लमजुङ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ ।
जिल्लामा किसानले यस वर्ष रु एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट रु १८ करोड आम्दानी गरेको उहाँको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह रु नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको थियोभने मह बिक्रीबाट रु नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो ।यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार पाँच सय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट रु पाँच करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताउनुभयो । जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ ।
जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् ।
पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो, उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थयो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ ।
जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए। कार्यालयले यस वर्ष एक सय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि रु साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...
आषाढ़ २८ गते, २०८३ - १२:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...
आषाढ़ २८ गते, २०८३ - ११:४५
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...
आषाढ़ २८ गते, २०८३ - ११:३४
पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...
आषाढ़ २८ गते, २०८३ - ११:१०
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
आषाढ़ २८ गते, २०८३ - १०:५०
काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...



प्रतिकृया लेख्नुहोस्: