Khabar Dabali २८ कार्तिक २०८२ बिहीबार | 13th November, 2025 Thu
Investment bank

छ वर्षको उमेरकै आसपास बालिकाहरूमा महिनावारी सुरु हुनुका कारण

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्।

"म त्यस्तो कलिलो उमेरमा यो देखेर आत्तिएँ। उनी साना कुरामै झर्किन थालेकी थिइन्। ती परिवर्तनहरूले मलाई चिन्तामा पार्‍यो," उनले भनिन्।

अर्चना उनको वास्तविक नाम होइन। उनी आफ्नो परिवारसँग पश्चिम भारतको सतारा जिल्लामा बस्छिन्। उनी खेतबारीबीच रहेको एउटा सानो घरमा आफ्ना श्रीमान् र दुई सन्तानसाथ बस्छिन्। उनका एक छोरा र छोरी छन्।

अर्चनाले आफ्नी छोरी उमेरभन्दा ठुली देखिन थालेपछि चिकित्सककहाँ लैजाने निधो गरिन्।

'हामीलाई त्यो स्वीकार्न गाह्रो भयो'

त्यसैबीच दिल्लीमा बस्ने राशीले समेत आफ्नी छोरीको शरीरमा परिवर्तनहरू देखिरहे तापनि त्यसलाई सामान्य ठानिरहेकी थिइन्।

उनकी छ वर्षीया छोरीको तौल ४० केजीको थियो र त्यसलाई उनी "स्वस्थ" सन्तान ठानेकी थिइन्। तर एक दिन राशीकी छोरीले अचानक आफ्नो रक्तस्रावको भएको सुनाइन्।

चिकित्सककहाँ पुगेपछि उनकी छोरीको महिनावारी सुरु भएको थाहा भयो। "हामीलाई त्यो स्वीकार्न निकै कठिन भइरहेको थियो। मेरी छोरीले आफूलाई भइरहेको कुरा बुझ्न सकिरहेकी थिइनन्," राशीले भनिन्।

त्यसैबेला एक स्थानीय चिकित्सकले अर्चनालाई एक प्रशुतिरोग विशेषज्ञलाई भेट्न सुझाए।

"अर्चनाले आफ्नी छोरीलाई हामीकहाँ ल्याएपछि उनको जाँच गरेर हेर्दा यौवन अवस्थाका सबै लक्षण उनमा पाइए। उनको शरीर १४ देखि १५ वर्षीया किशोरीको जस्तो थियो र उनको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो," पुणेस्थित मदरहुड अस्पतालका डा सुशील गरुडले भने।

डा गरुडका अनुसार ती बालिकामा हर्मोनको तह सामान्यतः उनको उमेरमा हुनेभन्दा निकै नै धेरै थियो। त्यसको कैयौँ कारण हुन सक्छन्।

"अर्चनाले मलाई बताए अनुसार उनको घरमा दुई वटा पाँच केजीका विषादी राखिएका डिब्बा छन् र उनकी छोरी तिनकै छेउछाउ खेल्ने गर्छिन्। त्यसैले यो ती बालिकाको हर्मोनहरू परिवर्तन हुने एउटा मुख्य कारण हुनसक्छ," ती चिकित्सकले भने।

डा गरुडका अनुसार बालबालिकामा हुने समय अगावैका परिवर्तनलाई शीघ्र यौवनकाल भनिन्छ। यौवन अवस्था भनेको बालक वा बालिकाको शरीरमा परिवर्तनहरू देखा पर्ने, उनीहरूका यौनाङ्गहरू विकास हुन थाल्ने र सन्तान जन्माउने क्षमता विकास गर्ने प्रक्रिया हो।

यसबेला धेरै केटाहरूको जुँगादारी र यौनाङ्ग वरपर रौँ आउने र स्वर धोद्रो हुने गर्छ भने केटीहरूमा यौनाङ्ग वरपर रौँ आउने र स्तनको आकार बढ्ने एवं महिनावारी सुरु हुने गर्छ।

केटीहरूका हकमा ८ देखि १३ वर्ष र केटाहरूका हकमा ९ देखि १४ वर्षको उमेरबीचमा यौवन अवस्था सुरु हुनुलाई सामान्य मानिछ।

डा वैशाखी रुस्तेगी एकजना बालरोगविज्ञ तथा किशाोरावस्थामा हर्मोनसँग सम्बन्धित रोगका विज्ञ हुन्। उनले साना केटीहरूमा पछिल्ला केही वर्षमा त्यस्तो परिवर्तन देखा परेको बताउँछिन्।

"हामीले केटीहरूमा सुरुवाती शारीरिक परिवर्तनहरू देखिन थालेको १८ महिनादेखि ३ वर्षकाबीचमा महिनावारी हुनेगरेको देख्नेगर्थ्यौँ। अहिले उनीहरूको तीनदेखि चार महिनाकाबीचमै महिनावारी सुरु हुन्छ," उनले बीबीसीसँग भनिन्।

उनले केटाहरूमा समेत यौवन अवस्था सुरु भएको एकदेखि डेढ वर्षमै जुँगादारी पलाउन थालेको समेत सुनाइन्। जबकी विगतमा त्यस्तो विकास हुनका लागि चार वर्षसम्म लाग्ने गर्थ्यो।

इन्डिअन इन्स्टिच्युट अफ मेडिकल रिसर्च (आईसीएमआर) मा बाल स्वास्थ्य सम्बन्धी अध्ययन विभाग (एनआईआरआरसीएच) की डा सुचित्रा सुर्भीले आफ्नो एक अध्ययनमा समय अगावै यौवन अवस्था सुरु हुने क्रममा वृद्धि देखिएको बताउँछिन्।

न्याश्नल इन्स्टिच्युट फर रिसर्च इन रिप्रोडक्टिभ एण्ड चाइल्ड हेल्थ (आईसीएमआर-एनआईआरआरसीएच) ले दुई हजार जना बालिकाहरूमा गरेको एक अध्ययनले आमाहरू प्राय: त्यस्ता यौवनका लक्षण बुझ्न असफल भएको पाएको थियो।

सो संस्थाले नौ वर्ष मुनिका बालिकाहरूमा समय अगावै देखिने यौवन अवस्थासँग जोडिएर आउने कारक र त्यसका जोखिमबारे अध्ययन गरिरहेको छ।

सन् २०२० मा मुम्बईको बाई जेरबाई वाडीया अस्पताल र आईसीएमआर मिलेर छ देखि नौ वर्षबीचका बालिकाहरूमा हुने समय अगावैका यौवन अवस्था सम्बन्धी शिविर सञ्चालन गरिएको थियो।

उक्त अस्पतालको बाल रोग विभागमा काम गर्ने डा सुधा राउले भनिन्: "छ देखि नौ वर्षबीचका ६० जना बालिकाहरूले समय अगावैको यौवन अवस्था सामना गरेका थिए जसमध्ये केहीको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो।"

के कारण समयअगावै यौवन अवस्था निम्तिन्छ?

चिकित्सकहरू यसका कारण धेरै प्रकारको हुने ठान्छन्। यससम्बन्धी अध्ययनहरू जारी रहेकाले त्यसको एउटै ठोस कारण भन्न सकिने अवस्था समेत छैन।

उनीहरूका अनुसार विषादी, खानामा प्रयोग हुने प्रिजर्भेटिभ्स , प्रदूषण र मोटोपन यसका केही सम्भावित कारणहरूमध्ये हुन सक्छन्।

मुम्बईमा साना केटीहरूमा देखिने समस्याबारे अध्ययन गरिरहेका डा प्रशान्त पटिलका अनुसार मोटोपन यस्तो अवस्थाका लागि एउटा ठूलो जोखिमयुक्त पक्षका रूपमा छ।

कोभिड-१९ महामारीका बेला बढेको मोटोपनसँगै यस्तो समस्यामा वृद्धि देखिएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार ५ देखि १९ वर्षको उमेर समूहका ३९ करोडभन्दा धेरै बालबालिका र किशोर-किशोरीमा मोटोपनको समस्या देखिन्छ भने त्यसमध्येका १६ करोडमा अत्यधिक मोटोपन रोगकै अवस्थामा छ।

अत्यधिक मोटोपन लामो समयदेखि रहने एउटा जटिल रोगका रूपमा छ जसका कारण शरीरमा अत्यधिक बोसो जम्मा हुँदा स्वास्थ्यमा हानि पुग्छ।

त्यो 'बडी मास इन्डेक्स' (बीएमआई) का आधारमा मापन गरिन्छ जसमा बालबालिका वा किशोर किशोरीहरूको जन्मँदाखेरीको यौनिक अवस्था, उमेर, तौल र उचाइसँग जोडेर हेर्ने गरिन्छ।

मोबाइल फोन, टेलिभिजन वा अन्य स्क्रीनहरू र व्यायामको कमी समेत त्यस्ता जोखिम निम्त्याउने पक्षका रूपमा छन्।

डा वैशाखीका अनुसार पछिल्ला दुई वा तीन वर्षमा दैनिकजसो उनको बहिरङ्ग विभागमा पाँचदेखि छजना बालिकाहरूमा महिनावारीको घटना आउने गरेको छ।

"मैले भेट्ने आमाहरूले केटीहरूका हकमा एप्रिल महिनामा परिवर्तनहरू देखिन थाल्ने र जुन-जुलाईमा महिनावारी सुरु हुने बताउँछन्। अहिले केटाहरूका हकमा समेत त्यस्ता घटना देखिँदैछ," उनी भन्छिन्।

उनले स्क्रीन हेरेर बिताइने समयले समेत अप्रत्यक्ष रूपमा समय अगावैको यौवन अवस्था सिर्जना गराउने गर्छ। दुवै अर्चना र राशीका छोरीहरूको कम्तीमा १० वा ११ वर्ष नपुग्दासम्म महिनावारी ढिलो गराउनका लागि उपचार भइरहेको छ।

चिकित्सकहरूले हालको उमेरमा ती बालिकाहरू आफ्नो ख्याल राख्नका लागि परिपक्व नहुने र उनीहरूलाई महिनावारीका बेला सरसफाइ गर्न कठिन हुनसक्ने बताउँछन्।

ती दुवै चिकित्सकहरू समय अगावै यौवन अवस्था सामना गर्ने बालिकाहरूमा मनोवैज्ञानिक समस्याहरू देखा पर्न सक्ने बताउँछन्।

अध्ययनहरूले ती बालिकाहरूमा जीवनभर आफ्नो शरीरको बनोट सम्बन्धी समस्याहरू हुनसक्ने र सानैमा शरीरमा हुने परिवर्तनले साथीहरूले जिस्क्याउने-होच्याउने समस्या हुनसक्ने पाएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस केन्द्रीय समिति बैठकले सकेन महाधिवेशनको विवाद सुल्झाउन, अब देउवालाई कुर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवादमा अन्तिम निर्णय लिने तयारी गरेको छ। स्वास्थ्य ...

२८ किस्तामा भुक्तानी बुझाउन थालेपछि उद्योगहरूमा विद्युत् आपूर्ति पुनः सुचारु

काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने उद्योगहरूले किस्ताबन्दी योजना स्वीकृत गरी पहिलो किस्ता तिरेपछि...

जसपा नेपालले दुई पदाधिकारी र ७ केन्द्रीय कार्यकारिणी सदस्य थप्यो

५ केन्द्रीय सदस्य पनि थपिए

हुम्लामा ४ दिनदेखि विद्युत् आपूर्ति बन्द

अदानचुली (हुम्ला) । सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएको र मर्मत हुन नसक्दा ...

पार्टीमा फर्किनेहरुलाई उचित जिम्मेवारी दिन्छौं : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताएका छन्।  ललितपुर, च्यालसस्थित एमाले केन्द्र...

‘सुम्निमा’मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चर...

देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो कोशी, वा...

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सड...

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दा...

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending