Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

छ वर्षको उमेरकै आसपास बालिकाहरूमा महिनावारी सुरु हुनुका कारण

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । एक छ वर्षीय छोरीकी आमा अर्चनाले आफ्नी सन्तानको शरीरमा उल्लेख्य परिवर्तन देखेपछि त्यो अस्वाभाविक मान्दै चिन्तित भइन्।

"म त्यस्तो कलिलो उमेरमा यो देखेर आत्तिएँ। उनी साना कुरामै झर्किन थालेकी थिइन्। ती परिवर्तनहरूले मलाई चिन्तामा पार्‍यो," उनले भनिन्।

अर्चना उनको वास्तविक नाम होइन। उनी आफ्नो परिवारसँग पश्चिम भारतको सतारा जिल्लामा बस्छिन्। उनी खेतबारीबीच रहेको एउटा सानो घरमा आफ्ना श्रीमान् र दुई सन्तानसाथ बस्छिन्। उनका एक छोरा र छोरी छन्।

अर्चनाले आफ्नी छोरी उमेरभन्दा ठुली देखिन थालेपछि चिकित्सककहाँ लैजाने निधो गरिन्।

'हामीलाई त्यो स्वीकार्न गाह्रो भयो'

त्यसैबीच दिल्लीमा बस्ने राशीले समेत आफ्नी छोरीको शरीरमा परिवर्तनहरू देखिरहे तापनि त्यसलाई सामान्य ठानिरहेकी थिइन्।

उनकी छ वर्षीया छोरीको तौल ४० केजीको थियो र त्यसलाई उनी "स्वस्थ" सन्तान ठानेकी थिइन्। तर एक दिन राशीकी छोरीले अचानक आफ्नो रक्तस्रावको भएको सुनाइन्।

चिकित्सककहाँ पुगेपछि उनकी छोरीको महिनावारी सुरु भएको थाहा भयो। "हामीलाई त्यो स्वीकार्न निकै कठिन भइरहेको थियो। मेरी छोरीले आफूलाई भइरहेको कुरा बुझ्न सकिरहेकी थिइनन्," राशीले भनिन्।

त्यसैबेला एक स्थानीय चिकित्सकले अर्चनालाई एक प्रशुतिरोग विशेषज्ञलाई भेट्न सुझाए।

"अर्चनाले आफ्नी छोरीलाई हामीकहाँ ल्याएपछि उनको जाँच गरेर हेर्दा यौवन अवस्थाका सबै लक्षण उनमा पाइए। उनको शरीर १४ देखि १५ वर्षीया किशोरीको जस्तो थियो र उनको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो," पुणेस्थित मदरहुड अस्पतालका डा सुशील गरुडले भने।

डा गरुडका अनुसार ती बालिकामा हर्मोनको तह सामान्यतः उनको उमेरमा हुनेभन्दा निकै नै धेरै थियो। त्यसको कैयौँ कारण हुन सक्छन्।

"अर्चनाले मलाई बताए अनुसार उनको घरमा दुई वटा पाँच केजीका विषादी राखिएका डिब्बा छन् र उनकी छोरी तिनकै छेउछाउ खेल्ने गर्छिन्। त्यसैले यो ती बालिकाको हर्मोनहरू परिवर्तन हुने एउटा मुख्य कारण हुनसक्छ," ती चिकित्सकले भने।

डा गरुडका अनुसार बालबालिकामा हुने समय अगावैका परिवर्तनलाई शीघ्र यौवनकाल भनिन्छ। यौवन अवस्था भनेको बालक वा बालिकाको शरीरमा परिवर्तनहरू देखा पर्ने, उनीहरूका यौनाङ्गहरू विकास हुन थाल्ने र सन्तान जन्माउने क्षमता विकास गर्ने प्रक्रिया हो।

यसबेला धेरै केटाहरूको जुँगादारी र यौनाङ्ग वरपर रौँ आउने र स्वर धोद्रो हुने गर्छ भने केटीहरूमा यौनाङ्ग वरपर रौँ आउने र स्तनको आकार बढ्ने एवं महिनावारी सुरु हुने गर्छ।

केटीहरूका हकमा ८ देखि १३ वर्ष र केटाहरूका हकमा ९ देखि १४ वर्षको उमेरबीचमा यौवन अवस्था सुरु हुनुलाई सामान्य मानिछ।

डा वैशाखी रुस्तेगी एकजना बालरोगविज्ञ तथा किशाोरावस्थामा हर्मोनसँग सम्बन्धित रोगका विज्ञ हुन्। उनले साना केटीहरूमा पछिल्ला केही वर्षमा त्यस्तो परिवर्तन देखा परेको बताउँछिन्।

"हामीले केटीहरूमा सुरुवाती शारीरिक परिवर्तनहरू देखिन थालेको १८ महिनादेखि ३ वर्षकाबीचमा महिनावारी हुनेगरेको देख्नेगर्थ्यौँ। अहिले उनीहरूको तीनदेखि चार महिनाकाबीचमै महिनावारी सुरु हुन्छ," उनले बीबीसीसँग भनिन्।

उनले केटाहरूमा समेत यौवन अवस्था सुरु भएको एकदेखि डेढ वर्षमै जुँगादारी पलाउन थालेको समेत सुनाइन्। जबकी विगतमा त्यस्तो विकास हुनका लागि चार वर्षसम्म लाग्ने गर्थ्यो।

इन्डिअन इन्स्टिच्युट अफ मेडिकल रिसर्च (आईसीएमआर) मा बाल स्वास्थ्य सम्बन्धी अध्ययन विभाग (एनआईआरआरसीएच) की डा सुचित्रा सुर्भीले आफ्नो एक अध्ययनमा समय अगावै यौवन अवस्था सुरु हुने क्रममा वृद्धि देखिएको बताउँछिन्।

न्याश्नल इन्स्टिच्युट फर रिसर्च इन रिप्रोडक्टिभ एण्ड चाइल्ड हेल्थ (आईसीएमआर-एनआईआरआरसीएच) ले दुई हजार जना बालिकाहरूमा गरेको एक अध्ययनले आमाहरू प्राय: त्यस्ता यौवनका लक्षण बुझ्न असफल भएको पाएको थियो।

सो संस्थाले नौ वर्ष मुनिका बालिकाहरूमा समय अगावै देखिने यौवन अवस्थासँग जोडिएर आउने कारक र त्यसका जोखिमबारे अध्ययन गरिरहेको छ।

सन् २०२० मा मुम्बईको बाई जेरबाई वाडीया अस्पताल र आईसीएमआर मिलेर छ देखि नौ वर्षबीचका बालिकाहरूमा हुने समय अगावैका यौवन अवस्था सम्बन्धी शिविर सञ्चालन गरिएको थियो।

उक्त अस्पतालको बाल रोग विभागमा काम गर्ने डा सुधा राउले भनिन्: "छ देखि नौ वर्षबीचका ६० जना बालिकाहरूले समय अगावैको यौवन अवस्था सामना गरेका थिए जसमध्ये केहीको महिनावारी जुनसुकै बेला सुरु हुन सक्थ्यो।"

के कारण समयअगावै यौवन अवस्था निम्तिन्छ?

चिकित्सकहरू यसका कारण धेरै प्रकारको हुने ठान्छन्। यससम्बन्धी अध्ययनहरू जारी रहेकाले त्यसको एउटै ठोस कारण भन्न सकिने अवस्था समेत छैन।

उनीहरूका अनुसार विषादी, खानामा प्रयोग हुने प्रिजर्भेटिभ्स , प्रदूषण र मोटोपन यसका केही सम्भावित कारणहरूमध्ये हुन सक्छन्।

मुम्बईमा साना केटीहरूमा देखिने समस्याबारे अध्ययन गरिरहेका डा प्रशान्त पटिलका अनुसार मोटोपन यस्तो अवस्थाका लागि एउटा ठूलो जोखिमयुक्त पक्षका रूपमा छ।

कोभिड-१९ महामारीका बेला बढेको मोटोपनसँगै यस्तो समस्यामा वृद्धि देखिएको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार ५ देखि १९ वर्षको उमेर समूहका ३९ करोडभन्दा धेरै बालबालिका र किशोर-किशोरीमा मोटोपनको समस्या देखिन्छ भने त्यसमध्येका १६ करोडमा अत्यधिक मोटोपन रोगकै अवस्थामा छ।

अत्यधिक मोटोपन लामो समयदेखि रहने एउटा जटिल रोगका रूपमा छ जसका कारण शरीरमा अत्यधिक बोसो जम्मा हुँदा स्वास्थ्यमा हानि पुग्छ।

त्यो 'बडी मास इन्डेक्स' (बीएमआई) का आधारमा मापन गरिन्छ जसमा बालबालिका वा किशोर किशोरीहरूको जन्मँदाखेरीको यौनिक अवस्था, उमेर, तौल र उचाइसँग जोडेर हेर्ने गरिन्छ।

मोबाइल फोन, टेलिभिजन वा अन्य स्क्रीनहरू र व्यायामको कमी समेत त्यस्ता जोखिम निम्त्याउने पक्षका रूपमा छन्।

डा वैशाखीका अनुसार पछिल्ला दुई वा तीन वर्षमा दैनिकजसो उनको बहिरङ्ग विभागमा पाँचदेखि छजना बालिकाहरूमा महिनावारीको घटना आउने गरेको छ।

"मैले भेट्ने आमाहरूले केटीहरूका हकमा एप्रिल महिनामा परिवर्तनहरू देखिन थाल्ने र जुन-जुलाईमा महिनावारी सुरु हुने बताउँछन्। अहिले केटाहरूका हकमा समेत त्यस्ता घटना देखिँदैछ," उनी भन्छिन्।

उनले स्क्रीन हेरेर बिताइने समयले समेत अप्रत्यक्ष रूपमा समय अगावैको यौवन अवस्था सिर्जना गराउने गर्छ। दुवै अर्चना र राशीका छोरीहरूको कम्तीमा १० वा ११ वर्ष नपुग्दासम्म महिनावारी ढिलो गराउनका लागि उपचार भइरहेको छ।

चिकित्सकहरूले हालको उमेरमा ती बालिकाहरू आफ्नो ख्याल राख्नका लागि परिपक्व नहुने र उनीहरूलाई महिनावारीका बेला सरसफाइ गर्न कठिन हुनसक्ने बताउँछन्।

ती दुवै चिकित्सकहरू समय अगावै यौवन अवस्था सामना गर्ने बालिकाहरूमा मनोवैज्ञानिक समस्याहरू देखा पर्न सक्ने बताउँछन्।

अध्ययनहरूले ती बालिकाहरूमा जीवनभर आफ्नो शरीरको बनोट सम्बन्धी समस्याहरू हुनसक्ने र सानैमा शरीरमा हुने परिवर्तनले साथीहरूले जिस्क्याउने-होच्याउने समस्या हुनसक्ने पाएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE