Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

स्थानीय सरकारका समस्या संघिय सरकारसँगै भन्नुपर्ने भए प्रदेश किन चाहियोः बालेन साह

खबरडबली संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । अहिलेको अवस्थामा प्रदेश सरकारबाट यस्तो आभास हुन नसकेको उनले बताए । 

आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँगको भेटमा साहले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियोरु सुकुम्वासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनः स्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छरु स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’

चालु आर्थिक वर्षका लागि मनोरञ्जन करमा प्रदेश सरकारले गरेको कायम गरेको दररेटका कारण महानगरपालिकाको राजस्व संकलन घटेको उल्लेख गर्दै प्रमुख शाहले हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधनमा लगेर गत आर्थिक वर्षको दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।  

भेटमा उपमेयर सुनिता डंगोलको पनि सहभागिता रहेको थियो ।  सो अवसरमा प्रमुख सचिव डा. लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे । उनले भने, ‘प्रशासनिक विषय व्यवस्थापन गर्न प्रयत्न गर्छु । राजनीतिक संवादका लागि वातावरण मिलाउँछु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending