काठमाडौं। एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छन ।
माधव नेपालको नेतृत्वमा एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी समाप्त हुने भन्दै शुक्रबार पुरानै संगठन प्रेस चौतारी नेपालमा फर्किएका हुन । सुवेदी विभाजित भएर जाँदा प्रेस चौतारी नेपालको उपाध्यक्ष थिए ।
बागबजारको होटेल हार्दिकमा आयोजित कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्केका छन ।
कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गरेका थिए । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उनको गुनासो रहेको छ ।
‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’, उनले भने ।
एकीकृत समाजवादीमा पत्रकार मात्र होइन, पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाउने उनले जानकारी दिए । आफू कुटिएको कुरा पार्टीमा राख्न खोज्दा समेत माधव नेपालले कुरा राख्न नदिएको उनले बताए । त्यहाँ निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाए । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको सुवेदीले जानकारी दिए ।
यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उनले बताए । प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालमा चौतारीको महाधिवेशन अगाडि नै आउने उनले जानकारी दिए ।
सुवेदीले आफू कुनै कुरा आस गरेर प्रेस चौतारी नेपालमा नआएको बताए । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताउँदै संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन
आषाढ़ ३० गते, २०८३ - १५:११
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...
आषाढ़ ३० गते, २०८३ - १४:११
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...
आषाढ़ ३० गते, २०८३ - १४:०३
सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: