Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यसो भए स्वदेशमै बस्छन् युवा

अमृता अनमोल

गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौँको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्नुहुन्थ्यो । खोज पत्रकारिता र भिडियोग्राफ्रीमा उहाँको राम्रो दख्खल थियो । त्यही विकासले पत्रकारिता मात्र होइन, देश नै छोड्नुभयो । उहाँ पुस दोस्रो साता देश छोडेर दक्षिण अमेरिकाको चिली जानुभयो । 

उहाँले पुस २१ मा चिली पुगेपछि लेख्नुभयो, “विवाह, परिवार, बालबच्चाको जिम्मेवारीले थिचिदै जाँदा शहरमा भाडामा बसेर एक पत्रकारको पाखुराले धान्न पक्कै गाहे रहेछ । शहरमा घर, घडेरी त यो कर्मबाट सोच्नुपरको हुने महशुस गरेपछि मेरो मन पनि सञ्चार कर्मलाई तत्काल स्थगित गर्ने निचोडमा पुगेको हुँ । जीवनको एउटा ऊर्जावान समय पत्रकारिता बिताएपछि अहिले केही कमाउन सकिन्छ कि भनेर पृथ्वीको एउटा कुनाबाट पल्लो छेउ आइपुगेको छु ।”

पाल्पाको रिब्दिकोटका मुक्तिराम न्यौपाने कामको खोजीमा २०६२ मा बुटवल झर्नुभयोे । बुटवलमा खाजा पसल खोल्नुभयो । कमाइ बढ्न थालेपछि बुबाआमालाई समेत गाउँ छोडेर शहर ल्याउनुभयो । खाजा पसलको बुबाआबुबाआमा, श्रीमती, छोराछोरीसहित छ जनाको परिवारको गर्जो चलाइरहनुभएको थियो । कोभिडपछि खाजाघरको चलहपहल घट्दै गयो । तर, छोराछोरी हुर्कदै जाँदा पढाइ खर्च बढ्दै गयो । 

विस्तारै खाजाघरको कमाइले धान्न सकेन । तिनै कमल ३६ वर्षको उमेरमा खाजाघर छोडेर विदेश जानुभयो । पुस अन्तिम साता उहाँ व्यवसाय बन्द गरेर फिनिडा पुग्नुभएको हो । “विदेश जान्न स्वदेशमै बस्छु भनेर उर्भर समयमा विदेश जाने मन गरिन । कमाएकाले खान पुगेको थियो । ठिकै थियो । तर, महँगी बढेको बढ्यै भयो । खानादेखि छोराछोरीको पढाइको खर्च धान्न यहाँ कमाएकाले पुगेन । त्यसैले खाजाघर बन्द गरेर विदेसिन बाध्य भएँ । खाजाघर चलाएको यहाँको अनुभवले फिनिडाको होटलमा काम गर्ने योजना छ” मुक्तिरामले सुनाउनुभयो । 

अवसर खोज्दै व्यक्ति एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देशमा जानु सामान्य हो । अन्तर्राष्ट्रिय अभ्यास पनि हो । यसैले अवसरको खोजीमा हुने पलायन र बसाइसराइलाई अन्तर्राष्ट्रिय मुद्धा मानिन्छ । भनिन्छ, अवसरको खोजीमा हुने पलायन र बसाइसराइले एक स्थानको श्रम, शक्ति, सभ्यता र संस्कृति अर्को ठाउँमा पुग्छ । त्यसक्षेत्रको विकास र सम्बृद्धिमा सघाउँछ । त्यो रामै्र कुरा हो । विकसित देशले वस्तु निर्यात गरे सरह मान्छेको श्रम पनि किन्छन् । त्यही किनाइमा घर, गाउँनै रित्तो बनाउने गरी भयो भने त्यो दुःखद हुँदोरहेछ । अहिले नेपालमा त्यही भइरहेको छ । घर, गाउँ हुँदै शहर नै युवाविहीन हुन थालेका छन् । 

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवाको जनसंख्या ४२.५६ प्रतिशत  अर्थात एक करोड २४ लाख १२ हजार एक सय ७३ छ । युवा परिवर्तनका संवाहक मानिन्छन् । काम गर्ने जोस, जागर र हिम्मत बोकेका व्यक्ति ठानिन्छन् । यति ठूलो युवा जनसङ्ख्या भएका बेला देशले विकास र परिवर्तनमा फड्को मार्नुपर्ने बेला हो ।

विडम्बना जनगणनाकै तथ्याङ्कअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । ३६ प्रतिशत युवा अर्धबेरोजगार छन् । अहिले युवा जम्मा हुने, योजना निर्माण गर्ने, अनुभव साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्याङ्कन गर्ने स्थान र वातावरणको खाँचो छ । तर, स्वदेशमा यस्ता ठाउँहरु समेत बनाइदिन सकेका छैनौँ । यसैले धेरै युवा अहिले आफ्नो भविष्य स्वदेशमा होइन, विदेशमा खोजिरहेकी छन् । विदेश जाने भिसा लागेको दिन युवाहरु जीवनको स्वर्णिम ढोका खुलेको ठान्न थालेका छन् । कोही पढ्ने नाममा त कोही कमाउने नाममा स्वदेश छोडेको छोड्यै छन् । घर,गाउँ हुदै अहिले शहरबजार पनि युवाविहीन बन्दै गएका छन्  । 

युवालाई स्वदेशमै बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन के गर्ने ? विदेश जाने युवाको लर्को बढिरहेका बेला हरेक ठाउँमा यस्तो बहस चलेको सुनिन्छ । तर, देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको चाहना बोकेका युवा के चाहन्छन् ? त्यसबारेमा भने खासै छलफल हुँदैन । यसले युवाहरु विदेश पलायन हुने परिपाटी अझ बढेको छ । 

वैदेशिक रोजगारीमा जाने धेरैजसो तीनथरि युवा देखिन्छन् । एकथरि युवा सम्पन्न परिवारमा हुर्किएका हुन् । उनीहरु जमिनदार, नेता, प्रशासकका छोराछोरी हुन् । ती युवा आफ्नो पुख्र्यौली सम्पत्ति बोकेर उच्च शिक्षाका नाममा विदेश जान्छन् । पढाइभन्दा पनि उनीहरु कसरी त्यहाँ व्यवस्थित भएर भन्ने ध्याउन्नमा हुन्छन् । अभिभावकले कमाएको रकम उतै लैजान्छन् । यस्तो पलायनलाई रोक्न राज्यले युवा होइन, विदेशी नागरिक बनाउने नेता, प्रशासकलाई अवसर र सुविधाबाट वञ्चित गर्नुपर्छ । 

दोस्रोथरि धेरै युवा कमाउँदै पढ्दै गर्न विदेश पलायन हुन्छन् । उनीहरुको देखाउने काम पढ्ने भए पनि प्रमुख काम कमाउने हो । कमाउदै पढ्दै गर्छन् । काम गरेर केही जोड्छन् । आफूले स्वदेशमा भन्दा उता सुख सुविधा पाउने भएपछि उतै बस्ने प्रक्रिया थाल्छन् । 


मध्यमवर्गीय समुदायका यी युवाका लागि स्वदेशमै पढ्दै रोजगारी गर्दैै गर्ने अवस्था हुने हो भने विदेश जान रोकिन्छन् । धेरै युवा अहिले काम गर्दै कमाउँदै गर्न चाहान्छन् । तर, नेपालमा कमाउँदै पढ्दै गर्न पाइने व्यवस्था छैन । सरकारले पढ्दै कमाउँदै गर्ने कार्यक्रम ल्याउने चर्चा धेरै गरेको छ । तर, अहिलेसम्म बताउने खालका युवाका कार्यक्रम छैनन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकार सबैले देशमा पढ्दै, कमाउँदै गर्ने व्यवस्था हो भने धेरै युवा विदेश पलायन हुनबाट रोकिनेछन् । 

तेस्रोथरि युवा रोजगारीका लागि देश छाडेका हुन्छन् । उनीहरु धेरै मध्ययम र निम्न वर्गका युवा हुन् । स्वदेशमा रोजगारी नपाएर वा पाएको रोजगारीबाट परिवारको गुजारा नचल्ने भएपछि वैदेशिक रोजगारीमा गएका हुन्छन् । त्यसका लागि युवालाई रोजगारीमा जोड्नुपर्छ । औद्योगिक विकास अन्तरगत साना, मध्यम, र ठूला उद्योगहरुको स्थापना गरी रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ । युवालाई बजारमा बिक्नेखालका सीपमूलक तालिम, स्वरोजगारी र उद्यमशीलताका लागि आवश्यक तालिम दिनुपर्छ । स्वदेशमै रोजगार प्रवद्र्धन गर्न सरकारी अनुदान र सहज ऋणको व्यवस्था गर्नुपर्छ ।

एक उपायले मात्रै युवा स्वरोजगार बढाउन र युवाको पलायन रोकिदैन । त्यसका लागि तीनै तहका सरकारले स्थानीय स्रोत र साधनको पहिचान गर्ने जनशक्तिलाई रोजगार दिने नीति, भौगोलिक, अलौकिकपन झल्किने क्षेत्रको गरी पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ । प्राविधिक शिक्षा बढाउने र युवाको रोजगारको समयको दर वृद्धि गर्ने हो भने केही हदसम्म धन कमाउने सपना बोकेर विदेसिन खोज्ने युवालाई नेपालमै रोक्न सकिन्छ ।

धेरै युवा आफ्ना लागि आफ्नै देशमा केही नयाँ सोच र योजनासहित आफूले काम गरौं भन्ने चाहन्छन् । त्यसका लागि राज्यले श्रम बजारको मागअनुरुप सीपयुक्त श्रम शक्तिको विकास गर्नुपर्छ । बजारको मागअनुसार जनशक्ति उत्पादन र आपूर्ति गर्नुपर्छ । श्रमिक र रोजगारदाताबीच श्रम अनुसारको पारिश्रमिक दिने वातावरण बनाइदिनुपर्छ । उद्यमशीलताको विकास गर्न, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध बढाउन एवं न्यून ज्यालाको समस्या हटाउन सरकारी अनुगमन र निरीक्षण जरुरी छ । 

तीन तहकै सरकारले युवाको सीप, शिक्षा र उद्यमशीलता विकासका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन आवश्यक छ । दीर्घकालीन समाधानका रुपमा, उद्योग, कृषि, पर्यटन र सूचना प्रविधिमा युवाहरुलाई आकर्षित गर्ने खालका ठूला विकासका परियोजनाहरु शुरु गर्नु पर्छ । विदेश पलायन हुन लागेको युवालाई रोक्न उद्यमशील सीप विकास तालिम प्रदान गर्ने, सीप सिकेका युवालाई बैंक वित्तीय संस्थाबाट व्यवसायको लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने, युवालाई प्राविधिक तथा सूचना प्रविधि सम्बन्धित तालिम दिएर स्वदेशमै रोजगार सुनिश्चित गर्न सकिनेछ ।

शिक्षालाई वैज्ञानिक, व्यावहारिक र सीपमूलक बनाउँदै श्रमसँग जोड्ने हो भने युवाको पढाइले बेरोजगार बन्नुपर्ने छैन । प्राविधिक शिक्षा र रोजगारीसहितका सीपमूलक कार्यक्रम ल्याउने हो भने सीपअनुसार युवाले स्वदेशमै काम पाउनेछन् । कामअनुसारको आम्दानी भए युवा पलायन रोक्न सकिनेछ । कृषि उत्पादनमा युवालाई जोड्न सकियो भने स्थानीय उत्पादनलाई व्यावसायिक र ‘लेबलिङ्’ एवं ‘ब्रान्डिङ्’ गर्न सकिने छ । यसले युवामा रोजगारीको अवसर र आत्मविश्वास बढाउन सकिनेछ ।

देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणमा युवाको भूमिका ठूलो छ । यसर्थ, युवाका लागि रोजगारीमा जोड्ने शिक्षासँगै देश र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी छ । यसले शिक्षा र रोजगारीको खोजीमा विदेश जाने युवाको सङ्ख्या घटाउन सकिनेछ ।  विदेशमा सिकेको शिक्षा सीप एवं रकमलाई स्वदेशमा ल्याएर युवाहरुलाई स्वदेशमा बस्ने र स्वदेशमै भविष्य खोज्ने बनाउन सकिनेछ । 

युवालाई स्वदेशमै रोक्नका लागि सरकारले मात्र होइन, निजी क्षेत्र, गैरसरकारी सङ्घसस्था र समुदायको पनि सहकार्य आवश्यक छ । युवाशक्ति देशका मेरुदण्ड हुन् सरोकारवाला सबैले उनीहरुलाई स्वदेशमा सही अवसर र वातावरण प्रदान गर्नुपर्छ । युवाका नयाँ विचार र प्राविधिक ज्ञानलाई देशको विकास, राजनीति र निर्णय प्रक्रियामा लगाउन हरेक क्षेत्रमा सहभागी गराउनुपर्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending