Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

नेकपा एसले मन्त्री बनाएकाे भोलीपल्टै ४-५ करोड माग्छः बिश्वमणी सुबेदी

खबरडबली संवाददाता

काठमाडौं। एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छन ।

माधव नेपालको नेतृत्वमा एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी समाप्त हुने भन्दै शुक्रबार पुरानै संगठन प्रेस चौतारी नेपालमा फर्किएका हुन । सुवेदी विभाजित भएर जाँदा प्रेस चौतारी नेपालको उपाध्यक्ष थिए ।

बागबजारको होटेल हार्दिकमा आयोजित कार्यक्रममा सुवेदीसँगै सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्केका छन ।

कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गरेका थिए ।  प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण सोधिएको उनको गुनासो रहेको छ । 

‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’, उनले भने ।

एकीकृत समाजवादीमा पत्रकार मात्र होइन, पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाउने उनले जानकारी दिए । आफू कुटिएको कुरा पार्टीमा राख्न खोज्दा समेत माधव नेपालले कुरा राख्न नदिएको उनले बताए । त्यहाँ निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाए । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको सुवेदीले जानकारी दिए ।

यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उनले बताए । प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालमा चौतारीको महाधिवेशन अगाडि नै आउने उनले जानकारी दिए ।

सुवेदीले आफू कुनै कुरा आस गरेर प्रेस चौतारी नेपालमा नआएको बताए । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताउँदै संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उनको भनाइ छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी वर्षको बजेट १९ खर्ब हुने

काठमाडौँ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने भएको छ ।  राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्र...

बुढानिलकण्ठमा कोठा भाडामा लिएर अनलाइन जुवा, डेढ अर्बसहित २४ भारतीय पक्राउ

काठमाडौं। अनलाइन जुवा खेलाएर डेढ अर्बभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान का...

प्रकृति लम्सालको मृत्युबारे निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फ...

प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छा...

अमेरिकाको टेक्सासमा नेपाल परेडमा झाँकी प्रदर्शन

टेक्सास । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको...

सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्दै नेपाल विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्ने तयारी गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

शिक्षा व्यवस्था कमजोरीले गर्दा विदेश जाने लहर चल्यो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् । मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी त...

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

काठमाडौँ । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ । ...

जलवायु परिवर्तनको बढी असर महिलालाई

काठमाडौं। सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा...

भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक पारित हुन्छ: महासचिव पोखरेल

दाङ । सत्तारुढ दलको नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताएको छन । एमाले दाङले...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy