कावासोती। नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपंक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भएपनि नवलपुरमा भने आज०बाट गणना गर्न लागिएको हो ।
ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपंछीको गणना गरिने पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपक्षी गणना संयोजक डिबी चौधरीले बताए। पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने संयोजक चौधरीले बताए।
नवलपुरको शिख्रौली गोलाघाट हुदैँ अमलटारी, शिख्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिने चौधरीको भनाइ छ । शिख्रौलीदेखि पिठौलीसम्म नारायाणीको उत्तरी भंगालोमा पानीको कम भएकाले हिँडेर गणना गरिने उनले बताए। नारायणीको दक्षिणी भंगालोको शिख्रौली देखि अमलटारी सम्म र अमलटारी देखि त्रिवेणी सम्म डुङ्गाको प्रयोग गरिने छ ।
आन्तरिक रुपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराई गरि चराहरू यस क्षेत्रमा आउने गरेको उनले बताए। यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको उनको भनाइ छ । विशेषगरि पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरि आउने गरेका छन् । नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । नारायणी नदीमा रैथाने, साइबेरिया, चिन, बर्मा, मंगोलिया, रुस ,कोरिया, थाइल्याण्ड, लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताए।
प्राकृति कारणसँगै मानवीय क्रियाकलापले गर्दा चराको संख्यामा कमि हुँदै गएको छ । सन २०२३ मा पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, त्यस्तै गत वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । गत वर्ष नयाँ छ प्रजातिको चरा देखिएको संयोजक चौधरीले जानकारी दिए।
सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो , हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए । नेपालमा पाइने कुल चरा मध्य दुई सयभन्दा बढी प्रजातीका चरा पानीमा आश्रीत रहेको छ । यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् ।
जाडोमा आउने आगन्तुक चरा नदि छेउछाउ, सिमसारमा बस्ने गर्दछ । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १८:०९
काठमाडौं । कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीसँगको झडपका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भ...
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...



प्रतिकृया लेख्नुहोस्: