Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नारायणी नदीमा जलपंक्षीको गणना सुरू

खबरडबली संवाददाता

कावासोती। नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपंक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भएपनि नवलपुरमा भने आज०बाट गणना गर्न लागिएको हो । 

ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपंछीको गणना गरिने पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपक्षी गणना संयोजक डिबी चौधरीले बताए। पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क संकलन गरिने संयोजक चौधरीले बताए।

नवलपुरको शिख्रौली गोलाघाट हुदैँ अमलटारी, शिख्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिने चौधरीको भनाइ छ । शिख्रौलीदेखि पिठौलीसम्म नारायाणीको उत्तरी भंगालोमा पानीको कम भएकाले हिँडेर गणना गरिने उनले बताए। नारायणीको दक्षिणी भंगालोको शिख्रौली देखि अमलटारी सम्म र अमलटारी देखि त्रिवेणी सम्म डुङ्गाको प्रयोग गरिने छ ।

आन्तरिक रुपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराई गरि चराहरू यस क्षेत्रमा आउने गरेको उनले बताए। यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको उनको भनाइ छ । विशेषगरि पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरि आउने गरेका छन् । नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । नारायणी नदीमा रैथाने, साइबेरिया, चिन, बर्मा, मंगोलिया, रुस ,कोरिया, थाइल्याण्ड, लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताए।

प्राकृति कारणसँगै मानवीय क्रियाकलापले गर्दा चराको संख्यामा कमि हुँदै गएको छ । सन २०२३ मा पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, त्यस्तै गत वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । गत वर्ष नयाँ छ प्रजातिको चरा देखिएको संयोजक चौधरीले जानकारी दिए। 

सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो , हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए । नेपालमा पाइने कुल चरा मध्य दुई सयभन्दा बढी प्रजातीका चरा पानीमा आश्रीत रहेको छ । यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् । 

जाडोमा आउने आगन्तुक चरा नदि छेउछाउ, सिमसारमा बस्ने गर्दछ । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending