म्याग्दी। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गरेको छन। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गरेको हो।
जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो।
महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाउनुहुने विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छन।
महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरण टाँगेर झिलिमिली बनाइएको छ। महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ। महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।
महोत्सवमा विद्यालयको नवप्रवर्धन र विज्ञान प्रदर्शनीका लागि समेत ७ वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ। १० करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १७:१९
काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...
पौष १९ गते, २०८२ - १७:०१
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...
पौष १९ गते, २०८२ - १६:४२
कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...
पौष १९ गते, २०८२ - १६:०२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...
पौष १९ गते, २०८२ - १५:४१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...




प्रतिकृया लेख्नुहोस्: