Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

स्वर्णलक्ष्मीका सञ्चालकसँग तीन लाख धरौटी, प्रत्यक्ष नजोडिएका रविलाई भने ६० लाख

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी

खबरडबली संवाददाता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा पनि धरौटीमा छुटेका छन् । तर, स्वर्णलक्ष्मी सहकारीको बचत संगठित रूपमा ठगी गरेको अभियोगमा सञ्चालक र व्यवस्थापकलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले प्रत्यक्ष नजोडिएका लामिछानेसँग भने ६० लाख घरौटी मागेको छ । 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गरेको उक्त आदेशअनुसार धरौटीको बैंक जमानत बुझाएर लामिछाने बुधबार न्यायिक हिरासतबाट रिहा भएका छन् । यसअघि २४ पुसमा अदालतले सोही मुद्दामा स्वर्णलक्ष्मीका निवर्तमान सञ्चालक समिति सदस्य कमल लामासँग तीन लाख र लेखा समिति सदस्य सुनिता नेवासँग चार लाख धरौटी मागेको थियो । 

हिरासतमा रहेका सञ्चालक लामा र लेखा समिति सदस्य नेवा छुटिसकेका छन् । तर, सहकारीको सञ्चालक, व्यवस्थापक, बचतकर्ता र ऋणी केही पनि नभएका लामिछानेसँग लामा र नेवाको भन्दा १५ गुणा बढी धरौटी मागेको छ । यही सहकारीको पूर्वसञ्चालक रहेकी कांग्रेस सांसद माया राईको भने तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो । 

स्वर्णलक्ष्मीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएकोमा लामिछाने सो मिडियाको सञ्चालक हुँदा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्दा लामिछाने र जिबी राईको संयुक्त नाममा गाडी खरिद गर्न ऋणी खाता बनाइएको भन्दै सहकारीको सफ्टवेयरमा देखिएको नामलाई प्रमाणस्वरूप पेस गरेको थियो । 

तर, ऋण माग गरेको, केवाइसी फाराम, धितोलगायत कुनै पनि प्रक्रियामा लामिछाने संलग्न भएको प्रमण भने मिसिलमा देखिँदैन । लामिछानेले भने आफ्नो नाममा नक्कली ऋणी खाता खोलिएको दाबी गरेको बताउँदै आएका छन् । 

धरौटीमा छुटेपछि लामिछानेले काठमाडौं जिल्ला अदालत परिसरमा उपस्थित समर्थकलाई धन्यवाद दिँदै अदालतको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । ‘म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन,’ उनले भने ।

पोखराको सूर्यदर्शन सहकारी मुद्दामा धरौटीमा छुटेपछि लामिछाने गत आइतबार आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान भएकोमा सोमबार र बुधबार थुनछेक बहस भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा मुख्य आरोपीहरू भने अझै फरार छन् । 

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी 

कास्की र काठमाडौंको मुद्दामा छुटेपछि रवि लामिछानेविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । रुपन्देहीमा प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । बुटवलको सहकारीमा प्रहरीले मूल अभियोग गत वर्ष नै दायर गरेको थियो । 

चितवन र पर्सामा पनि पूरक अभियोगपत्र दायरको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । ती जिल्लामा लगेर यसअघि नै लामिछानेको बयान प्रहरीले लिइसकेको छ । मूल अभियोगमा सामान्य ठगीको मुद्दा मात्र दायर भएकोमा पूरक अभियोगमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ । 

सहकारीको ठगीमा संलग्न मुख्य आरोपीलाई पक्राउ र अनुसन्धानमा चासो नदिई गोर्खा मिडियामा जोडिएका आधारमा लामिछानेलाई केन्द्रित गरी अनुसन्धान भएकाले यसलाई रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  भन्सार प्र...

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता, जोडियो लाइन

काठमाडौँ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो कि...

२२ वर्षपछि फेरि सुरू भएको शंकर पोखरेलको डेराजीवन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा विध्वंसकारीको आगजनीले निवासविहीन भएका बिहीबार राति लामो भावुक स्टाटस पोस्ट गरेका छन्। ...

रास्वपासँग कुरा नमिलेपछि पार्टी खोल्दै कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सौराहामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पू...

कम्युनिस्ट एकता लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणासभाले विश्वभर बलियो सन्देश दिएको बताएका छन्।  एक...

आज अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभाग...

वीरगन्ज नाकाबाट निर्यात बढ्यो

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आ...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने...

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

बाँके । नेपालगन्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपरिरहेका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending