काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको बताएका छन ।
माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालले नस्विकार्ने बताए ।
नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारेका छन ।
नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताए । नेकपा एमाले फुटाएर माधव नेपाल, झालनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उनको भनाइ छ ।
सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको उनले जनाए । अध्यादेशले पार्टी सिद्धिने र बन्ने नभएको बताउँदै निर्वाचनको बेलामा कानुन नआए पनि नचल्ने पार्टी नेता कार्यकर्ताले छाड्ने पोखरेलले स्पष्ट पारे ‘त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले अन्यत्र भविष्य खोज्ने गर्दछ’, उनले भने ।
इतिहासको भारी बोकेर यात्रा अघि बढ्न नसक्ने उनको भनाइ छ । राजनीतिक दलको लक्ष भविष्य प्रति केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिए । ‘भविष्य के हो भने समाजवादी जनताबाट बिदा हुँदै छ, नेकपा एमाले जनताको लागि स्वीकार्य हुँदै छ’, उनले भने ।
एमाले भित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले जनाएका छन । ‘खुल्ला हृदयले सम्मान स्वागत गर्ने हो भने पहिला माधव नेपाल आइपुग्नु हुन्छ,तर हामीले माधव नेपालको लागि ढोका खोलेका छैनौँ, उहाँले जुन गल्ती गर्नुभएको छ, त्यो गल्ती गरेबापत नेकपा एमाले उहाँलाई सम्मान गर्ने पक्षमा छैन’, उनले भने ।
देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको बताउँदै उनले त्यसैले आफू केपी ओलीको पक्षमा उभिएको प्रष्ट पारे । देशको पक्षमा उभिने नेताको पक्षमा नउभिने हो भने देश बरबाद हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन
आषाढ़ ३० गते, २०८३ - १५:११
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...
आषाढ़ ३० गते, २०८३ - १४:११
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...
आषाढ़ ३० गते, २०८३ - १४:०३
सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: