काठमाडौं। सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ ।
उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुहरूको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिए ।
निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै उनले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने, स्वदेशमै रोजगारी सृजना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनका अनुसार पर्याप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक अवस्था मजबुत बन्नेछ ।
‘यो कार्यक्रम उद्योग मन्त्रालयको मात्रै भनेर निर्देशिका कार्यान्वयनमा आनाकानी गर्ने छुट कसैलाई छैन, निर्देशिका राजपत्रमा प्रकाशन हुने वितिक्कै सबैले अनिवार्य कार्यान्वयन गर्नुपर्छ, यसका लागि सरकारले राष्ट्रिय रूपमै अभियान चलाउने तयारी गरेको छ, ‘मेरो देश मेरो उत्पादन’को नारालाई सबैले आत्मसाथ गर्नुपर्छ । कार्यान्वयनमा स–साना समस्याहरू देखाउँदै आगामी वर्ष गरौँला वा हेरौँला भन्ने छुट कसैलाई हुनेछैन ।’
मन्त्रालयका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीले सबै निकायका प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोगका लागि मानसिक रूपमै तयार हुनुपर्ने बताए । ‘हामीले सामान्य एउटा तालिम आयोजना गर्दा स्टेशनरी किन्ने बेलामै स्वदेशी हो वा होइन हेर्नुपर्छ, हामीले स्टेशनरीमा छुट्टाएको बजेटले स्वदेशमै उत्पादित वस्तुहरू खरिद गर्न पुग्छ त्यसैले सबैको मनबाटै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने भावना विकसित हुनु जरुरी छ । त्यसो हुँदा स्वदेशी उत्पादनको उच्चतम प्रयोग हुनेमा दुई मत छैन,’ उनले भने ।
उद्योग सचिव कृष्ण बहादुर राउतले सबै मन्त्रालय र मातहतका निकायलाई स्वदेशी वस्तुहरू प्रयोग निर्देशिका कार्यान्वयनमा सहजीकरणको लागि आग्रहसमेत गरेका छन ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीले अहिले ७० वस्तुहरूले नेपाल गुणस्तर प्राप्त गरिसकेको अवस्थामा उक्त वस्तुहरू प्रयोग गर्न सकिने र अरु पनि आवश्यक वस्तुहरूको गुणस्तर प्रमाणीकरण गर्न विभाग तयार रहेको बताए ।
छलफलमा सहभागी अन्य मन्त्रालयका प्रतिनिधि, विभागीय प्रमुख तथा सुरक्षा निकाय प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१को कार्यान्वयनमा केही चुनौती भए तापनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन
आषाढ़ ३० गते, २०८३ - १५:११
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...
आषाढ़ ३० गते, २०८३ - १४:११
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...
आषाढ़ ३० गते, २०८३ - १४:०३
सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: