Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

खबरडबली संवाददाता

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले  अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए ।

मझौला ट्रक खरिद गर्दा रु २३ लाख ४० हजार र ट्रकको छत बनाउन रु एक लाख ५० थप खर्च भएको उनको भनाइ छ । “अनुदानमा ट्रक चाहियो भन्ने कुरा पनि भएन । दूध ढुवानी गर्न मासिक भाडा खर्च धेरै जाने भएपछि ट्रक नै किन्ने निधो गर्यौँ”, उनले भने, “अब ट्रक नै किनेपछि दूधमात्र नभई कृषि उपजसमेत बढाई नजिकै रहेको दमौली बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।”

ट्रक किनेपछि आफूहरूले सात किलोमिटर दूरीमा रहेको व्यास–९ गजौडमा दुग्ध उत्पादनका लागि उपशाखा सञ्चालन र व्यास नगरपालिका–१० मा सुपथ मूल्य पसल सञ्चालन गरिएको अर्का किसान डिल्लीराम शर्माले बताए। आफूहरूले पनि कृषिबाली बढाउन विभिन्न कार्यक्रम गर्ने योजना बनाएको उनको भनाइ छ । 

“अब दूधमात्र नभई कृषिबाली उत्पादनमा पनि हात हाल्ने निधो गरेका छौँ”, उनले भने, “अब किसानकै ट्रक भएपछि हामीलाई ढुवानीमा समस्या हुने कुरा भएन ।” किसानले किनेको ट्रक यही माघ १ गतेदेखि चलाउने जिम्मेवारी आफूलाई प्राप्त भएको स्थानीय चालक बुद्धिमान दरैले बताए। ट्रक सञ्चालन गर्ने योजना बनाएपछि तत्काललाई विदेश जाने योजना पनि त्यागेको चालक उनको भनाइ छ ।

“घरमै परिवारसँग बसेर ट्रक चलाउन पाएकामा खुसी छु”, कृषक समूहमा आबद्ध रहनुभएका चालक दरैले भने, “अब गाउँमै कृषि क्रान्ति होलाजस्तो छ त्यसैले विदेश जाने योजना तत्काललाई त्यागेको छु ।” किसानले किनेको ट्रकको व्यवस्थापन भने दुम्सी दुग्ध उत्पादक सहकारीमार्फत गरिने स्थानीय किसान तथा उक्त सहकारी संस्थाका सहायक व्यवस्थापक कृष्ण रिजालले जानकारी दिए।

“सहकारीमार्फत नै ट्रक सञ्चालन गर्ने किसानको छलफलले टुङ्गो लगाएको छ”, उनले भने, “निश्चित मापदण्ड बनाएर ट्रक सञ्चालन गरिने तयारीमा छौँ ।” स्थानीय गाईभैँसीपालक पाँच सय ८४ किसानबाट दैनिक उत्पादित तीन हजार लिटर दूध दमौलीस्थित जिल्ला दुग्ध उत्पादक सहकारी संस्थामा बिक्री हुँदै आएको छ । ट्रक खरिद गरेपछि तरकारी बालीसमेत प्रवर्द्धन गरी किसानलाई राहत प्रदान गर्ने योजना बनाइएको रिजालको भनाइ छ । दमौली पुग्न चार किलोमिटरको दूरी तय गर्नुपर्छ । 

किसानले ट्रक खरिद गरेको जानकारी पाएपछि मङ्गलबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुम्सीमै पुगेर किसानका कामको प्रशंसा गरे। उनले दुम्सीका किसानको मेहेनतबाट अन्य किसानले पनि प्रेरणा लिनुपर्ने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...

गैरीगाउँमा भीषण आगलागी, काठमाडौँ र ललितपुरका दमकल परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...

हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँन उपराष्ट्रपतिको अपिल

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...

काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...

वीरगञ्जमा दुई समुदायबीचको विवाद सुल्झियो, ४ बजे सद्भाव र्‍याली निकाल्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक: राम कार्की

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गर...

बालेन शाहले बुझाए आयोगलाई लिखित जवाफ

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जवाफ पेस गरेका छन्। आयोग प्रवक्ता विज्ञानराज शर्माका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending