Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

खबरडबली संवाददाता

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको भनाइ छ ।

उत्पादन कम भए पनि बजारमा मूल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट धरानस्थित कृषि उपज बजारमा किसानले सुन्तला बिक्री गर्न ल्याइरहेका छन् । 

धरान कृषि बजारमा गत वर्षमा पुस र माघ महिनाको तुलनामा यस वर्ष कमै मात्रामा सुन्तला ल्याइएको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले बताए । यस वर्ष सुन्तला फल लाग्ने समयमा मौसम परिवर्तन र भारी वर्षाका कारण गत वर्षको तुलनामा उत्पादनमा कमी भएको भोजपुरका किसान प्रदीप राईले बताए । 

उनले भने, ‘गत वर्षहरूमा १५ देखि २० मेट्रिक टनसम्म सुन्तला फल्ने गर्थ्यो यस वर्ष भने १२ मेट्रिक टन मात्र सुन्तला फल्यो ।’ उनले विगत १८ वर्षदेखि सुन्तला व्यापार गर्दै आएको बताए । धरान कृषि बजारमा कात्तिक महिनाको अन्तिम सातादेखि हालसम्म दुई हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री भइसकेको छ ।

दैनिक रूपमा धरान कृषि बजारमा २५ टन बढी सुन्तला आउने गरेको धरान कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक अध्यक्ष भट्टराईले बताए । गत वर्ष धरान कृषिबजारमा प्रतिकिलो रु ७० सम्ममा बिक्री भएको सुन्तला हाल प्रतिकिलो रु एक सयदेखि रु. दुई सयसम्ममा बिक्री भइरहेको छ । सुन्तलाको मूल्य मौसमअनुसार घटबढ हुने गर्छ । 

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र घाम नलागेको दिन मूल्य घट्ने व्यापारीहरूको भनाइ छ । कृषिउपज बजारस्थलको तथ्याङ्कअनुसार गत वर्ष धरानमा आठ हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्री हुँदा करिब रु एक अर्ब बराबरको कारोबार भएको थियो । यस वर्ष भने पाँच हजार मेट्रिक टन सुन्तला खरिद बिक्री हुँदा कृषिबजारबाट रु ६० करोड हाराहारीको कारोबार अनुमान गरिएको छ ।

पूर्वी पहाडका भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, सङ्खुवासभा र खोटाङसम्मका सुन्तला धरान ल्याउने  गरिएको छ । व्यापारीले धरानबाट इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमक र मधेस प्रदेशका विभिन्न जिल्लासम्म सुन्तला बिक्रीका लागि पुर्‍याउने गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending