दै व्यक्ति एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देशमा जानु सामान्य हो । अन्तर्राष्ट्रिय अभ्यास पनि हो । यसैले अवसरको खोजीमा हुने पलायन र बसाइसराइलाई अन्तर्राष्ट्रिय मुद्धा मानिन्छ । भनिन्छ, अवसरको खोजीमा हुने पलायन र बसाइसराइले एक स्थानको श्रम, शक्ति, सभ्यता र संस्कृति अर्को ठाउँमा पुग्छ । त्यसक्षेत्रको विकास र सम्बृद्धिमा सघाउँछ । त्यो रामै्र कुरा हो । विकसित देशले वस्तु निर्यात गरे सरह मान्छेको श्रम पनि किन्छन् । त्यही किनाइमा घर, गाउँनै रित्तो बनाउने गरी भयो भने त्यो दुःखद हुँदोरहेछ । अहिले नेपालमा त्यही भइरहेको छ । घर, गाउँ हुँदै शहर नै युवाविहीन हुन थालेका छन् । 

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवाको जनसंख्या ४२.५६ प्रतिशत  अर्थात एक करोड २४ लाख १२ हजार एक सय ७३ छ । युवा परिवर्तनका संवाहक मानिन्छन् । काम गर्ने जोस, जागर र हिम्मत बोकेका व्यक्ति ठानिन्छन् । यति ठूलो युवा जनसङ्ख्या भएका बेला देशले विकास र परिवर्तनमा फड्को मार्नुपर्ने बेला हो ।

विडम्बना जनगणनाकै तथ्याङ्कअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । ३६ प्रतिशत युवा अर्धबेरोजगार छन् । अहिले युवा जम्मा हुने, योजना निर्माण गर्ने, अनुभव साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्याङ्कन गर्ने स्थान र वातावरणको खाँचो छ । तर, स्वदेशमा यस्ता ठाउँहरु समेत बनाइदिन सकेका छैनौँ । यसैले धेरै युवा अहिले आफ्नो भविष्य स्वदेशमा होइन, विदेशमा खोजिरहेकी छन् । विदेश जाने भिसा लागेको दिन युवाहरु जीवनको स्वर्णिम ढोका खुलेको ठान्न थालेका छन् । कोही पढ्ने नाममा त कोही कमाउने नाममा स्वदेश छोडेको छोड्यै छन् । घर,गाउँ हुदै अहिले शहरबजार पनि युवाविहीन बन्दै गएका छन्  । 

युवालाई स्वदेशमै बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन के गर्ने ? विदेश जाने युवाको लर्को बढिरहेका बेला हरेक ठाउँमा यस्तो बहस चलेको सुनिन्छ । तर, देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको चाहना बोकेका युवा के चाहन्छन् ? त्यसबारेमा भने खासै छलफल हुँदैन । यसले युवाहरु विदेश पलायन हुने परिपाटी अझ बढेको छ । 

वैदेशिक रोजगारीमा जाने धेरैजसो तीनथरि युवा देखिन्छन् । एकथरि युवा सम्पन्न परिवारमा हुर्किएका हुन् । उनीहरु जमिनदार, नेता, प्रशासकका छोराछोरी हुन् । ती युवा आफ्नो पुख्र्यौली सम्पत्ति बोकेर उच्च शिक्षाका नाममा विदेश जान्छन् । पढाइभन्दा पनि उनीहरु कसरी त्यहाँ व्यवस्थित भएर भन्ने ध्याउन्नमा हुन्छन् । अभिभावकले कमाएको रकम उतै लैजान्छन् । यस्तो पलायनलाई रोक्न राज्यले युवा होइन, विदेशी नागरिक बनाउने नेता, प्रशासकलाई अवसर र सुविधाबाट वञ्चित गर्नुपर्छ । 

दोस्रोथरि धेरै युवा कमाउँदै पढ्दै गर्न विदेश पलायन हुन्छन् । उनीहरुको देखाउने काम पढ्ने भए पनि प्रमुख काम कमाउने हो । कमाउदै पढ्दै गर्छन् । काम गरेर केही जोड्छन् । आफूले स्वदेशमा भन्दा उता सुख सुविधा पाउने भएपछि उतै बस्ने प्रक्रिया थाल्छन् । 


मध्यमवर्गीय समुदायका यी युवाका लागि स्वदेशमै पढ्दै रोजगारी गर्दैै गर्ने अवस्था हुने हो भने विदेश जान रोकिन्छन् । धेरै युवा अहिले काम गर्दै कमाउँदै गर्न चाहान्छन् । तर, नेपालमा कमाउँदै पढ्दै गर्न पाइने व्यवस्था छैन । सरकारले पढ्दै कमाउँदै गर्ने कार्यक्रम ल्याउने चर्चा धेरै गरेको छ । तर, अहिलेसम्म बताउने खालका युवाका कार्यक्रम छैनन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकार सबैले देशमा पढ्दै, कमाउँदै गर्ने व्यवस्था हो भने धेरै युवा विदेश पलायन हुनबाट रोकिनेछन् । 

तेस्रोथरि युवा रोजगारीका लागि देश छाडेका हुन्छन् । उनीहरु धेरै मध्ययम र निम्न वर्गका युवा हुन् । स्वदेशमा रोजगारी नपाएर वा पाएको रोजगारीबाट परिवारको गुजारा नचल्ने भएपछि वैदेशिक रोजगारीमा गएका हुन्छन् । त्यसका लागि युवालाई रोजगारीमा जोड्नुपर्छ । औद्योगिक विकास अन्तरगत साना, मध्यम, र ठूला उद्योगहरुको स्थापना गरी रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ । युवालाई बजारमा बिक्नेखालका सीपमूलक तालिम, स्वरोजगारी र उद्यमशीलताका लागि आवश्यक तालिम दिनुपर्छ । स्वदेशमै रोजगार प्रवद्र्धन गर्न सरकारी अनुदान र सहज ऋणको व्यवस्था गर्नुपर्छ ।

एक उपायले मात्रै युवा स्वरोजगार बढाउन र युवाको पलायन रोकिदैन । त्यसका लागि तीनै तहका सरकारले स्थानीय स्रोत र साधनको पहिचान गर्ने जनशक्तिलाई रोजगार दिने नीति, भौगोलिक, अलौकिकपन झल्किने क्षेत्रको गरी पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । प्राविधिक शिक्षा बढाउने र युवाको रोजगारको समयको दर वृद्धि गर्ने हो भने केही हदसम्म धन कमाउने सपना बोकेर विदेसिन खोज्ने युवालाई नेपालमै रोक्न सकिन्छ ।

धेरै युवा आफ्ना लागि आफ्नै देशमा केही नयाँ सोच र योजनासहित आफूले काम गरौं भन्ने चाहन्छन् । त्यसका लागि राज्यले श्रम बजारको मागअनुरुप सीपयुक्त श्रम शक्तिको विकास गर्नुपर्छ । बजारको मागअनुसार जनशक्ति उत्पादन र आपूर्ति गर्नुपर्छ । श्रमिक र रोजगारदाताबीच श्रम अनुसारको पारिश्रमिक दिने वातावरण बनाइदिनुपर्छ । उद्यमशीलताको विकास गर्न, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध बढाउन एवं न्यून ज्यालाको समस्या हटाउन सरकारी अनुगमन र निरीक्षण जरुरी छ । 

तीन तहकै सरकारले युवाको सीप, शिक्षा र उद्यमशीलता विकासका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन आवश्यक छ । दीर्घकालीन समाधानका रुपमा, उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरुलाई आकर्षित गर्ने खालका ठूला विकासका परियोजनाहरु शुरु गर्नु पर्छ । विदेश पलायन हुन लागेको युवालाई रोक्न उद्यमशील सीप विकास तालिम प्रदान गर्ने, सीप सिकेका युवालाई बैंक वित्तीय संस्थाबाट व्यवसायको लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, युवालाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धित तालिम दिएर स्वदेशमै रोजगार सुनिश्चित गर्न सकिनेछ ।

शिक्षालाई वैज्ञानिक, व्यावहारिक र सीपमूलक बनाउँदै श्रमसँग जोड्ने हो भने युवाको पढाइले बेरोजगार बन्नुपर्ने छैन । प्राविधिक शिक्षा र रोजगारीसहितका सीपमूलक कार्यक्रम ल्याउने हो भने सीपअनुसार युवाले स्वदेशमै काम पाउनेछन् । कामअनुसारको आम्दानी भए युवा पलायन रोक्न सकिनेछ । कृषि उत्पादनमा युवालाई जोड्न सकियो भने स्थानीय उत्पादनलाई व्यावसायिक र ‘लेबलिङ्’ एवं ‘ब्रान्डिङ्’ गर्न सकिने छ । यसले युवामा रोजगारीको अवसर र आत्मविश्वास बढाउन सकिनेछ ।

देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणमा युवाको भूमिका ठूलो छ । यसर्थ, युवाका लागि रोजगारीमा जोड्ने शिक्षासँगै देश र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी छ । यसले शिक्षा र रोजगारीको खोजीमा विदेश जाने युवाको सङ्ख्या घटाउन सकिनेछ ।  विदेशमा सिकेको शिक्षा सीप एवं रकमलाई स्वदेशमा ल्याएर युवाहरुलाई स्वदेशमा बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन सकिनेछ । 

युवालाई स्वदेशमै रोक्नका लागि सरकारले मात्र होइन, निजी क्षेत्र, गैरसरकारी सङ्घसस्था र समुदायको पनि सहकार्य आवश्यक छ । युवाशक्ति देशका मेरुदण्ड हुन् सरोकारवाला सबैले उनीहरुलाई स्वदेशमा सही अवसर र वातावरण प्रदान गर्नुपर्छ । युवाका नयाँ विचार र प्राविधिक ज्ञानलाई देशको विकास, राजनीति र निर्णय प्रक्रियामा लगाउन हरेक क्षेत्रमा सहभागी गराउनुपर्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending